"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

व्यावसायिक रुपमा फलफूल खेती गर्दै बाजुराका किसान

No data was found

Khabar Raftar

भदौ १४ बाजुरा । बाजुराका अधिकाशं किसानहरुले व्यावसायिक रुपमा फलफूल खेती गर्दै आएका छन । बाजुराका किसानहरुले स्याउ , सुन्तला , किवी , आँप , ओखर, कागती लगायतका फलफूल खेतीलाई व्यावसायिक रुपमा गर्दै आएका हुन । फलफुल खेतीमा सम्भाना देखे पछि उनीहरुले फलफुल खेतीलाई व्यावसायीक रुपमा गर्दै आएका हुन । कृषि ज्ञान केन्द्र बाजुराका अनुसार स्याउँ खेतीका लागि बाजुराको माटो र हावापानी राम्रो भएकाले किसानहरु फलफूल खेतीतर्फ आकर्षित् बन्दै गएका हुन ।

स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर–१ जोरुका स्याउ किसान धनबहादुर रावतले पहिला स्थानीय जातको मात्र स्याउ उत्पादन हुने गरेको बताउदै कृषि ज्ञान केन्द्रले साइबेरियामा उत्पादन हुने गरेको गोल्डेन गाला , फुँजी स्याउको बोट मनाङगबाट ल्याएर रोप्न सुरु गरेसँगै अहिले बाजुरामा नयाँ जातको स्याउ पनि उत्पादन हुन थालेको जानकारी गराए । बाजुरामा नयाँ जातको स्याउ राम्रो उत्पादन हुने गरेको उनले बताए ।

बाजुरामा स्याउ राम्रो उत्पादन हुन थालेपछि आफुले यसलाई व्यवसायको रुपमा लिन थालेको किसान रावतले बताए । स्याउ खेती गर्दा जिविकोपार्जनमा सहज हुने देखेर झण्डै सात सय रोपनीमा स्याउ खेती गरेको उनले जानकारी गराए । स्याउ यती बेला राम्रोसँग फलेको उनले जानकारी गराए । स्याउ , सुन्ताला आँप , ओखर र कागती लगायतका फलफुललाई स्थानीय सरकारले बजार सम्म बिक्री गर्नका लागि अनुदानको व्यवस्था गर्दै आए पछि अहिले किसान फलफुल खेती व्यावसायमा लाग्न थालेको रावतले बताए ।

स्याउ खेतीका लागि स्वामिकार्तिक खापर गाउँपालिकाको माटो तथा हावापानी राम्रो भएकाले किसानलाई स्याउ खेतीतर्फ आकृषित गर्दै आएको अध्यक्ष भरतबहादुर रोकायाले बताए । गाउँपालिकाले बाँझो रहेको जमिनमा पनि स्याउँ खेती गर्ने अभियान सुरु गरेको जानकारी गराउदै उनले त्यसका लागि किसानलाई नयाँ जातको स्याउको बिरुवा दिने गरेको बताए ।

फलफुल खेतीका बारेमा अधिकाशं किसानलाई केही जानकारी नहुँदा स्याउ कम उत्पादन हुने गरेको अध्यक्ष रोकायाले     बताए । किसानले उत्पादन गरेका स्याउ गाउँपालिकाले देशका विभिन्न ठाउँमा बिक्री गर्न ढुवानी अनुदानको सहयोग गर्दै आएपछि किसानले स्याउ खेतीलाई व्यावसायीक रुपमा गर्दै आएको स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष रोकायाले जानकारी गराए ।

हिमाली, स्वामिकार्तिक, जगनाथ, बुढीनन्दा लगायतका स्थानमा उत्पादन हुने गरेको स्याउ अहिले बडिमालिका , गौमुल र खप्तड छेडेदहमा पनि हुने गरेको उनले जानकारी गराए । बाजुरामा ३ सय ७० हेक्टर क्षेत्रफलमा एक हजार २० मेट्रिक्टन स्याउ उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराले जानकारी गराएको छ ।

भर्खरै

एमआरपी अनिवार्य गरेपछि सुदूरपश्चिमका भन्सार कार्यालयहरू प्रायःठप्प
बाजुरामा रुखबाट खसेर एक जनाको मृत्यु
बुढितोला पर्यटन महोत्सव सुरु
समर्थन मूल्य भन्दा बढीमा गहुँ बेच्न पाउँदा कैलालीका किसान खुसी
सरकारी विद्यालयमा बालबालिका भर्ना हुने दर बर्षेनी घट्दो क्रममा
सुदूरपश्चिम प्रदेशमा नौ महिनाको अबधीमा १ हजार ४ सय ६० जना फरार प्रतिबादी पक्राउ
लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
बैतडीमा ८ सय ६५ रोपनी वन क्षेत्र अतिक्रमणको चपेटामा
सुदूरपश्चिम प्रदेश सरकारले तीन वर्षमा १ हजार ३ सय ४० किलोमीटर सडक बनायो
शुक्लाफाँटा निकुञ्जमा ६ महिनाको अबधीमा दुई हजार ६ सय ३४ जना पर्यटकले भ्रमण गरे

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

WhatsApp-Image-2026-04-30-at-17.05.53-1024x472

एमआरपी अनिवार्य गरेपछि सुदूरपश्चिमका भन्सार कार्यालयहरू प्रायःठप्प

death-pt2023-05-03-08-12-06

बाजुरामा रुखबाट खसेर एक जनाको मृत्यु

IMG-20260430-WA0033

बुढितोला पर्यटन महोत्सव सुरु

ee70273c-a627-42de-86bd-85cad3f8cffa

समर्थन मूल्य भन्दा बढीमा गहुँ बेच्न पाउँदा कैलालीका किसान खुसी

8b332644-ac44-4ada-a89a-4eadaf365041

सरकारी विद्यालयमा बालबालिका भर्ना हुने दर बर्षेनी घट्दो क्रममा

pakrau

सुदूरपश्चिम प्रदेशमा नौ महिनाको अबधीमा १ हजार ४ सय ६० जना फरार प्रतिबादी पक्राउ

pakrau-1

लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ

cropped-cropped-khabar-raftar-2.png

बैतडीमा ८ सय ६५ रोपनी वन क्षेत्र अतिक्रमणको चपेटामा