साउन ०२ धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेस सिंह धामी उदाहरणीय मन्त्री बनेका छन । मन्त्री बने पछि जनताका आवश्यकतालाई ध्यान नदिएर आफ्नै शानसौकतमा हिड्ने मन्त्रीहरुका लागी मन्त्री धामी उदाहरणीय पात्र बनेका छन । जनगुनासो सुन्न र जनताका समस्या बुझन मन्त्री धामीले धनगढी भित्र सार्वजनिक यातायात अटो चढेर बाहिर जाने गरेका छन । मन्त्री धामीले धनगढी भित्र सरकारी गाडीको प्रयोग नगरी अटो चढ्ने गरेका हुन ।
धनगढी बाहिर जानु पर्दा सिमित समयमा पुगनुपर्ने भएका कारण सार्वजनिक यातायातमा यात्रा गर्न नसकिएको मन्त्री धामीले बताए । धनगढी भीत्र अत्यावश्यक काम परेको खण्डमा बाहेक मन्त्रालय बाहिर निस्किदा मन्त्री धामीले सार्वजनिक यातायातमै यात्रा गर्ने गरेका छन् । सरकार प्रति नागरिकको कस्तो अपेक्षा छ, सरकारका गतिविधिलाई आम नागरिकले कसरी बुझेका छन्, सरकारले के गर्नुपर्नेहो, आफुले सम्हालेको मन्त्रालयका बारेमा नागरिकमा कस्तो बुझाई छ, कम्जोरी के कस्ता छन् भन्ने बारेमा बुझ्नु धनगढी भित्र सार्वजनिक यातायातमा आवत जावत गर्ने गरेको मन्त्री धामीले बताए ।
सार्वजनिक यातायातमा विद्युतीय रिक्सा सवै भन्दा बढी प्रयोग गर्ने गरेको उनले बताए । मन्त्री धामीले रिक्सामा धेरै मानिस बस्ने गरेको बताउदै उनिहरु मध्ये कसैले चिनेर सुझाव दिने गरेको बताए । कसैले मन्त्री हो भन्ने चिन्दैनन्, तर पनि एक आपसमा सरकारका बारेमा कुरा गरिरहेका हुन्छन्, सर्वसाधारणले सरकारका बारेमा कुरा गर्दा सकरकारको अवस्थाका बारेमा आफुलाई बुझ्ने मौका मिल्ने गरेको छ मन्त्री धामीले भने ।
सरकारको बारेमा बुझ्न आफुले साधारण नागरिकको हैसियतमा नागरिकसंग कुरा बुझ्ने गरेको मन्त्री धामीले बताए । उनले आफु विगतमा जस्तै सामान्ये नागरिक भएको बताउँदै मन्त्री हुँदैमा सवै विर्सन नसक्ने बताए । मन्त्री एउटा पद हो, आज त्यो पद सम्हाल्ने जिम्मेवारी मलाई मिलेको छ, तर पद पाए भन्दैमा म नागरिकको हैसियत बिर्सन सक्दैन, मेरो सोच जनताकै स्तरमा रहेर बस्नुपर्छ भन्ने छ मन्त्री धामीले भने । सार्वजनिक सवारीमा यात्रा गरेर जनताका गुनासा सुन्न पाउँदा आफुलाई खुशी लाग्ने गरेको मन्त्री धामीले बताए ।


