"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलाली उद्योग वाणिज्य संघको नेतृत्वका लागि कुँवर र राठीको टिम घोषणा

No data was found

Khabar Raftar

जेठ २३ धनगढी । कैलाली उद्योग वाणिज्य सङ्घको नेतृत्वका लागि पुष्पराज कुँवर र सुरेन्द्र राठीले टिम घोषणा गरेका छन् । सोमबारवर्तमान अध्यक्ष कुँवरले पत्रकार सम्मेलन गरेर उद्योग वाणिज्य सङ्घको नेतृत्वका लागि टीम घोषणा गरेका हुन । त्यसैगरी जेठ २८ गते हुने उद्योग वाणिज्य सङ्घको चुनावका लागी राठीले पनि प्यानल सहित टीम घोषणा गरेका हुन ।

बर्तमान अध्यक्ष कुँवरको टिमबाट वरिष्ठ उपाध्यक्षमा पुष्कर राज ओझा, एसोसिएट उपाध्यक्षमा मनोज अग्रवाल, उद्योग उपाध्यक्षमा दिनेश राज लम्साल, वाणिज्य उपाध्यक्षमा गगनराज केसी, वस्तुगत उपाध्यक्षमा, लक्ष्मण राज पन्त, महासचिवमा ओम बहादुर बिस्ट,कोषाध्यक्षमा भिमराज ओझा (अब्बु) र सचिवमा सुरेश पाण्डे रहेका छन्।

त्यसैगरी सदस्यहरुमा कवीन्द्र पन्त, कोपिला कुँवर, कृष्णा कुमारी विष्ट, तिलक बहादुर बोहरा, प्रकाश कुमार चन्द, मिलन कुँवर, रबी कुँवर, राधिका चौधरी, रूपेश खड्का, लोकराज भट्ट, विवेक शर्मा, शम्भु लामिछाने, श्यामराज जोशी, सन्तोष लामिछाने, सुरेन्द्र कुमार बोहरा, सुरेन्द्र बहादुर कड़ायत वासुदेव भट्ट रहेका छन् ।

त्यसैगरी राठीको प्यानलबाट उपाध्यक्षमा हरिशंकर ठाकुर, एसोसिएट उपाध्यक्षमा प्रकाशचन्द्र भट्ट, उद्योग उपाध्यक्षमा घनश्याम चौधरी, वाणिज्य उपाध्यक्षमा केशवराज जोशी, वस्तुगत उपाध्यक्षमा केशवदत्त पाण्डेय,महासचिवमा शिद्धराज पनेरु,कोषाध्यक्षमा रजन कुमार शर्मा, सचिवमा महेन्द्र कुमार सिंह रहेका छन् ।

त्यस्तै सदस्यहरुमा श्रीमान् गौतम, हेमराज भट्ट, अमर चोखाल, रिता जोशी अवस्थी, कमला ज्ञवाली, अम्बिका भण्डारी केसी, शैलेन्द्र कुमार श्रेष्ठ, कृष्णराज पाण्डेय, लोकेश भट्ट, जी एम इस्लाम, प्रदीप बैद्ध र सुरेश सापकोटा रहेका छन् । त्यसैगरी दुईटै टीमले आ आफ्नै प्रतिबद्धता समेत गरेका छन ।

बर्तमान अध्यक्ष कुँवर नेतृत्वको टिमले ्व्यवसायमा देखिएको अश्वस्थ प्रतिस्पर्धा अन्त्यका लागि पहल गर्ने, चर्को घर भाडाका सम्बन्धमा स्थानीय सरकारसंग समन्वय गरी त्रि–पक्षिय सम्झौताको खाका तयार गर्न पहल तथा पैरवी गर्ने, राज्यका सरोकारवाला निकाय (कर, भन्सार, पुलिस प्रशासन र वित्तिय संस्थासंग मैत्रीपूर्ण वातावरणका लागि कैलाली उद्योग वाणिज्य संघमा अनलाईन हेल्प डेस्कको स्थापना गर्ने प्रतिबद्धता गरेको छ ।

त्यसैगरी साना व्यवसायको (ठेला र फुटपात) सुरक्षा तथा प्रवर्धनका लागि स्थानीय सरकार र वित्तिय संस्थासंग समन्वय र सहकार्य गर्ने, व्यवसाय र व्यवसायीलाई डिजिटल माध्यमबाट जोड़ी परामर्स दिन डिजिटल मञ्चको स्थापना गर्ने, मास व्यवसायीक विमाका लागि पहल तथा पैरवी गर्ने, दक्षजनशक्तिका लागि जनशक्तिको बैंक को स्थापना गर्ने, अनुसन्धान सहित व्यवसाय सञ्चालन गर्न निःशुल्क वा सशुल्क तालिमको सञ्चालन गर्ने, नव सञ्चालित व्यवसायका लागि रणनैतिक, समस्या समाधान, बजार व्यवस्थापन र प्रचार प्रसार गर्न हेल्प डेस्कको स्थापना गर्ने, सूचनाको अभावका कारण परेको व्यवसायीक दुविधा समाधान गर्न अभिमुखीकरण तालिमको व्यवस्था गर्ने रग्राहक सम्बन्ध व्यवस्थापन, उद्यम संसाधन योजना र व्यवस्थापनका लागि दक्ष तालिम कर्ताबाट स–शुल्क तालिमको व्यवस्थापन गर्ने कुँवरको टीमले प्रतिबद्धता गरेको छ ।

त्यसैगरी राठी नेतृत्वको टिमले पनि कृषि, पर्यटन र उद्योग लगायतका व्यवसायको प्रर्वद्धनको कार्य गर्ने, व्यवसायीका समस्या समाधानका लागी पहल गर्ने, कर सम्बन्धी समस्या समाधान गर्ने, साना तथा मझौला व्यवसायीले झेलिरहेका समस्या समाधान गर्ने,बैंकिङ र बीमालाई सरलीकरण गर्ने,सुन्दर सुदूरपश्चिम महोत्सवलाई व्यवसायमूखी बनाइने र निर्यात बढाउन प्रयास गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।

भर्खरै

सेती नदीमा नुहाउने क्रममा एक जना युवक बेपत्ता
टीकापुरका महिलाहरु सामूहिक तरकारी खेतीमा आकर्षित
धारिलो हतियार प्रहार गरी एक जना किशोरको हत्या
डडेल्धुरामा भिरबाट लडेर एक जना महिलाको मृत्यु
बुढीगंगा नगरपालीका चार महिना प्रमुख प्रशासकिय अधिकृत विहिन
गोदावरी नगरपालीका वडा नम्बर– ३ मुक्तिमा सार्वजनिक सेवा विषयक सार्वजनिक सुनुवाइ
दार्चुलाका २२ हजार पाँच सय घरधुरीमा विद्युतिकरण
विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकबाट २७ हजार ८ सय ३९ जनाले सेवा लिए
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गाको गणना सुरु
जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सरकारी विद्यालयमा पढाउनु पर्ने मेल्लेख गाउँपालिकाको निर्णय

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सेती नदीमा नुहाउने क्रममा एक जना युवक बेपत्ता

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

seti-pul-tamori

सेती नदीमा नुहाउने क्रममा एक जना युवक बेपत्ता

1000791e-b61c-4cbf-8f96-b7e8a0f4a6a0

टीकापुरका महिलाहरु सामूहिक तरकारी खेतीमा आकर्षित

Death-body-900px

धारिलो हतियार प्रहार गरी एक जना किशोरको हत्या

Death-body-900px

डडेल्धुरामा भिरबाट लडेर एक जना महिलाको मृत्यु

bde54539-1cdb-4ccb-a846-be6de34d471e

बुढीगंगा नगरपालीका चार महिना प्रमुख प्रशासकिय अधिकृत विहिन

1

गोदावरी नगरपालीका वडा नम्बर– ३ मुक्तिमा सार्वजनिक सेवा विषयक सार्वजनिक सुनुवाइ

darchula-bidut

दार्चुलाका २२ हजार पाँच सय घरधुरीमा विद्युतिकरण

cropped-cropped-khabar-raftar-2.png

विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकबाट २७ हजार ८ सय ३९ जनाले सेवा लिए