बैशाख ०१ धनगढी । कैलालीको अत्तरियामा नयाँ बर्षको अबसर पारेर अत्तरिया अस्पतालले आज देखी सेवा शुभारम्भ गरेको छ । बिगत लामो समय देखी भौतिक संरचना निर्माण गरिरहेको अस्पतालले नयाँ बर्षको अबसर पारेर सेवा शुभारम्भ गरेको हो ।
१५ सैयाको उक्त अस्पतालमा आज देखी ७ गते सम्म पहिलो २५ जना बिरामीलाई निशुल्क ओपिडी सेवा र ल्याब टेष्टमा २० प्रतिशत छुट दिइने अस्पताल प्रसाशनले जनाएको छ । अस्पतालले सबै खाले बिरामीहरुको बिषेशज्ञ डाक्टरहरुद्वारा उपचार गर्ने ब्यबस्था गरिएको जनाएको छ ।
Post Views: 152