"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

ऐतिहासिक राणाकालीन गर्भादरबार संरक्षणको अभावमा जीर्ण बन्दै

No data was found

Khabar Raftar

चैत्र ०९ धनगढी । कैलालीको चुरे गाउँपालिका वडा नम्बर–४ मा रहेको ऐतिहासिक राणाकालीन गर्भादरबार संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ ।
विसं १९८४ मा खड्कशम्सेर जबराले निर्माण गरेको ऐतिहासिक संरचना संरक्षण अभावमा जीर्ण बन्दै गएको हो ।

दरबार जीर्ण बन्दै गइरहेको भए पनि त्यसको संरक्षणमा कसैको ध्यान जान नसकेको स्थानीय चक्र बोगटीले बताए । टिनको छाना हावाले उडाइसकेको छ भने पानी चुहिएर पर्खाल भत्किसकेको छ ।
दरबार संरक्षण गर्न सके पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिने सम्भावना हुँदाहुँदै पनि त्यसको संरक्षणमा कसैको ध्यान जान सकेको छैन उनले भने । दरबार संरक्षणका लागि स्थानीय बासिन्दाले सरोकारवाला निकायसँग पटक–पटक आग्रह गर्दै आए पनि सुनुवाइ नभएको उनले जानकारी गराए ।
दरबार दिन प्रतिदिन भत्किने क्रममा छ । कतिपय भाग भत्किएर दरबारको शोभा बिग्रदै गएको स्थानीय चक्र बोगटील छ बोगटीले भन्नु भयो । सरोकारवाला निकायको बेवास्ताका कारण ऐतिहासिक महत्व र पर्यटकीय सम्भावना बोकेको क्षेत्र गर्भा दरबारखण्डहरमा परिणत हुँदै गएको उनले जानकारी गराए ।

त्यसैगरी अर्र्का स्थानीय प्रकाश गुरुङले कलाकृति जडित भित्ता २०५५ साल देखि भत्किन सुरू भएको जानकारी गराउदै गर्भा दरबारमा २०३२ साल सम्म मात्रै चहलपहल रहेको जानकारी गराए । खड्कशम्शेरका छोरा बहादुर शम्सेर पछि दरबार बहादुर शम्सेरका साहिँला छोरा तेजप्रकाशशम्शेर जबराको भागमा परेको स्थानीयले जानकार जानकारी गराएका छन ।

राणाशासनको अन्त्य पछि पनि शासकहरू बसेको उक्त दरबारमा २०३३ सालपछि भने कोही पनि नबसेको स्थानिय बताउछन । चुरे क्षेत्रमा पर्ने गर्भादरबार हावापानी, मौसम र भौगोलिक रूपमा अत्यन्तै उपयुक्त भएकाले राणा शासकहरूले गर्भालाई रोजेको हुनसक्ने स्थानीयको बुझाई रहेको छ ।
मास पिसेर गारो बनाई त्यसबाट निर्माण गरिएको दरबारमा ८३ झ्याल र ५३ ढोका रहेका छन् । दश रोपनी क्षेत्रफलमा फैलिएको यो दरबार तीन खण्ड र तीनतले छ । सुरक्षाका दृष्टिकोणले दरबार भित्र भुइँतले सुरुङ समेत बनाइएको छ ।
त्यो अहिले पुरिँदै गएको छ ।

राणा शासक खैरालाको दरबारबाट डोटी बर्छेनको च्युरी, मान्नाकापडीको भट्टेबाटा, गड्सेराको उदैनी, तेलेको जल्फु काफलीमा बास बस्दै डोटीको सिलगढी पुग्ने गरेको इतिहास खैरालाका बुढापाका सुनाउँछन् ।
दशक पुरानो राणाकालीन दरबारको संरक्षण गर्न सके पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिने सम्भावना रहेको छ । देशमा पटक पटक शासन व्यवस्था फेरिए पनि ऐतिहासिक महत्व बोकेको दरबारको मर्मत सम्भारमा ध्यान पुग्न नसकेको वडाध्यक्ष किष्ण मल्लले जानकारी गराए ।

दरबार संरक्षण गर्न पालिकाको बजेट पर्याप्त नहुने भएकाले सङ्घ र प्रदेश सरकारले यसको संरक्षणका लागि बजेट विनियोजन गर्नुपर्ने स्थानीयले जनाएको छ ।
पछिल्लोपटक स्थानीय सरकार आइसकेपछि दरबार सडक सञ्जालसँग जोडिएको छ । चुरे गाउँपालिकामा रहेका छवटै वडा सडक सञ्जालसँग जोडिएको गाउँपालिकाका उपाध्यक्ष दीपादेवी साउदले जानकारी गराइन । उनले दरबारलाई सडक सञ्जालसँग जोेडेपछि पछिल्लोपटक आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको जानकारी गराइन ।

दरबार संरक्षणका लागि सुदूरपश्चिम प्रदेश सरकारले बजेट विनियोजन गर्दै आएको छ । तर त्यसको कार्यान्वयन हुन नसकेको उपाध्यक्ष साउदले जानकारी गराइन । पुरातत्व विभागले भने बमोजिम दरबारको पुनःनिर्माण गर्नुपर्ने भएकाले बजेट कार्यान्वयन हुन नसकेको सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीले जानकारी गराउनु भयो ।

दरबारको मर्मतका लागि पुरातत्व विभागको टोलीले स्थलगत अध्ययन गरेर गत वर्ष फर्किएको मन्त्री सोडारीले जानकारी गराउदै उनले दरबार संरक्षणका लागि प्रदेश सरकारले पुरातत्व विभागसँग समन्वय गर्दै आएको जानकारी गराउनु भयो । कैलाली सदरमुकाम धनगढीबाट ४५ किलोमिटर उत्तर चुरे क्षेत्रमा पर्ने दरबारको प्रवद्र्धनमा सरकारले ध्यान दिए पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सकिने र यसबाट स्थानीयको जीवनस्तरमा सुधार गर्न सकिने स्थानीयवासीहरुले जनाएका छन ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान