"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कानुन बुझाउन सके न्यायमा पहुँच बढाउन सकिन्छ ः उप प्रमुख भट्ट

No data was found

Khabar Raftar

सरोज विश्वकर्मा , चैत्र ०७ धनगढी । धनगढी उप महानगरपालिकाकी उप प्रमुख सुशीला मीश्र भट्टले कानुन बुझाउन सके न्यायमा सहज पहुँच बढाउन सकिने बताउनु भयो । सोमबार धनगढीमा आयोजित न्यायमा पहँुच अभिबृद्धि गर्नका लागी सरोकार तथा सञ्चाकर्मीहरुसंगको एक दिने अन्र्तक्रिया कार्यक्रम्मा बोल्दै उप प्रमुख भट्टले यस्तो बताउनु भएको हो । उप प्रमुख भट्टले सर्बसाधारणले अझै कानुन नबुझेकाले सहज रुपमा न्याय पाउन नसकेको बताउदै सर्ब साधरणलाई कानुन बारे जानकारी गराउन आवश्यक रहेको बताउनु भएको हो । उनले न्यायिक समितिमा अहिले सम्म १ सय ३१ वटा मुद्दा दर्ता भएको जानकारी गराउदै अधिकाँस मुद्धाहरु मेलमिलाप गरी टुङग्याईएको बताउनु भयो । उनल धनगढी उप महानगरपालीकाको न्यायिक समिति प्रादेशिक न्यायिक समिति भएको बताउदै सुदूरपश्मि प्रदेशका ९ वटै जिल्लाका पीडितहरु आउने गरेको बताउनु भयो । उनले जातिय विभेद संगै नैतिक विभेद बढेको बताउदै त्यस्को अन्त्य गर्न छलपल भईरहेको बताउनु भयो । उनले ६ सय ४७ जनाले परामर्श लिएको जानकारी गराउदै दैनिक छ जनाले प्रत्यक्ष परामर्श लिने गरेको बताउनु भयो । उनले सुरुमा १० रुपैयामा मुद्धा दर्ता गर्ने गरेको जानकारी गराउदै अहिले कार्यविधि शंशोधन गरेर एक सय रुपैया लिने गरेको जानकारी गराउनु भयो । सय रुपैयामा न्याय प्रबाह गर्दै आएको बताउदै उप प्रमुख भट्टले प्रहरी र अदालत सम्म जान नपरोस भन्ने उदेश्यले काम गर्दै आएको बताउनु भयो । उनले अहिले ३९ जना मेलमीलाप कर्ताहरुले न्याय सम्पादनमा सहजीकरण गरीरहेको जानकारी गराउदै टाढाका वडा कार्यालयबाटै मुद्धाको छिनोफाने गर्ने गरी काम भईरहेको जानकारी गराउनु भयो । उनले ६५ वटा मुद्धामा मेलमीलाप गराईएको जानकारी गराउदै उनले एउटा मुद्दामा भने न्यायिक समितिले सुनुवाइ पछि फैसला गरेर टुंगोमा पु¥याएको जानकारी गराउनु भयो । उप महानगरपालिकामा आएका मध्ये २६ वटा मुद्दाको सम्वन्धित निकायमा जानकारी पठाइएको र ३ वटा मुद्दा जिल्ला अदालतमा पठाइएको बताउनु भयो । न्यायिक समितिले यस अवधिमा एउटा मुद्दा भने दरपीठ गरेर फिर्ता पठाएको उनले जानकारी गराईन । उप महानगरको न्यायिक समितिमा छलफल पछि झगडियाहरुले ३ वटा मुद्दा फिर्ता लिएको बताउदै उनले समितिमा हाल १९ वटा मुद्दा तामेलीमा रहेको जानकारी गराईन ।
धनगढी उप महानगरपालिकाको न्यायिक समितिकी संयोजक एवम् उपप्रमुख सुशिला मिश्र भट्टले २ वर्ष सम्म कोभिडका कारण न्यायिक समितिमा काम गर्न समस्या भएको बताइन् । न्यायमा पहुँच अभिवृद्वि गर्न विभिन्न समयमा अन्र्तरक्रिया कार्यक्रम गरिरहेको उनले बताईन । अहिले न्यायिक समितिमा धेरैको पहुँच बढेको बताउनु भयो । त्यसै गरी जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सरस्वती अधिकारीले फागुन महिना सम्म महिला सेलमा ४ सय ६७ वटा महिला हिंसाका मुद्धाहरु दर्ता भएको जानकारी गराउदै सबै भन्दा बढी बालविबाहका कारण महिला हिंसा हुने गरेको पाईएको जानकारी गराउनु भयो । उनले आफु आएको ३ महिना भएको बताउदै ३ महिनाको अबधीमा सबै भन्दा बढी बाजुरा बझाङ र बैतडीका पीडितहरु आउने गरेको बताउनु भयो । उनले पछिल्ले समयमा एक हप्ता सम्म हराउने केशहरु बढी रहेको जानकारी बताउदै साथीको जन्म दिनको पार्टीमा जाने बहानामा बीयर खानेर हराउने गरेको पाईएको बताउनु भयो । त्यस पछि लागुऔषधमा फस्ने गरेको पाईएको पनि उनले जानकारी गराउनु भयो । उनले सामाजिक सञ्जाल फेसबुकका कारण हाडनाता करणी सम्म हुने गरेको जानकारी गराउदै फेसबुकले अराजकता भित्र्याएको बताउनु भयो । त्यसैगरी मालपोत कार्यालयका प्रमुख सुरेन्द्र केसीले जग्ग धनी पूर्जा श्रीमानको नाम्मा हुने र श्रीमानले अर्कौ विबाह गर्दा रोक्का गर्न आउने महिलाहरुको संख्या धेरै भएको बताउदै आफुले केही गर्न नसक्ने बताउनु भयो । जमीन रोक्का गर्न भनेर आउछन त्यो अधिकार हामीलाई छैन । हामीले अदालतले आदेश दिए मात्र रोक्का गर्न सक्छौ उनले भन्नु भयो । त्यसैगरी नापी कार्यालयका प्रमुख सुदर्शन धामीले एकिकृत कानुन र कार्यविधि नबन्दा सम्म समस्याको समाधान हुन नसक्ने बताउनु भयो । उनले कार्यक्षेत्र ठूलो भएकाले सोचे जस्तो काम गर्न नसकेको बताउदै केही कर्मचारीहरुले गलत गरेको भए आफुलाई जानकारी गराएमा यस्ता कार्यहरु रोक्न सकिने बताउनु भयो । उनले सहभागीहरुको प्रश्नको जवाफ दिदै बाटो पहिले बढी र पछि कम हुन स्वतह कार्यालयका कर्मचारीहरुको कमजोरी बदमासी भएको बताउनु भयो । उनले आफुसंग आएका यस्ता समस्याहरुलाई समाधान गर्ने बताउनु भयो ।

भर्खरै

दार्चुलामा जग्गाधनीपुर्जा वितरणको तयारी
रोजगारी माध्याम बन्दै बाजुराको रानीसैन
बिद्युतको माग सहित जेनजी युवा थापाले बुझाए ऊर्जा मन्त्रीलाई ज्ञापनपत्र
कैलालीको लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पताल बनाउने बाटो खुल्यो
स्याउ खेती प्रति आकर्षित बन्दै बाजुराका किसान
धनगढीमा हाफ म्याराथन प्रतियोगिता आयोजना हुने
फोहोर मिसिँदा महाकाली नदीमा प्रदूषण बढ्दै
लागू औषध दुव्र्यसन विरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन
कञ्चनपुरको शुक्लाफाँटामा डिप ट्युबवेल जडान पछि किसान उत्साहित
अस्पताललाई सुविधायुक्त बनाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

23455

दार्चुलामा जग्गाधनीपुर्जा वितरणको तयारी

dc8073fb-3044-4cad-80c9-121e883f3f7d

रोजगारी माध्याम बन्दै बाजुराको रानीसैन

58feaf18-6e5e-4f42-a14a-29647293ab42

बिद्युतको माग सहित जेनजी युवा थापाले बुझाए ऊर्जा मन्त्रीलाई ज्ञापनपत्र

lamkichuha-Hospital

कैलालीको लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पताल बनाउने बाटो खुल्यो

45640e0c-e8a1-4cd4-a164-3cec60fe1d0d

स्याउ खेती प्रति आकर्षित बन्दै बाजुराका किसान

b74ee8bb-2369-4a33-9123-16d391278c78

धनगढीमा हाफ म्याराथन प्रतियोगिता आयोजना हुने

3be7f16a-5085-45dc-ac4c-70ee9fea07f7

फोहोर मिसिँदा महाकाली नदीमा प्रदूषण बढ्दै

e96036e1-795f-4ddc-95a1-7f1de1fcf2a8

लागू औषध दुव्र्यसन विरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन