"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

गाउँमै कुखुरा पालनबाट मनग्य आम्दानी

Khabar Raftar

शितल स्नेही,फागुन २५ बझाङ । बझाङको रोशन विकले गाउमै कुखुरा पालनबाट मनग्य आम्दानी गर्दै आएका छन् । बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर १० बस्ने ३० बर्षीय रोशन बि. कले गाउँमै कुखुरा पालन गरेर मनग्य आमदानी गर्दै आएका हुन । युवाहरूका प्रेरणाका स्रोत बन्दै गएका विकले आफ्नै ठाउँमा केही न केही गर्नु पर्छ र समाजका अन्य मानिसहरुले पनि व्यवसाय गरेर आत्मनिर्भर बन्न सिकोस् भने हेतुले व्यवसाय सुरु गरेको बताए ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

बझाङको सदरमुखकाम चैनपुर बस्ने रोशन बि.क विगत ५ वर्षदेखि पोल्टी व्यवसाय गर्दै आएका छन् । खुला मञ्च नजिकै रहेको चैनपुर र देवल जोड्ने झोलुगें पुलमुनि आफ्नै खेतमा पोल्टी फार्म खोलका उनले पहिलो पटक तराईबाट कुखुराका चल्लाहरु ल्याई व्यावसाय सुरु गरेको बताए । अहिले पोल्टी फार्ममा लोकल कुखुरा , गिरीराज, टर्की , लौकाट लगायतका अन्य जातीका कुखुरा र पन्छी पाल्दै आएका छन् । बि.कले बोइलर बाहेक अन्य जातीका कुखुराहरू उत्पादन तथा बिक्री वितरण गरी मनग्ये आम्दानी गदै आएको बताएका छन् ।

३ लाखको लगानीमा सुरु गरेको व्यावसाय अहिले २५ लाख सम्म पुगेको बताउदै उनले कुखुरा पालन सम्बन्धी कुनै किसिमको तालिम नलिई काम गर्दा गदै अनुभव बटुल्दै जाँदा सफल व्यवसायीको रूपमा चिनीएका छन् । रोजगारीको सिलसिलामा पहिलो पटक मलेसिया गएका उनले विदेशमा गरेको दुःख स्वदेशमै गरे स्वरोजगार हुन सकिने बताए ।

विदेशबाट फर्किए लगत्तै पोल्ट्री े व्यवसाय सुरु गरेको बताउदै विकले विदेश गएर जंगलमा काम गर्नु भन्दा आफनै देशमा उद्यम गर्नु उपयुक्त हुने बताए । अहिले आफ्नै परिवारसँगै रमाउँदै व्यवसाय गरिरहेको बताउदै उनले विदेशको दुख सम्झिदा आँखामा आँसु आउने गरेको बताए ।
सुरुमा आफू मात्रै स्वरोजगार भएको बताउदै उनले अहिले ३ जनालाई समेत रोजगार दिँदै आएको बताए ।

पहिले ११ जनाको परिवार पाल्न धौधौ हुने गरेको स्मरण गर्दै उनले अहिले निकै सहज भएकाले अन्य नयाँ काम पनि सुरु गर्न लागेको जानकारी गराए । राज्यले कृर्षिमा आत्मनिर्भरता बनाउनको लागि विभिन्न संघ संस्थाहरु र स्थानीय सरकाले कृषकलाई सहयोग गदै आएको छ । तर बझाङमा भने राजनीतिक पहुँचका आधारमा आफू निकट कार्यकर्ताहरूलाई अनुदानको रकम दिइने गरिएको छ ।

बास्तविक किसानहरुले भने अनुदान पाउन सकेका छैनन । उनीहरूका पिडा यथावत नै छन् । विदेशमा मासिक २० देखी ३० हजार सम्म तलब पाउने बि.कले आफ्नै घरमा गरेको व्यवसायबाट मासिक ४५ हजार भन्दा बढी कमाउँदै आएका छन ।

भर्खरै

बाजुराको स्वामीमार्तिकबाट दलित जागरण अभियानको सुरु
नागरिक र प्रहरीबीच मैत्रीपूर्ण व्यवहार हुन् जरुरी छ ः (डीआईजी) विक
भारतनीय सीमानाकामा लुटिँदै घर फर्किने नेपाली
कंचनपुरको सख्खा बन्दरगाह निर्माणस्थलबाट १ सय ९ वटा रूख चोरी निकासी
ढुङ्गाको मूर्ति बिक्री गरेर जीविका चलाउँदै कञ्चनपुरका ७३ वर्षीय विष्ट
स्थानीय सेवा ऐनको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना
कैलालीको चुरेमा युवती करणीको आरोपमा २ जना पक्राउ
डडेल्धुराको स्याउलेबजारमा ‘रिफ्रेस सेन्टर’ स्थापना
बजेट कार्यान्वयनमा ध्यान दिन जरुरी छ
सुदूरपश्चिमको धनगढीमा तीनदिने पत्रकारिता तथा सूचना प्रविधि तालिम सुरु

धेरै कमेन्ट गरिएको

बाजुराको स्वामीमार्तिकबाट दलित जागरण अभियानको सुरु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Dalit Jagdai

बाजुराको स्वामीमार्तिकबाट दलित जागरण अभियानको सुरु

Dambar Bk DIG Bajura

नागरिक र प्रहरीबीच मैत्रीपूर्ण व्यवहार हुन् जरुरी छ ः (डीआईजी) विक

sss

भारतनीय सीमानाकामा लुटिँदै घर फर्किने नेपाली

aaaaaa

कंचनपुरको सख्खा बन्दरगाह निर्माणस्थलबाट १ सय ९ वटा रूख चोरी निकासी

murti

ढुङ्गाको मूर्ति बिक्री गरेर जीविका चलाउँदै कञ्चनपुरका ७३ वर्षीय विष्ट

2

स्थानीय सेवा ऐनको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना

pakrau-1

कैलालीको चुरेमा युवती करणीको आरोपमा २ जना पक्राउ

1

डडेल्धुराको स्याउलेबजारमा ‘रिफ्रेस सेन्टर’ स्थापना