"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

पाटन प्रिमियर लिगमा कैलपाल र पाटन फाइनलमा प्रवेश

Khabar Raftar

फागुन २०, बैतडी । बैतडीको पाटनमा जारी पहिलो संस्करणको पाटन प्रिमियर लिग (पीपीएल) क्रिकेटको सेमिफाइनल खेल आज सम्पन्न भएका छन्। पहिलो सेमिफाइनलमा कैलपाल क्रिकेट क्लब र दोस्रोमा आयोजक पाटन क्रिकेट क्लब विजयी हुँदै फाइनलमा प्रवेश गरेका छन्।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

ग्वाल्लेक क्रिकेट क्लबलाई १३७ रनले पाखा लगाउँदै कैलपाल उपाधि नजिक पुगेको हो। कैलपालले दिएको २३८ रनको विशाल लक्ष्य पन्छाएको ग्वाल्लेक ९।२ ओभरमा मात्र १०० रनमा समेटियो। उसका लागि पिताम्बर जोशीले ३१ र पञ्कज जोशीले २१ रन जोडे। कैलपालका सन्तोष चन्दले ४ र मुकेश चन्दले ३ विकेट लिए।

त्यसअघि श्रीकृष्ण माविको खेल मैदानमा टस हारेर ब्याटिङको निम्ता पाएको कैलपाल १९।२ ओभरमा २३७ रनमा अलआउट भयो। जसमा प्रदीप चन्दले अर्धसतकीय पारी खेल्दै ६६ तथा वीरेन्द्र चन्दले ४१ रन हिर्काए। ग्वाल्लेकका पिताम्बर जोशीले ३ तथा वीरेन्द्र बोहरा र दीपक जोशीले २र२ विकेट हात पारे। खेलका म्यान अफ द म्यान कैलपालका प्रदीप चन्द चुनिएका स्कोरर किरन चन्दले जानकारी दिए।

अर्को सेमिफाइनलमा पाटन क्रिकेट एकेडेमीलाई १२८ रनले हराउँदै आयोजक पाटन क्रिकेट क्लब पनि फाइनलमा पुगेको छ। क्लबले दिएको १७५ रनको विजयी लक्ष्य लिएर मैदान उत्रेको एकेडेमीले ८।२ ओभरमा मात्र ४६ रनमा अलआउट भयो। हरिश विष्टले सर्वाधिक १८ रन जोडे पनि अन्य ब्याट्सम्यान नचल्दा एकेडेमी सेमिफाइनलबाटै घर फर्किन बाध्य भयो।

त्यसअघि टस हारेर ब्याटिङ गरेको क्लबले निर्धारित २० ओभरमा आफ्ना सम्पूर्ण विकेट गुमाउँदै १७४ रन जोड्न सफल भयो। जसमा प्रकाश बुडालले ४३ र सन्नी विष्टले ३१ रन बनाए। एकेडेमीका सन्तोश जोशीले ४ र शुशांक चन्दले ३ विकेट झारे। क्लबका लागि उत्कृष्ट अलराउन्डर प्रदर्शन गरेका सन्नी विष्ट म्यान प्लेअर अफ द म्याच घोषित भए।

उपाधिका लागि कैलपाल क्रिकेट क्लब र आयोजक पाटन क्रिकेट क्लबबीचको भिडन्त शुक्रबार बिहान १० बजे हुनेछ। उपाधि विजेताले ५५ हजार ५५५ र उपविजेताले २२ हजार २२२ नगतसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने प्रतियोगिताका संयोजक खेमराज अवस्थीले बताए। पाटन क्रिकेट क्लबको आयोजनामा फागुन १३ गतेदेखि सुरु भएको प्रतियोगितामा १५ टोलीको सहभागिता छ।

भर्खरै

बाजुराको स्वामीमार्तिकबाट दलित जागरण अभियानको सुरु
नागरिक र प्रहरीबीच मैत्रीपूर्ण व्यवहार हुन् जरुरी छ ः (डीआईजी) विक
भारतनीय सीमानाकामा लुटिँदै घर फर्किने नेपाली
कंचनपुरको सख्खा बन्दरगाह निर्माणस्थलबाट १ सय ९ वटा रूख चोरी निकासी
ढुङ्गाको मूर्ति बिक्री गरेर जीविका चलाउँदै कञ्चनपुरका ७३ वर्षीय विष्ट
स्थानीय सेवा ऐनको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना
कैलालीको चुरेमा युवती करणीको आरोपमा २ जना पक्राउ
डडेल्धुराको स्याउलेबजारमा ‘रिफ्रेस सेन्टर’ स्थापना
बजेट कार्यान्वयनमा ध्यान दिन जरुरी छ
सुदूरपश्चिमको धनगढीमा तीनदिने पत्रकारिता तथा सूचना प्रविधि तालिम सुरु

धेरै कमेन्ट गरिएको

बाजुराको स्वामीमार्तिकबाट दलित जागरण अभियानको सुरु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Dalit Jagdai

बाजुराको स्वामीमार्तिकबाट दलित जागरण अभियानको सुरु

Dambar Bk DIG Bajura

नागरिक र प्रहरीबीच मैत्रीपूर्ण व्यवहार हुन् जरुरी छ ः (डीआईजी) विक

sss

भारतनीय सीमानाकामा लुटिँदै घर फर्किने नेपाली

aaaaaa

कंचनपुरको सख्खा बन्दरगाह निर्माणस्थलबाट १ सय ९ वटा रूख चोरी निकासी

murti

ढुङ्गाको मूर्ति बिक्री गरेर जीविका चलाउँदै कञ्चनपुरका ७३ वर्षीय विष्ट

2

स्थानीय सेवा ऐनको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना

pakrau-1

कैलालीको चुरेमा युवती करणीको आरोपमा २ जना पक्राउ

1

डडेल्धुराको स्याउलेबजारमा ‘रिफ्रेस सेन्टर’ स्थापना