"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

पाटन प्रिमियर लिगमा कैलपाल र पाटन फाइनलमा प्रवेश

No data was found

Khabar Raftar

फागुन २०, बैतडी । बैतडीको पाटनमा जारी पहिलो संस्करणको पाटन प्रिमियर लिग (पीपीएल) क्रिकेटको सेमिफाइनल खेल आज सम्पन्न भएका छन्। पहिलो सेमिफाइनलमा कैलपाल क्रिकेट क्लब र दोस्रोमा आयोजक पाटन क्रिकेट क्लब विजयी हुँदै फाइनलमा प्रवेश गरेका छन्।

ग्वाल्लेक क्रिकेट क्लबलाई १३७ रनले पाखा लगाउँदै कैलपाल उपाधि नजिक पुगेको हो। कैलपालले दिएको २३८ रनको विशाल लक्ष्य पन्छाएको ग्वाल्लेक ९।२ ओभरमा मात्र १०० रनमा समेटियो। उसका लागि पिताम्बर जोशीले ३१ र पञ्कज जोशीले २१ रन जोडे। कैलपालका सन्तोष चन्दले ४ र मुकेश चन्दले ३ विकेट लिए।

त्यसअघि श्रीकृष्ण माविको खेल मैदानमा टस हारेर ब्याटिङको निम्ता पाएको कैलपाल १९।२ ओभरमा २३७ रनमा अलआउट भयो। जसमा प्रदीप चन्दले अर्धसतकीय पारी खेल्दै ६६ तथा वीरेन्द्र चन्दले ४१ रन हिर्काए। ग्वाल्लेकका पिताम्बर जोशीले ३ तथा वीरेन्द्र बोहरा र दीपक जोशीले २र२ विकेट हात पारे। खेलका म्यान अफ द म्यान कैलपालका प्रदीप चन्द चुनिएका स्कोरर किरन चन्दले जानकारी दिए।

अर्को सेमिफाइनलमा पाटन क्रिकेट एकेडेमीलाई १२८ रनले हराउँदै आयोजक पाटन क्रिकेट क्लब पनि फाइनलमा पुगेको छ। क्लबले दिएको १७५ रनको विजयी लक्ष्य लिएर मैदान उत्रेको एकेडेमीले ८।२ ओभरमा मात्र ४६ रनमा अलआउट भयो। हरिश विष्टले सर्वाधिक १८ रन जोडे पनि अन्य ब्याट्सम्यान नचल्दा एकेडेमी सेमिफाइनलबाटै घर फर्किन बाध्य भयो।

त्यसअघि टस हारेर ब्याटिङ गरेको क्लबले निर्धारित २० ओभरमा आफ्ना सम्पूर्ण विकेट गुमाउँदै १७४ रन जोड्न सफल भयो। जसमा प्रकाश बुडालले ४३ र सन्नी विष्टले ३१ रन बनाए। एकेडेमीका सन्तोश जोशीले ४ र शुशांक चन्दले ३ विकेट झारे। क्लबका लागि उत्कृष्ट अलराउन्डर प्रदर्शन गरेका सन्नी विष्ट म्यान प्लेअर अफ द म्याच घोषित भए।

उपाधिका लागि कैलपाल क्रिकेट क्लब र आयोजक पाटन क्रिकेट क्लबबीचको भिडन्त शुक्रबार बिहान १० बजे हुनेछ। उपाधि विजेताले ५५ हजार ५५५ र उपविजेताले २२ हजार २२२ नगतसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने प्रतियोगिताका संयोजक खेमराज अवस्थीले बताए। पाटन क्रिकेट क्लबको आयोजनामा फागुन १३ गतेदेखि सुरु भएको प्रतियोगितामा १५ टोलीको सहभागिता छ।

भर्खरै

दार्चुलामा जग्गाधनीपुर्जा वितरणको तयारी
रोजगारी माध्याम बन्दै बाजुराको रानीसैन
बिद्युतको माग सहित जेनजी युवा थापाले बुझाए ऊर्जा मन्त्रीलाई ज्ञापनपत्र
कैलालीको लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पताल बनाउने बाटो खुल्यो
स्याउ खेती प्रति आकर्षित बन्दै बाजुराका किसान
धनगढीमा हाफ म्याराथन प्रतियोगिता आयोजना हुने
फोहोर मिसिँदा महाकाली नदीमा प्रदूषण बढ्दै
लागू औषध दुव्र्यसन विरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन
कञ्चनपुरको शुक्लाफाँटामा डिप ट्युबवेल जडान पछि किसान उत्साहित
अस्पताललाई सुविधायुक्त बनाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

23455

दार्चुलामा जग्गाधनीपुर्जा वितरणको तयारी

dc8073fb-3044-4cad-80c9-121e883f3f7d

रोजगारी माध्याम बन्दै बाजुराको रानीसैन

58feaf18-6e5e-4f42-a14a-29647293ab42

बिद्युतको माग सहित जेनजी युवा थापाले बुझाए ऊर्जा मन्त्रीलाई ज्ञापनपत्र

lamkichuha-Hospital

कैलालीको लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पताल बनाउने बाटो खुल्यो

45640e0c-e8a1-4cd4-a164-3cec60fe1d0d

स्याउ खेती प्रति आकर्षित बन्दै बाजुराका किसान

b74ee8bb-2369-4a33-9123-16d391278c78

धनगढीमा हाफ म्याराथन प्रतियोगिता आयोजना हुने

3be7f16a-5085-45dc-ac4c-70ee9fea07f7

फोहोर मिसिँदा महाकाली नदीमा प्रदूषण बढ्दै

e96036e1-795f-4ddc-95a1-7f1de1fcf2a8

लागू औषध दुव्र्यसन विरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन