फागुन ०४ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजको संसद् बैठकमा अमेरिकी सहयोग परियोजना एमसिसी नलान सहमत भएका छन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्ता पछि देउवा एमसिसी संसद्मा नलान सहमत भएका हुन्।
देउवा र प्रचण्डबीच भोलि ३ बजे गठबन्धनका शीर्षस्थ नेताहरूको बैठक बस्ने सहमति बनेको प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले बताइन्।
बिहान बसेको माओवादीको संसदीय दलको बैठकले जबरजस्ती एमसिसी पारित गर्न खोजे सरकार र गठबन्धन दुवै छाड्ने निर्णय गरेको थियो।
Post Views: 95