"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

अछाम्मा श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई साढे ३ वर्ष कैद

Khabar Raftar

फागुन ०३ अछाम । वैवाहिक बलात्कारको कसूरमा उच्च अदालत दिपायलले अछामका एक जना पुरुषलाई ३ बर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । विवाहित गर्भवती श्रीमतीलाई कुटपिट र यातना दिई जबरजस्ती करणी समेत गरेको ठहर गर्दै उच्च अदालत दिपायलका कामुमुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश जगत बहादुर थापाको इजलासले उक्त फैसला सुनाएको हो । बहुविवाह गरे पछि प्रहरीमा जाहेरी दिई कारवाही गराएको भनि प्रतिवादीले विवाहित गर्भवती श्रीमतीलाई कुटपिट र यातना दिई जबरजस्ती करणी गरेको आरोप लगाईएको छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

उक्त मुद्दामा बहुविवाहको मुद्दामा छुटेर आए पछि नाम परिबर्तन श्यामले श्रीमतीलाई कुटपिट गर्ने गरेको पाईएको बताइएको छ । २०७७ असोज ६ गते जबरजस्ती करणी गरेको भन्दै पीडितले उजुरी दिए पछि जिल्ला प्रहरी कार्यालय अछामले मुद्दाको अनुसन्धान गरेको बताईएको छ ।

पीडितको शारीरिक परीक्षण गर्दा गर्धन र दायाँ कुमतर्फ चोट पटक लागेको देखिएको बताईएको छ । पीडितले अदालतमा बकपत्र गर्दा समेत जाहेरी अनुसार बेहोरा लेखाएको र प्रतिवादीले भने सहमतिमा करणी गरेको भनि बयान दिएको बताईएको छ ।

पीडितले आफूमाथि जबरजस्ती करणी भए पछि छिमेकीलाई गुहारी आफूमाथि भएको अन्यायको बेहोरा सुनाएको र सोही कुरा साक्षीहरूले अदालतमा ब्यक्त गरेको बताईएको छ । तर जिल्ला अदालतले भने पीडितले जबरजस्ती करणी गरेको भन्ने बेहोराको बकपत्र गरेको भएता पनि जबरजस्ती करणीको कसूर स्थापित हुने प्रमाण नरहेको भनि सफाई दिएको थियो ।

सोमबार भने उच्च अदालत दिपायलले जिल्ला अदालतको फैसला उल्ट्याउँदै गर्भवती श्रीमतीलाई बहुविवाहको उजूरी दिएको रिसको झोँकमा निर्मम तरिकाले कुटपिट गरी यातना दिई जबरजस्ती करणी गरेकोमा दोषी ठहर गर्दै यो सजाय सुनाएको हो ।

विद्यमान कानून अनुसार एउटा कसुर गरी सजाय पाएकोमा कुनै व्यक्तिले पुनः अर्को कसुर गरेमा पछिल्लो पटक गरेको सजायको दोब्बर सम्म थप सजाय हुने भएकोले यस मुद्दामा ३ बर्ष ६ महिना कैद तोकिएको फैसलामा उल्लेख गरिएको    छ ।

भर्खरै

व्यवसायिक कुखुरापालन गर्ने किसानको सख्या बढ्दै
तरकारी खेतीबाट वार्षिक ४ लाख आम्दानी गर्दै कञ्चनपुरको कृष्णपुरका लोक बहादुर चौधरी
सिमेन्टपछि सरियामा पनि कृत्रिम मूल्यवृद्धि, महिनामा पाचपटक बढ्यो
महिला मैत्री विपत प्रतिकार्यका लागी सरोकारवालासंग परामर्श वैठक
कर तिरौ, असल नागरिकको भूमीका निर्बाह गरौ
दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण
नेकपा निकट युवा संगठनले चैत्र १५ को जनप्रदर्शनमा ‘स्वयम सेवक’ परिचालन गर्ने
जात सोधेर घर भाडामा नदिनेलाई कारवाही गरिने,प्रमुख जिल्ला अधिकारी सापकोटाको प्रतिबद्धता
सुदूरपश्चिम प्रदेशका सांसद र उत्तराखण्डका मुख्यमन्त्रीबिच भेटवार्ता
बैतडीको पाटनमा सञ्चालन गरिएको सहरी गाउघर क्लिनिकमा १ सय ६३ जनाले सेवा लिए

धेरै कमेन्ट गरिएको

व्यवसायिक कुखुरापालन गर्ने किसानको सख्या बढ्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

kk

व्यवसायिक कुखुरापालन गर्ने किसानको सख्या बढ्दै

42810545-0eda-44c2-99bd-ff6affc2bebe

तरकारी खेतीबाट वार्षिक ४ लाख आम्दानी गर्दै कञ्चनपुरको कृष्णपुरका लोक बहादुर चौधरी

sariya

सिमेन्टपछि सरियामा पनि कृत्रिम मूल्यवृद्धि, महिनामा पाचपटक बढ्यो

indra

महिला मैत्री विपत प्रतिकार्यका लागी सरोकारवालासंग परामर्श वैठक

cropped-cropped-khabar-raftar-2.png

कर तिरौ, असल नागरिकको भूमीका निर्बाह गरौ

a

दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण

bbb

नेकपा निकट युवा संगठनले चैत्र १५ को जनप्रदर्शनमा ‘स्वयम सेवक’ परिचालन गर्ने

11

जात सोधेर घर भाडामा नदिनेलाई कारवाही गरिने,प्रमुख जिल्ला अधिकारी सापकोटाको प्रतिबद्धता