फागुन ०१ काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ५२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार ६ हजार ३७ पीसीआर परीक्षणमा ४२७ र एन्टिजेन विधिद्वारा गरिएको ४ हजार ७८ परीक्षणमा ९४ जनामा पोजिटिभ देखिएको हो ।
त्यस्तै, सोही समयमा थप १० संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ८९२ पुगेको छ ।
सोही अवधिमा थप ३ हजार ९३५५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
Post Views: 69