माघ २० काठमाण्डौ । देशभरमा थप ३ हजार १ सय ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १० हजार २६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७ सय ४२ जना र २ हजार ५ सय ७९ जनाको एन्टीजेन परीक्षण गर्दा ४ सय ३३ जना गरी ३ हजार १ सय ७५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो । हाल देशभरमा ६३ हजार २ सय ९६ कोरोना संक्रमितकाविरामी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट ८ हजार ७ सय २३ जना मुक्त भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । भने पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Post Views: 234