"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

रेमिट्यान्स किन बैंकिङ च्यानलबाटै पठाउनुपर्छ, हुण्डिबाट पठायो भने के हुन्छ ?

No data was found

Khabar Raftar

चालु आर्थिक वर्षको पहिलो महिना देखि नै लगातार रेमिट्यान्स आउने क्रम घटिरहेको छ । पाँच महिनाको तथ्यांक अनुसार रेमिट्यान्स आप्रवाहमा ७ प्रतिशतले कमी आएको छ । विदेशमै भर्चुअल करेन्सीमा लगानी गर्ने र पठाएको रकम पनि हुण्डिबाट पठाउने गर्दा मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण मानिने रेमिट्यान्स घटिरहेको राष्ट्र बैंकको अनुमान छ । यी दुबै अवैध हुन् ।

No data was found

भर्चुअल मुद्राको कारोबार कतिपय देशहरुमा वैध मानिए पनि नेपालमा भने यो पूर्ण अवैध हो । राष्ट्र बैंकले सूचना नै जारी गरेर विदेशमा बस्ने नेपालीले समेत यस्तो कारोबार गर्न नपाउने बताएको छ । अर्को तर्फ हुण्डि कारोबार एउटा गैर कानूनी र असुरक्षित कारोबार हो ।

राष्ट्र बैंकका प्रवक्ता डा ः गुणाकर भट्ट रेमिट्यान्स पठाउदा वैधानिक च्यानलबाटै पठाउनु पर्ने बताउँछन् । हुण्डिबाट पठाउने वा उतै अन्य क्षेत्रमा लगानी गर्दा यसले समस्यामा पार्न सक्ने उनले बताए ।

‘रेमिट्यान्स वैधानिक च्यानलबाट पठाउदा जोखिम हुँदैन, आफ्नै सुरक्षाका लागि पनि वेधानिक च्यानल नै रोज्नु राम्रो हुन्छ’ प्रवक्ता भट्टले भर्चुअल मुद्रातर्फ इंंकित गर्दै भने, ‘अर्कोतर्फ धेरै चाडो भन्दा चाडो प्रतिफल प्राप्त हुन्छ भनेर अन्य क्षेत्रमा लगाउनु हुँदैन, यसले तपाईको घरपरिवार जो रेमिट्यान्समा आश्रित हुनुहुन्छ उहाँहरुलाई समस्या बनाउछ, जोखिम बोकेर अवैधानिक भनिएको ठाउँमा लगानी गर्नुहुँदैन ।’

वैधानिक च्यानलबाट रेमिट्यान्स पठाउँदा मूख्य २ वटा फाइदाहरु छन् । एउटा– विदेशबाट पठाएको रकम नेपालमा परिवारले सुरक्षित र सहज भुक्तानी पाउँछन् । अर्कोतर्फ रेमिट्यान्सबाट आएको रकम बैंकमा खाता खोलेर निक्षेपको रुपमा जम्मा गर्ने हो भने बैंकहरुले अरुलाई दिने भन्दा १ प्रतिशत ब्याजदर धेरै दिन्छन् ।

‘रेमिट्यान्स वैधानिक च्यानलबाट पठाउँदा पठाउने व्यक्ति, नेपालमा रहेका उनका आफन्त र मुलुकको अर्थतन्त्रलाई समेत फाइदा हुन्छ’ प्रवक्ता भट्ट भनछन्, ‘अर्को तर्फ यसरी आएको रकम सरकारको वैदेशिक रोजगार बचत पत्रमा समेत लगानी र्ग सकिन्छ, यसमा लगानी गर्दा १० प्रतिशत ब्याज पाइन्छ ।’

हुण्डिबाट रकम पठाउँदा कानूनी कारबाही हुने र रकम डुब्ने खतरा पनि रहेको भन्दै उनले वैधानिक च्यानलबाट मात्रै रेमिट्यान्स पठाउनु पर्ने बताए । अनौपचारिक माध्यमबाट भित्रिने रेमिट्यान्स हुन्डी हो । हुन्डी अन्तरदेशबीच पैसा कारोबार गर्ने अवैध तरिका हो । दुवै देशमा सम्पर्क व्यक्तिहरू राखेर यस्तो कारोबार हुने गरेको छ ।

विदेशबाट पैसा पठाउँदा बैंकिङ च्यानलबाट पठायो भने त्यो रेमिट्यान्समा गनिन्छ भने बैंकिङ च्यानलबाट नभई अन्य दलालहरु मार्फत सिधै पैसा पठाउनुलाई हुन्डी कारोबार भनिन्छ । कार्यथलोमै लिन आउने र घरमै पुर्याई दिने भएपछि अनि धेरै शुल्क पनि नलाग्ने भएकाले मानिसहरु हुन्डीमा आकर्षित हुने गरेका छन् ।

हुन्डीबाट पैसा पठाउँदा बैंकिङ प्रणालीबाट पठाउँदा भन्दा कम समय लाग्ने, पैसाको स्रोत खुलाउने तथा अन्य प्रक्रियागत झन्झट पनि नहुने भन्दै हुन्डीको माध्यम प्रयोग गरेर थुप्रै नेपालीले विदेशबाट पैसा पठाउने गरेका छन् । जुन पूर्णत गलत र गैर कानूनी हो ।

हुन्डी रेमिट्यान्स नै भए पनि यो अनौपचारिक माध्यमबाट आउने भएकाले रेमिट्यान्समा गनिँदैन । यसको मतलब हुन्डीले रकम आउने क्रमलाई घटाउँदैन । सरकारी तथ्यांकमा मात्रै नदेखिने हो । सरकारी कोषमा विदेशी मुद्रा आउँदैन । घर परिवारले पाएको रकम बढिरहेको देखिन्छ तर औपचारिक च्यानलबाट आएको रकम भने कम देखिन्छ ।

अनौपचारिक क्षेत्रबाट आएको रेमिट्यान्सले विदेशी मुद्राको सञ्चिति घटाउँछ । यसले अनधिकृत व्यापार व्यवसायसँगै राजश्व समेत घटाउँछ । हुन्डी मार्फत गरिने कारोबारमा जोखिम बढी हुन्छ । पठाएको रकम बीचैमा हिनामिना हुनसक्ने खतरा समेत हुन्छ । ‘यसर्थ रेमिट्यान्स बैंकिङ च्यानलबाटै पठाउनुपर्छ’ प्रवक्ता भट्ट भन्छन् ।

भर्खरै

एक जना कर्मचारीको भरमा सञ्चालन हुँदै बाजुराको बुढीगंगाका स्वास्थ्य संस्था
बादी समुदायको मादल बनाउने पुख्र्यौली पेशाबाट गुजारा चलाउन सकस
कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट १७ जनाको मृत्यु
बाध्यताले नभई रहरले कर तिर्ने बाताबरण बनाऔ
अछामको बासुकी माविद्धारा देउसी भैलो खेलेर ११ लाख १५ हजार ९ सय ६२ रुपैया संकलन
कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न
सूचनाको अधिकार प्रत्याभूति हुने गरी काम गर्छौ ः सिडिओ रेग्मी
अतिक्रमित भूमि लिपुलेकमा भारतको म्याराथन
महाकाली कोरिडोर कालोपत्रे गरिँदै

धेरै कमेन्ट गरिएको

एक जना कर्मचारीको भरमा सञ्चालन हुँदै बाजुराको बुढीगंगाका स्वास्थ्य संस्था

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

bajura

एक जना कर्मचारीको भरमा सञ्चालन हुँदै बाजुराको बुढीगंगाका स्वास्थ्य संस्था

Untitled-15

बादी समुदायको मादल बनाउने पुख्र्यौली पेशाबाट गुजारा चलाउन सकस

Screenshot_20240929_092450_Lite-1727581253

कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट १७ जनाको मृत्यु

cropped-cropped-khabar-raftar-2.png

बाध्यताले नभई रहरले कर तिर्ने बाताबरण बनाऔ

basuki-mabi-e1762578288483

अछामको बासुकी माविद्धारा देउसी भैलो खेलेर ११ लाख १५ हजार ९ सय ६२ रुपैया संकलन

death-pt2023-05-03-08-12-06

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Messenger_creation_3DA0740B-D931-4684-9E94-A011595E0570

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न

hiralal-regmi

सूचनाको अधिकार प्रत्याभूति हुने गरी काम गर्छौ ः सिडिओ रेग्मी