"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

रेमिट्यान्स किन बैंकिङ च्यानलबाटै पठाउनुपर्छ, हुण्डिबाट पठायो भने के हुन्छ ?

No data was found

Khabar Raftar

चालु आर्थिक वर्षको पहिलो महिना देखि नै लगातार रेमिट्यान्स आउने क्रम घटिरहेको छ । पाँच महिनाको तथ्यांक अनुसार रेमिट्यान्स आप्रवाहमा ७ प्रतिशतले कमी आएको छ । विदेशमै भर्चुअल करेन्सीमा लगानी गर्ने र पठाएको रकम पनि हुण्डिबाट पठाउने गर्दा मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण मानिने रेमिट्यान्स घटिरहेको राष्ट्र बैंकको अनुमान छ । यी दुबै अवैध हुन् ।

भर्चुअल मुद्राको कारोबार कतिपय देशहरुमा वैध मानिए पनि नेपालमा भने यो पूर्ण अवैध हो । राष्ट्र बैंकले सूचना नै जारी गरेर विदेशमा बस्ने नेपालीले समेत यस्तो कारोबार गर्न नपाउने बताएको छ । अर्को तर्फ हुण्डि कारोबार एउटा गैर कानूनी र असुरक्षित कारोबार हो ।

राष्ट्र बैंकका प्रवक्ता डा ः गुणाकर भट्ट रेमिट्यान्स पठाउदा वैधानिक च्यानलबाटै पठाउनु पर्ने बताउँछन् । हुण्डिबाट पठाउने वा उतै अन्य क्षेत्रमा लगानी गर्दा यसले समस्यामा पार्न सक्ने उनले बताए ।

‘रेमिट्यान्स वैधानिक च्यानलबाट पठाउदा जोखिम हुँदैन, आफ्नै सुरक्षाका लागि पनि वेधानिक च्यानल नै रोज्नु राम्रो हुन्छ’ प्रवक्ता भट्टले भर्चुअल मुद्रातर्फ इंंकित गर्दै भने, ‘अर्कोतर्फ धेरै चाडो भन्दा चाडो प्रतिफल प्राप्त हुन्छ भनेर अन्य क्षेत्रमा लगाउनु हुँदैन, यसले तपाईको घरपरिवार जो रेमिट्यान्समा आश्रित हुनुहुन्छ उहाँहरुलाई समस्या बनाउछ, जोखिम बोकेर अवैधानिक भनिएको ठाउँमा लगानी गर्नुहुँदैन ।’

वैधानिक च्यानलबाट रेमिट्यान्स पठाउँदा मूख्य २ वटा फाइदाहरु छन् । एउटा– विदेशबाट पठाएको रकम नेपालमा परिवारले सुरक्षित र सहज भुक्तानी पाउँछन् । अर्कोतर्फ रेमिट्यान्सबाट आएको रकम बैंकमा खाता खोलेर निक्षेपको रुपमा जम्मा गर्ने हो भने बैंकहरुले अरुलाई दिने भन्दा १ प्रतिशत ब्याजदर धेरै दिन्छन् ।

‘रेमिट्यान्स वैधानिक च्यानलबाट पठाउँदा पठाउने व्यक्ति, नेपालमा रहेका उनका आफन्त र मुलुकको अर्थतन्त्रलाई समेत फाइदा हुन्छ’ प्रवक्ता भट्ट भनछन्, ‘अर्को तर्फ यसरी आएको रकम सरकारको वैदेशिक रोजगार बचत पत्रमा समेत लगानी र्ग सकिन्छ, यसमा लगानी गर्दा १० प्रतिशत ब्याज पाइन्छ ।’

हुण्डिबाट रकम पठाउँदा कानूनी कारबाही हुने र रकम डुब्ने खतरा पनि रहेको भन्दै उनले वैधानिक च्यानलबाट मात्रै रेमिट्यान्स पठाउनु पर्ने बताए । अनौपचारिक माध्यमबाट भित्रिने रेमिट्यान्स हुन्डी हो । हुन्डी अन्तरदेशबीच पैसा कारोबार गर्ने अवैध तरिका हो । दुवै देशमा सम्पर्क व्यक्तिहरू राखेर यस्तो कारोबार हुने गरेको छ ।

विदेशबाट पैसा पठाउँदा बैंकिङ च्यानलबाट पठायो भने त्यो रेमिट्यान्समा गनिन्छ भने बैंकिङ च्यानलबाट नभई अन्य दलालहरु मार्फत सिधै पैसा पठाउनुलाई हुन्डी कारोबार भनिन्छ । कार्यथलोमै लिन आउने र घरमै पुर्याई दिने भएपछि अनि धेरै शुल्क पनि नलाग्ने भएकाले मानिसहरु हुन्डीमा आकर्षित हुने गरेका छन् ।

हुन्डीबाट पैसा पठाउँदा बैंकिङ प्रणालीबाट पठाउँदा भन्दा कम समय लाग्ने, पैसाको स्रोत खुलाउने तथा अन्य प्रक्रियागत झन्झट पनि नहुने भन्दै हुन्डीको माध्यम प्रयोग गरेर थुप्रै नेपालीले विदेशबाट पैसा पठाउने गरेका छन् । जुन पूर्णत गलत र गैर कानूनी हो ।

हुन्डी रेमिट्यान्स नै भए पनि यो अनौपचारिक माध्यमबाट आउने भएकाले रेमिट्यान्समा गनिँदैन । यसको मतलब हुन्डीले रकम आउने क्रमलाई घटाउँदैन । सरकारी तथ्यांकमा मात्रै नदेखिने हो । सरकारी कोषमा विदेशी मुद्रा आउँदैन । घर परिवारले पाएको रकम बढिरहेको देखिन्छ तर औपचारिक च्यानलबाट आएको रकम भने कम देखिन्छ ।

अनौपचारिक क्षेत्रबाट आएको रेमिट्यान्सले विदेशी मुद्राको सञ्चिति घटाउँछ । यसले अनधिकृत व्यापार व्यवसायसँगै राजश्व समेत घटाउँछ । हुन्डी मार्फत गरिने कारोबारमा जोखिम बढी हुन्छ । पठाएको रकम बीचैमा हिनामिना हुनसक्ने खतरा समेत हुन्छ । ‘यसर्थ रेमिट्यान्स बैंकिङ च्यानलबाटै पठाउनुपर्छ’ प्रवक्ता भट्ट भन्छन् ।

भर्खरै

एमआरपी अनिवार्य गरेपछि सुदूरपश्चिमका भन्सार कार्यालयहरू प्रायःठप्प
बाजुरामा रुखबाट खसेर एक जनाको मृत्यु
बुढितोला पर्यटन महोत्सव सुरु
समर्थन मूल्य भन्दा बढीमा गहुँ बेच्न पाउँदा कैलालीका किसान खुसी
सरकारी विद्यालयमा बालबालिका भर्ना हुने दर बर्षेनी घट्दो क्रममा
सुदूरपश्चिम प्रदेशमा नौ महिनाको अबधीमा १ हजार ४ सय ६० जना फरार प्रतिबादी पक्राउ
लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
बैतडीमा ८ सय ६५ रोपनी वन क्षेत्र अतिक्रमणको चपेटामा
सुदूरपश्चिम प्रदेश सरकारले तीन वर्षमा १ हजार ३ सय ४० किलोमीटर सडक बनायो
शुक्लाफाँटा निकुञ्जमा ६ महिनाको अबधीमा दुई हजार ६ सय ३४ जना पर्यटकले भ्रमण गरे

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

WhatsApp-Image-2026-04-30-at-17.05.53-1024x472

एमआरपी अनिवार्य गरेपछि सुदूरपश्चिमका भन्सार कार्यालयहरू प्रायःठप्प

death-pt2023-05-03-08-12-06

बाजुरामा रुखबाट खसेर एक जनाको मृत्यु

IMG-20260430-WA0033

बुढितोला पर्यटन महोत्सव सुरु

ee70273c-a627-42de-86bd-85cad3f8cffa

समर्थन मूल्य भन्दा बढीमा गहुँ बेच्न पाउँदा कैलालीका किसान खुसी

8b332644-ac44-4ada-a89a-4eadaf365041

सरकारी विद्यालयमा बालबालिका भर्ना हुने दर बर्षेनी घट्दो क्रममा

pakrau

सुदूरपश्चिम प्रदेशमा नौ महिनाको अबधीमा १ हजार ४ सय ६० जना फरार प्रतिबादी पक्राउ

pakrau-1

लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ

cropped-cropped-khabar-raftar-2.png

बैतडीमा ८ सय ६५ रोपनी वन क्षेत्र अतिक्रमणको चपेटामा