"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

स्थायी बसोबासका लागि परिवार सहित अमेरिका उडिन् रञ्जिता

No data was found

Khabar Raftar

नेपाली लोकदोहोरी क्षेत्रकी लोकप्रिय मोडल रञ्जिता गुरुङ स्थायी बसोबासका लागि अमेरिका उडेकी छन् । उनी श्रीमान्, छोरी र छोरासहित सोमबार राति अमेरिका उडेकी हुन् ।
एकसमय लोकदोहोरीमा विशेषगरी प्रेम विरही गीतका भिडियोमा उनी सर्वाधिक खोजिने मोडलमा पर्थिन् ।
‘क्षितिजपारि उनको बस्तीमा’, ‘फूलमा माहुरी डुल्ने बेलामा’, ‘घामले नि पोल्दियो’, ‘सानु कहाँ छौं’, ‘त्यो मन रुन्न होला र ?’, ‘प्रीतिको फूल’ जस्ता उनको अभिनय रहेका दर्जन गीतको भिडियोलाई दर्शकले रुचाएका थिए । विशेषगरी गायिका विष्णु माझीको स्वर रहेका गीतको भिडियोमा उनको अभिनय हुन्थ्यो । डेढ दशकभन्दा लामो समयदेखि मोडलिङमा सक्रिय रञ्जिताका पछिल्लो समय पनि एकपछि अर्को म्युजिक भिडियो सार्वजनिक भइरहेका थिए । पछिल्लो समय ‘बन्दीपुरैमा’ उनको अभिनय रहेको पछिल्लो चर्चित गीत हो । दुई महिनाअघि सार्वजनिक भएको लोकगायक प्रेमराजा महतको यस गीतमा रञ्जिता उनीसँगै देखिएकी छन् । सफल चलचित्र ‘गोर्खा पल्टन’मा रञ्जिताले शीर्ष भूमिकामा अभिनय गरेकी थिइन् । उनलाई बिदाइ गर्न लोकदोहोरी मोडल महेन्द्र गौतम, निर्देशक स्मृति तिमिल्सिना (गुरुआमा) लगायत एयरपोर्ट पुगेका थिए ।
बिदाइको क्रममा रञ्जिताले आफू सन्तानको भविष्यका लागि पनि अमेरिका जान लागेको बताइन् । दर्शकले आफूलाई दिएको मायाको लागि धन्यवाद दिँदै आगामी दिनमा पनि काम गर्ने कोशिश रहने बताएकी
छन् ।
लोकदोहोरी क्षेत्रमा कुनै समय चर्चामा रहेका अन्य केही मोडलहरु पनि यतिबेला अमेरिकामा छन् । पार्वती राई, रश्मी तामाङ लगायतका मोडलहरुले केही वर्षअघि नै अमेरिकालाई कर्मथलो बनाइसकेका छन् ।

भर्खरै

एमआरपी अनिवार्य गरेपछि सुदूरपश्चिमका भन्सार कार्यालयहरू प्रायःठप्प
बाजुरामा रुखबाट खसेर एक जनाको मृत्यु
बुढितोला पर्यटन महोत्सव सुरु
समर्थन मूल्य भन्दा बढीमा गहुँ बेच्न पाउँदा कैलालीका किसान खुसी
सरकारी विद्यालयमा बालबालिका भर्ना हुने दर बर्षेनी घट्दो क्रममा
सुदूरपश्चिम प्रदेशमा नौ महिनाको अबधीमा १ हजार ४ सय ६० जना फरार प्रतिबादी पक्राउ
लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
बैतडीमा ८ सय ६५ रोपनी वन क्षेत्र अतिक्रमणको चपेटामा
सुदूरपश्चिम प्रदेश सरकारले तीन वर्षमा १ हजार ३ सय ४० किलोमीटर सडक बनायो
शुक्लाफाँटा निकुञ्जमा ६ महिनाको अबधीमा दुई हजार ६ सय ३४ जना पर्यटकले भ्रमण गरे

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

WhatsApp-Image-2026-04-30-at-17.05.53-1024x472

एमआरपी अनिवार्य गरेपछि सुदूरपश्चिमका भन्सार कार्यालयहरू प्रायःठप्प

death-pt2023-05-03-08-12-06

बाजुरामा रुखबाट खसेर एक जनाको मृत्यु

IMG-20260430-WA0033

बुढितोला पर्यटन महोत्सव सुरु

ee70273c-a627-42de-86bd-85cad3f8cffa

समर्थन मूल्य भन्दा बढीमा गहुँ बेच्न पाउँदा कैलालीका किसान खुसी

8b332644-ac44-4ada-a89a-4eadaf365041

सरकारी विद्यालयमा बालबालिका भर्ना हुने दर बर्षेनी घट्दो क्रममा

pakrau

सुदूरपश्चिम प्रदेशमा नौ महिनाको अबधीमा १ हजार ४ सय ६० जना फरार प्रतिबादी पक्राउ

pakrau-1

लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ

cropped-cropped-khabar-raftar-2.png

बैतडीमा ८ सय ६५ रोपनी वन क्षेत्र अतिक्रमणको चपेटामा