माघ १३ धनगढी
सुदूरपश्चिम प्रदेशमा थप ५ सय ५८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ६ सय ६ जनाको एन्टिजेन र ३ सय ७ जनाको पीसीआर परीक्षण गर्दा बिहिबार ५ सय ५८जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो । बिहिबार संक्रमण पुष्टि भएका मध्ये १ सय जना भारतबाट नेपाल फर्केका नागरिक रहेका छन ।
बिहिबार सुदूरपश्चिमका नाका भएर ९ सय १८ जना स्वदेश फर्केको वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ ।
त्यसैगरी विहिबार कैलालीमा एकै दिन दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । धनगढीको सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा उपचाररत कैलालीका दुई पुरुषको मृत्यु भएको हो ।
यही माघ ७ गते कोरोना पुष्टि भई आईसियूमा राखेर उपचार गराई रहेका बर्दगोरिया गाउँपालिकाका ७५ बर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
उनको विहिबार दिउँसो ४ बजेर ४० मिनेटमा मृत्यु भएको हो । यस अघि विहिबार बिहान सेती प्रादेशिक अस्पतालमा उपचाररत गोदावरी नगरपालिका वडा नम्बर ५ का एक पुरुषको मृत्यु भएको थियो ।