माघ १२ डडेल्धुरा,
विद्यालय परिसरमा रहेका सिसमका रुख अनुमति बिना काटे पछि प्रधानाध्यापक र ब्याबश्थापन समितिका अध्यक्ष दुई जनालाई डिभिजन वन कार्यालयले पक्राउ गरेको छ ।
डडेल्धुराको परशुराम नगरपालिका वडा नम्बर ५ को भुवनेश्वरी नमूना मावि परीगाउँको परिसरमा रहेका सिसम लगायतका रुखहरू अनुमति बिना काटेपछि विद्यालय व्यवस्थापन समिति अध्यक्ष खड्कबहादुर बोहरा र प्रधानाध्यापक डम्बरसिंह थलाललाई डिभिजन वन कार्यालयले पक्राउ गरेको हो । उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला वन अधिकृत राम विचारी ठाकुरले जानकारी गराउनु भयो ।
भुवनेश्वरी नमूना माविका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, वडा अध्यक्ष र वन कार्यालयको मिलेमतोमा अवैध रूपमा सिसम लगायतका रुखहरू काटीएको स्थानीयले बताएका छन ।
परशुरामधाम सव डिभीजन कार्यालय जोगबुडाका प्रमुख सन्तोष भट्टले व्यक्तिगत स्वार्थमा मौखिक रुपमा रूख कटान गर्न अनुमति दिएको स्थानीयले आरोप लगाएका छन ।
कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका
- ३ वर्ष अगाडि