माघ १६ कैलाली
लागूऔषध मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ
गरेको छ । कैलालीको धनगढी उप महानगरपालिका वडा नम्बर ४ बोराडाँडी बस्ने ४१ वर्षीय गौरी सिंह महरालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत कैलालीले उनलाई दोषी ठहर गरी १७ दिनको कैद सजाय सुनाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरी टोलिले महरालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको हो । उनलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत कैलालीमा बुझाइएको प्रहरीले जनाएको छ ।
Post Views: 459