माघ १६ कञ्चनपुर,
कर्मचारीमा कोरोना संक्रमण भए पछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बन्द गरेका सेवाहरू पुनः बार अनुसार सुरू गरेको छ। अत्यावश्यक बाहेकका सेवा बन्द गरेको कार्यालयले आजदेखि बार अनुसार स्थानीय तहका सेवाग्राहीलाई सेवा दिन सुरु गरेको हो।
प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयले सेवा प्रवाह सम्बन्धी जारी गरेको सूचनामा नयाँ नागरिकताका लागि बार अनुसार सेवा प्रदान गरेको बताउनु भएको छ। आइतवार र सोमवार बेदकोट, कृष्णपुर र पुनर्वास नगरपालिकाका सेवाग्राहीलाई सेवा दिइने भएको छ।
यसैगरी, मंगलवार र बुधवार दोधाराचाँदनी, शुक्लाफाँटा नगरपालिका र बेलडाँडी गाउँपालिका र बिहीवार र शुक्रवार भीमदत्त, बेलौरी नगरपालिका र लालझाडी गाउँपालिकाका सेवाग्राहीका लागि समय निर्धारण गरिएको छ। कर्मचारीमा कोरोनाको संक्रमण देखिए पछि माघ ६ गतेदेखि अत्यावश्यक बाहेकका सेवाहरु प्रशासन कार्यालयले बन्दको थियो । शुक्लाफाँटा नगरपालिका समेत कोरोनाका कारण बन्द गरिएकोमा आज देखि सुरु भएको छ। पाँच दिन अघि नगरपालिका कार्यालमया कार्यतर कर्मचारीमा कोरोनाको संक्रमण देखिए पछि चेन ब्रेक गर्नका लागि कार्यालयका सम्पूर्ण कार्य स्थगित गरिएको थियो।
यसैबीच कर्मचारीमा कोरोनाको संक्रमण देखिए पछि आजदेखि माघ २१ गतेसम्म डिभिजन वन कार्यालय कञ्चनपुरका सम्पूर्ण सेवा स्थगन गरिएको छ। नियमित कार्य सम्पादनका क्रममा कार्यालयका विभिन्न फाँटामा कार्यरत कर्मचारीहरुमा कोरोनाको संक्रमण देखिए पछि हाल होम आइसोलेनमा बसेकाले कार्यालयका सेवा स्थगन गरिएको कार्यालयले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख गरिएको छ।
नर्सरी व्यवसायबाट मासिक ४० हजार बचत गर्दै धनगढीका सुरेश विश्वकर्मा
- १५ घण्टा अगाडि