"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

अछामका बाढी पीडितहरुको राहात नपाएको गुनासो

No data was found

Khabar Raftar

माघ १४ अछाम
अछामका बाढी पीडितहरुले राहात नपाएको गुनासो गरेका छन । २०७७ साल भदौ २ गते अछामको कैलाश खोलामा आएको बाढीले मानवीय र भौतीक क्षेती पु¥याएका बाढी पीडितहरुले राहात नपाएको गुनासो गरेका हुन । बाढीका कारण १८ जनाको ज्यान जानुका साथै सयौँ परिवार बाढीका कारण विस्थापित भएका थिए ।
सङ्घ तथा प्रदेशका मन्त्री लगायत अछामबाट निर्वाचित सङ्घ र प्रदेशका जनप्रतिनिधिहरुको अवलोकन गर्ने केन्द्र बनेकोे रामारोशन गाउँपालिकाका बाढी पीडितहरुले अहिले सम्म राहत नपाएको गुनासो गरेका हुन । सुदूरपश्चिम प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले स्थलगत अनुगमन गरेका भए पनि अहिलेसम्म बाढीपीडित परिवारले सरकारबाट एक केजी चामल समेत नपाएको गुनासो गरेका छन् । तत्कालीन गृहमन्त्री, प्रदेशका मुख्यमन्त्री लगायतको टोली हेलिकप्टरमा बाढी प्रभावित क्षेत्रमा पुगेर अनुगमन गरेको बताउदै उनिहरुले अहिले सम्म राहात नपाएको दुखेसो गरेका छन । रामारोशन गाउँपालीका वडा नम्बर ५ मा सबै भन्दा बढी क्षति भएका पीडित र मृतकका परिवारहरुले केही राहत पाए पनि दर्जनौँ स्थानीयवासीले लगाएको धानबाली सहित खेतीयोग्य जमिन बगर बन्दा पनि कुनै राहत पाउन नसकेका उनिहरुले गुनासो गरेका छन । परिवारको जीवन धान्ने मुख्य स्रोत रहेको खेत नै बगर बने पछि परिवार पाल्न समस्या भएको रामारोशन गाउँपालीका वडा नम्बर १ का वेदराज खनालले बताए ।
सोही ठाउँका भक्तप्रसाद खनालको ४० क्विन्टल धान फल्ने खेत बाढीले बगर बनाए पछि उनलाई पनि परिवार पाल्ने चिन्ताले सताएको उनले दुखेसो गरे । आम्दानीको मुख्य स्रोत खेत बगरमा परिणत भए पछि बालबालिकाको पढाइ लेखाइ देखि घरको सबै खर्च धान्न निकै समस्या भएको बताउदै बाँकी पेज २ मा
उनले राज्यबाट थुप्रै आश्वासनहरु पाए पनि राहत ल्याएर कोही नआएको गुनासो गरे । गाउँपालिकाले क्षतिको लगत सङ्कलन गरेकोबताउदै त्यसको कुनै अर्थ नभएको उनले बताए ।
तिनै तहको सरकारले अनुगमन गरेको क्षेत्रमा डेढ वर्ष बितिसक्दा पनि सरकारले कुनै राहात नदीनु दुखद विषय भएको स्थानीय सुरत विकले बताए ।
रामारोशन गाउँपालिकाका अध्यक्ष झङ्करबहादुर साउँदले गत वर्षको बाढीका कारण विस्थापित भएका परिवारलाई पहिलो चरणको राहत वितरण गरिएको बताउँदै घरवारविहीन भएका परिवारको घर निर्माणका लागि ५० परिवारका लागि चालु आर्थिक वर्षमा सङ्घीय सरकारबाट पहिलो चरणमा ५० हजारका दरले रकम उपलब्ध गराएको जानकारी गराउदै सङ्घ र प्रदेश सरकारसँग निरन्तर समन्वय गर्दै आएको बताए ।
स्थानीय सरकार बस्ती विस्तार र राहतको विषयमा निकै गम्भीर रहेका बताउदै उनले एकैपटक सबै कुरा हुन नसक्ने बताए । त्यसैगरी बाढीकै कारण बान्नीगढी जयगड गाउँपालिका वडा नम्बर ६ पाटेखेतमा बसोबास गर्दै आएका ३० घर परिवार उच्च जोखिम्मा रहेका छन ।
बाढीको कटानले खोला घरको आँगन हुँदै बग्ने गरेकाले बसित जोखिममा परेको हो । राज्यसँग बस्ती स्थानान्तरणका लागि माग गर्दै आए पनि त्यसको सुनुवाइ नभएको बताउदै बढी वर्षा भएको दिन घर छोडेर भाग्नु पर्ने अवस्था रहेको स्थानिय झनक थापाले बताए ।
तटबन्ध बन्छ कि भन्ने आशैआसमा हिउँद वित्ने गरेको बताउदै उनले बर्षातको समयमा कैलाश खोलाको बाढीमै हराईन्छकी भन्ने चिन्ताले सताउने गरेको बताए । उनले स्थानीय सरकार मार्फत पटक पटक प्रदेश र सङ्घीय सरकारलाई घरबास जोगाउनका लागि आग्रह गर्दा समेत सुनुवाइ नभएको बताए ।
त्यसैगरी बान्नीगढी जयगड गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर खड्काले पाटेखेत गाउँ कैलाश खोलाको उच्च जोखिममा परेको बताउँदै गाउँपालिकाको बजेटबाट कुनै पनि काम गर्न सम्भव नभएको बताए ।
बस्ती निकै जोखिममा भएकाले स्थानान्तरण गर्ने कि खोलामा तटबन्ध गरी बस्ती बचाउने भन्ने कुरा मुख्य विषय भएको बताउदै उनले गाउँपालिकाको बजेटले सम्भव नभएकाले प्रदेश र सङ्घीय सरकारसँग पटकपटक आग्रह गर्दा पनि कुनै प्रतिक्रिया नआएको जानकारी गराए ।
बाढीका कारण जयगड–माझेठाना –रामारोशन सडक खण्डको खोला किनारको भागमा बाढीले क्षति पु¥याउँदा अहिले पनि यातायातको आवागमन अझै सहज हुन सकेको छैन ।

भर्खरै

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती
कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ
धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान
सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित
कञ्चनपुरका दिपक, १८ वर्ष पछि फेसबुक मार्फत भेटिए
कुटपिटबाट ५६ वर्षीय चौधरीको मृत्यु भएको परिवारको आरोप

धेरै कमेन्ट गरिएको

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

10754174-7e5d-47be-82f0-06b80fec939f

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

e1a1f7b4-3834-45d3-9cb0-4102c1b35f1b

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते

f8eae087-584d-4b75-9237-82e92f48101d

कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित

ed15608d-a51f-4dcb-9457-d64c19486f3e (1)

सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

a15a56bd-31fa-468c-8c2c-c7d821f6be4d

कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ

1c1a18fa-bfa5-41fd-8126-dfb8b03b33f7

धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान

8975a615-7c53-456e-b8c2-55b89d8ed838

सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित