सम्झना विष्ट,बैशाख २८ धनगढी । खप्तड मालिका आमा समूह धनगढी ५ शिवनगर कैलालीले दृष्टि फाउन्डेसन कैलालीलाई आर्थिक सहयोग गरेको छ ।
सोमबार खप्तड मालिका आमा समूह धनगढी उपमहानगरपालीका वडा नम्बर५ शिवनगर कैलालीको समुहले दृष्टि फाउन्डेसनलाई अर्थिक र लुगाकपडा सहयोग गरेको हो ।
खप्तड मालिका आमा समूहले २० हजार ४ सय ७५ रुपैया नगद सहयोग गरेको हो । त्यसैगरी आ–आफ्नो तर्फबाट ४ बोरा लुगा कपडा पनि सहयोग गरिएको बताईएको छ ।

दृष्टि फाउन्डेसनकी स्थापक कलपना भट्टदाई धनगढी उपमहानगरपालीका वडा नम्बर ५ र १ का आमा समुहका सम्पूर्ण पदाधिकारीहरुको सहभागितामा वडा नम्बर १३ कैलाली गाउँमा रहेको कार्यालयमा गएर सहयोग स्वरुप २० हजार ४ सय ७५ रुपैयाँ र महिला दिदिबहिनीहरुले आ–आफ्नो तर्फबाट ४ बोरा लुगा कपडा सहयोग गरीएको खप्तड मालिका आमा समूहकी अध्यक्ष निर्मला कार्कीले जानकारी गराईन ।

Post Views: 3


