"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिम प्रदेशमा दश बर्षको अवधिमा २८ वटा चितुवाको उद्धार

No data was found

Khabar Raftar

बैशाख २८ धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो एक दशकमा राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोलीले विभिन्न स्थानबाट पासोमा परेका २८ वटा चितुवाको उद्धार गरेको छ । सुदूरका तराईका जिल्ला र पहाडी जिल्लाबाट राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोलीले विभिन्न स्थानबाट एक दशकमा पासोमा परेका २८ वटा चितुवाको उद्धार गरेको हो । कोषका अनुसार कतिपय चितुवा उद्धार टोली पुग्नु अघि नै पासोबाट फुत्केर भागेका थिए भने केहीको मृत्यु समेत भएको थियो ।

यसले सुदूरपश्चिम प्रदेशमा मानव–वन्यजन्तु द्वन्द्व निरन्तर बढ्दै गएको संकेत गरेको छ । तराई देखि पहाड सम्म वन्यजन्तुले बालीनाली नोक्सान गर्ने, पशुचौपायालाई आक्रमण गर्ने र कतिपय अवस्थामा मानीसलाई आक्रमण गर्न थालेपछि स्थानीयमा त्रास बढेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रमले गरेको अध्ययनले चितुवा मानव बस्ती नजिकै बढी विचरण गरिरहेको देखाएको छ ।

अध्ययन अनुसार बैतडीको तल्लो स्वराड, दार्चुलाको चौलानी करिडोर र अपि बेस क्याम्प क्षेत्र तथा डोटीको महाभारत रेञ्ज आसपास चितुवाको गतिविधि बढी देखिएको छ । शुक्लाफाँटा संरक्षण कार्यक्रमका प्रमुख लक्ष्मीराज जोशीले मानव र वन्यजन्तुबीच सहअस्तित्व कायम गर्न व्यवहार परिवर्तन आवश्यक रहेको बताए । वन्यजन्तुको आनीबानीबारे जानकारी दिनु, स्थानीयलाई जीविकोपार्जनमा जोड्नु र द्वन्द्व न्यूनीकरण सम्बन्धी जनचेतना फैलाउनु आवश्यक भएको उनले बताए ।

पछिल्लो १० वर्षमा प्रदेशभर मानव–वन्यजन्तु द्वन्द्वका करिब ३ हजार ३ सय घटना वन तथा निकुञ्ज प्रशासनमा दर्ता भएका छन् । तीमध्ये अधिकांश घटना चितुवासँग सम्बन्धित रहेका छन् । त्यसपछि बाँदर, बँदेल र हात्तीका घटना बढी रहेका छन् । वनमा आहारा अभावका कारण चितुवा बस्तीतर्फ आउन थालेको कोषले जनाएको छ । यद्यपि धेरै घटना औपचारिक रूपमा प्रशासनसम्म नपुगेको पनि बताइएको छ । कोषले दार्चुला, बैतडी, डडेल्धुरा, डोटी, अछाम, बझाङ र बाजुराका विभिन्न क्षेत्रमा वन्यजन्तुको अवस्था, बासस्थान र मानव–वन्यजन्तु सम्बन्धबारे अध्ययन गरेको बताइएको छ ।

अध्ययनका क्रममा स्वचालित क्यामेरा जडान गर्नुका साथै अकुपेन्सी सर्भेमार्फत वन्यजन्तुको पदचिन्ह, आहारा प्रजाति र बासस्थानको अवस्थाबारे जानकारी संकलन गरिएको जानकारी गराईएको छ । डोटी, डडेलधुरा, बैतडी र दार्चुलामा सन् २०२४ फेब्रुअरी देखि एक वर्षसम्म गरिएको अध्ययनमा २२ वटा प्रजातिका स्तनधारी जनावर फेला परेका छन् । तीमध्ये चितुवा, चरी बाघ, वन बिरालो, कालो भालु र कस्तुरी मृग प्रमुख रहेका छन् । त्यसैगरी बडिमालिका र रामारोशन क्षेत्रमा १८ वटा प्रजातिका स्तनधारी जनावर भेटिएका छन् ।

अध्ययनका क्रममा जडीबुटी, वनस्पति, पुतली र चराको अवस्थाबारे पनि तथ्यांक संकलन गरिएको थियो । रामारोशन क्षेत्रमा ३ सय १ र बडिमालिकामा ५सय १७ वटा प्रजातिका वनस्पति रहेको पाइएको छ । साथै १ सय २८ वटा प्रजातिका पुतली र १ सय ९० वटा प्रजातिका चरा अभिलेख गरिएको कार्यक्रम प्रमुख जोशीले जानकारी गराए । मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि कोषले विभिन्न जिल्लामा सहजकर्ता समेत परिचालन गरेको उनले बताए । सहजकर्ताले समुदायमा वन्यजन्तुको व्यवहार, आक्रमणबाट बच्ने उपाय र संरक्षण सम्बन्धी जनचेतना फैलाउने काम गरिरहेको उनले जानकारी गराएका छन् ।

भर्खरै

खप्तड मालिका आमा समूह धनगढीद्वारा दृष्टि फाउन्डेसनलाई सहयोग
खाद्य अधिकारको ग्यारेन्टी गरौ
 कञ्चनपुरको तिलकेनीका दलित समुदाय सिँचाइ सुविधाबाट वञ्चित
काठमाडौंबाट धनगढीतर्फ आइरहेको बस दुर्घटना
सुदूरपश्चिम प्रदेशमा दश बर्षको अवधिमा २८ वटा चितुवाको उद्धार
कैलाली र कञ्चनपुरमा डेढ लाख बढि भूमिहीन, अव्यवस्थित बसोबासी
राना मृत्यु प्रकरणको रहश्य एक वर्षसम्म पनि खुलेन, छानबिनको माग गर्दै प्रदर्शन
कञ्चनपुरमा नदीमा डुबेर एक बालकको मृत्यु
चिसापानीमा बस दुर्घटना हुँदा १० जना घाइते
बैतडीका दर्जनौँ सरकारी भवन प्रयोगविहीन अबश्थामा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

d0d5128a-059b-411e-bef5-97d19dc3b45a

खप्तड मालिका आमा समूह धनगढीद्वारा दृष्टि फाउन्डेसनलाई सहयोग

cropped-cropped-khabar-raftar-2.png

खाद्य अधिकारको ग्यारेन्टी गरौ

bhimdatt-napa-1727420163

 कञ्चनपुरको तिलकेनीका दलित समुदाय सिँचाइ सुविधाबाट वञ्चित

bus-acc-chisapani

काठमाडौंबाट धनगढीतर्फ आइरहेको बस दुर्घटना

bagh

सुदूरपश्चिम प्रदेशमा दश बर्षको अवधिमा २८ वटा चितुवाको उद्धार

nala-saphai-attariya-chok-300x158

कैलाली र कञ्चनपुरमा डेढ लाख बढि भूमिहीन, अव्यवस्थित बसोबासी

Untitled-25-768x460

राना मृत्यु प्रकरणको रहश्य एक वर्षसम्म पनि खुलेन, छानबिनको माग गर्दै प्रदर्शन

balak-duber

कञ्चनपुरमा नदीमा डुबेर एक बालकको मृत्यु