बैशाख २८ धनगढी । काठमाडौंबाट धनगढीतर्फ आइरहेको खप्तड यातायातको ना ८ ख १९४९ नम्बरको बस कैलालीको चिसापानी पुल नजिक, बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अनियन्त्रित भई सडकमै पल्टिए दुर्घटना हुँदा १० जना घाईते भएका छन ।
सोमबार काठमाडौंबाट धनगढीतर्फ आइरहेको खप्तड यातायातको ना ८ ख १९४९ नम्बरको बस कैलालीको चिसापानी पुल नजिक, बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका हुन । जिल्ला प्रहरी कार्यालय बर्दीयाले १० जना घाईते भएको जानकारी गराएको हो ।
घाइतेको लालरत्न अस्पताल लम्कीमा उपचार भईरहेको छ । बस सडकमै पल्टिए पछि उक्त सडक खण्डमा आवत जावत पूर्ण रूपमा अवरुद्ध भएको छ । प्रहरी र सम्बन्धित निकायको टोली घटनास्थलमा पुगेर उद्धार गरी सडक खुलाउने काम गरिरहेको जानकारी गराउदै प्रहरीले थप विवरण आउन बाँकी रहेको जानकारी गराएको छ ।


