"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कञ्चनपुरको शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयमा विद्यार्थी अभाव

No data was found

Khabar Raftar

बैशाख २३ कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर–१० अमरपुरस्थित शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयमा निर्धारित कोटा भन्दा कम विद्यार्थी भर्ना भएपछि केही विषयको पठन पाठन प्रभावित भएको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत सञ्चालित उक्त शिक्षालयमा अटोमोबाइल विषयमा एक जना पनि विद्यार्थी भर्ना नभए पछि उक्त विषयको पढाइ पूर्ण रूपमा बन्द भएको छ ।

मेकानिकल इन्जिनियरिङतर्फ २४ जनाको कोटा भए पनि तीनै वर्षमा गरी जम्मा १५ विद्यार्थी मात्र अध्ययनरत रहेका छन् । त्यसैगरी सिभिल इन्जिनियरिङमा ४८ जनाको कोटा रहे पनि पहिलो वर्षमा १८ जना विद्यार्थी मात्रै भर्ना भएका छन् भने डिप्लोमा इन फार्मेसीमा ४० जनाको कोटा पूरा भएको छ । अन्य विषयमा भने विद्यार्थी आकर्षण न्यून देखिएको छ । शिक्षालयका अनुसार एसइई उत्तीर्ण गरेपछि धेरैजसो विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि विदेश जाने प्रवृत्तिले स्थानीय शिक्षालयमा विद्यार्थी अभाव भएको हो ।

फार्मेसी कार्यक्रमका संयोजक ललितमोहन कलौनीले निःशुल्क शिक्षा, आवास सुविधा तथा यातायात खर्च उपलब्ध गराउँदा पनि विद्यार्थीको आकर्षण बढ्न नसकेको बताए । शिक्षालयमा भौतिक पूर्वाधारको अवस्था पनि कमजोर रहेको छ । निमित्त शिक्षालय प्रमुख अञ्जन सापकोटाका अनुसार हाल ११ कोठे एउटा मात्र भवनबाट सम्पूर्ण गतिविधि सञ्चालन भइरहेको छ ।

पर्याप्त कोठा अभावका कारण एउटै कक्षमा पुस्तकालय, कम्प्युटर ल्याब र कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यता रहेको उनले बताए । शिक्षालयमा छात्रावास, क्यान्टिन, साइकल स्ट्यान्ड तथा घेरपर्खालको समेत अभाव रहेको छ । साथै, सनवोरा नदीबाट शिक्षालयको जग्गा कटान भइरहेको भए पनि त्यसको नियन्त्रणका लागि प्रभावकारी पहल हुन सकेको छैन ।

२२ जना शिक्षक तथा कर्मचारी कार्यरत रहेको यस शिक्षालयको विकासका लागि एक अर्ब रुपैयाँभन्दा बढीको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिएको भए पनि हालसम्म कार्यान्वयन हुन सकेको छैन । विद्यार्थी अभाव र कमजोर पूर्वाधारका कारण गाउँमै प्राविधिक जनशक्ति उत्पादन गर्ने सरकारी लक्ष्यमा चुनौती थपिएको सरोकारवालाहरूले बताएका छन ।

भर्खरै

कैलालीमा औलो – कालाजार नियन्त्रण अभियान तीव्र
कञ्चनपुरको शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयमा विद्यार्थी अभाव
बैतडीको मेलौलीमा बिहीबार देखि इलाका प्रशासन कार्यालय सञ्चालनमा आउने
भन्सारमा कडाइ गरिएपछि नेपाली बजारमा चहलपहल बढ्यो
ऐलानी जमीनमा बसोबास भएकालाई विस्थापित गर्न नसकिने कैलालीका जनप्रतिनिधिको अडान
लालपुर्जाका लागि फाराम भरेका भूमिहीन र अव्यवस्थित बसोबासी चिन्तीत
बैतडी जिल्लामा अतिक्रमित वन क्षेत्र १५ दिन भित्र खाली गर्न निर्देशन
अतिक्रमण हटाउने योजना तयार पार्न कञ्चनपुर प्रशासनको आग्रह
बगर खेतीले गर्दा कञ्चनपुरका किसानको जीवनशैली बदलिँदै
उद्योग स्थापना गरी, रोजगार सृजना गरौ

धेरै कमेन्ट गरिएको

कैलालीमा औलो – कालाजार नियन्त्रण अभियान तीव्र

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Untitled-31

कैलालीमा औलो – कालाजार नियन्त्रण अभियान तीव्र

Copy of Copy of Untitled Design (10)

कञ्चनपुरको शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयमा विद्यार्थी अभाव

DAO Baitadi1698890869

बैतडीको मेलौलीमा बिहीबार देखि इलाका प्रशासन कार्यालय सञ्चालनमा आउने

Sima-gaurifanta-1

भन्सारमा कडाइ गरिएपछि नेपाली बजारमा चहलपहल बढ्यो

1

ऐलानी जमीनमा बसोबास भएकालाई विस्थापित गर्न नसकिने कैलालीका जनप्रतिनिधिको अडान

bhumihin-sukumbasi

लालपुर्जाका लागि फाराम भरेका भूमिहीन र अव्यवस्थित बसोबासी चिन्तीत

डिभिजन-वन-कार्यालय

बैतडी जिल्लामा अतिक्रमित वन क्षेत्र १५ दिन भित्र खाली गर्न निर्देशन

jilla-prasashan-kanchanpur

अतिक्रमण हटाउने योजना तयार पार्न कञ्चनपुर प्रशासनको आग्रह