"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

हरवाचरवा मुक्तिको चार वर्ष पूरा, पुर्नःस्थापना र आधारभूत अधिकार सुनिश्चित हुन सकेन

No data was found

Khabar Raftar

भदौ ०८ धनगढी । सरकारले हरवाचरवा प्रथा मुक्तिको घोषणा गरेको चार वर्ष पूरा भए पनि उनीहरूको पहिचान, पुर्नःस्थापना र आधारभूत अधिकार सुनिश्चित हुन सकेको छैन ।

२०७९ साल साउन २ गते तत्कालीन सरकारले हरवाचरवा प्रथा अन्त्य तथा हरवाचरवा मुक्तिको घोषणा गरेको भए पनि घोषणाको चार वर्ष बितिसक्दा पनि पहिचान, पुर्नःस्थापना र अधिकार सुनिश्चित हुन नसकेको हो ।

पहिचान, पुर्नःस्थापना र अधिकार सुनिश्चित गर्न माग गर्दै विभिन्न संघसंस्थाहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन । जारी विज्ञप्तिमा मुक्त हरवाचरवाको अधिकार सुनिश्चित गर्न माग गरिएको छ ।

संस्थाहरूले मुक्तिको घोषणा मात्र पर्याप्त नभएको बताउदै हरवाचरवा परिवारका लागि भूमि, सुरक्षित आवास, सामाजिक सुरक्षा, सम्मानजनक रोजगारी, जीविकोपार्जन र आर्थिक पुर्नःस्थापना लगायतका आधारभूत अधिकार सुनिश्चित गर्न माग गरेका छन् ।

मुक्त हरवाचरवा सङ्घर्ष समितिले ‘पहिचान हाम्रो आधार, पुर्नःस्थापना हाम्रो सरोकार’ भन्ने नाराका साथ अघि बढाएको अभियान प्रति उनीहरुले ऐक्यबद्धता जनाएका छन ।

राष्ट्रिय दलित नेटवर्क (आरडिएन) नेपाल, राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ नेपाल, मुक्त कमैया समाज, कमैया महिला जागरण समाज र मुक्त कमलरी विकास मञ्चले ऐक्यबद्धता जनाएका हुन ।

आरडिएन नेपालका अध्यक्ष मोहन ओडले हरवाचरवाको समस्या विशेषगरी मधेस प्रदेशसँग जोडिएको भएकाले प्रदेश सरकार र स्थानीय तहको नेतृत्वमा सङ्घीय सरकारले आवश्यक पहल गर्नुपर्ने बताए ।

मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रममा हरवाचरवाको पूर्ण मुक्ति, भूमि अधिकार, सामाजिक सुरक्षा, आर्थिक पुर्नःस्थापना र मर्यादित जीविकोपार्जन सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको ओडले बताए । “नीति तथा कार्यक्रममा गरिएको प्रतिबद्धतालाई स्पष्ट कार्ययोजना, पर्याप्त बजेट, समयसीमा र प्रभावकारी कार्यान्वयनमा रूपान्तरण गर्न आवश्यक भएको ओडले बताए ।

त्यसैगरी राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ नेपालका अध्यक्ष रमेश कोलीले मधेस प्रदेशका आठवटै जिल्लामा हरवाचरवाको लगत सङ्कलन तथा प्रमाणीकरण गरी परिचयपत्र वितरण गर्नुपर्ने बताए । भूमिहीन परिवारको पहिचान गरी दिगो पुर्नःस्थापनाको योजना बनाउन र त्यसका लागि आवश्यक बजेट सुनिश्चित गर्न उनले माग गरे ।

मुक्त हरवाचरवा सङ्घर्ष समितिले आफ्ना माग सम्बोधन गराउन मंगलबार देखि मधेस प्रदेश केन्द्रित आन्दोलन तथा विभिन्न गतिविधि अघि बढाउने तयारी गरेको छ ।

त्यसको पूर्वसन्ध्यामा संयुक्त विज्ञप्ति जारी गर्दै अधिकारवादी संस्थाहरूले सरकार, नागरिक समाज, मानव अधिकारकर्मी तथा सबै सरोकारवालालाई मुक्त हरवाचरवाको अधिकार सुनिश्चित गर्ने अभियानमा सहयोग गर्न आह्वान गरेका छन् ।

अधिकारवादी संस्थाहरूले मुक्त हरवाचरवाको वास्तविक अवस्था पहिचान गरी उनीहरूलाई राज्यका सेवा, सुविधा र अवसरमा समान पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् ।

कानुनी तथा राजनीतिक रूपमा मुक्ति घोषणा गरिए पनि व्यवहारमा भूमि, आवास, रोजगारी र सामाजिक सुरक्षाको सुनिश्चितता नभए सम्म हरवाचरवाको वास्तविक मुक्ति सम्भव नभएको बताइएको छ ।

भर्खरै

बलात्कार पछि हत्या घटनामा कडा कानुनको माग गर्दे धनगढीमा ¥याली
स्थानीय तहलाई बालमैत्री बनाउन सहकार्य र समन्वयको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन पत्र
राष्ट्रिय गौरवको योजना महाकाली कोरिडोरको ४५ किलोमिटर ट्र्याक खोल्न अझै बाँकी
चार वर्ष अघि सम्झौता भएको बाजुराको बुढीगंगामा पुल निर्माण कार्य अझै सुरु भएन
सुदूरपश्चिम प्रदेशका बहुवर्षीय ठेक्काको अवस्था अध्ययन गर्न समिति गठन
केलालीको गोदावरीबाट जल लिएर सद्भावना डाक कावड यात्रा गोलागोकर्णनाथ तर्फ प्रस्थान
हरवाचरवा मुक्तिको चार वर्ष पूरा, पुर्नःस्थापना र आधारभूत अधिकार सुनिश्चित हुन सकेन
बाजुराको बडीमालिकामा फोरजी सेवा सञ्चालन
जलवायु संरक्षणको अभियानमा जुटौ
विद्युतमा भ्याट खारेजी र बक्यौता महसुल असुलीको माग गर्दै उज्यालो नेपालको देशव्यापी हस्ताक्षर अभियान

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

c9dbdacf-e199-47c8-9a40-53f1ed4c8d63

बलात्कार पछि हत्या घटनामा कडा कानुनको माग गर्दे धनगढीमा ¥याली

e4108095-d3fa-4a36-a0f4-1e3a4a5dfe7f

स्थानीय तहलाई बालमैत्री बनाउन सहकार्य र समन्वयको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन पत्र

1

राष्ट्रिय गौरवको योजना महाकाली कोरिडोरको ४५ किलोमिटर ट्र्याक खोल्न अझै बाँकी

efcbcecc-170e-4f47-a191-769d258b87e0

चार वर्ष अघि सम्झौता भएको बाजुराको बुढीगंगामा पुल निर्माण कार्य अझै सुरु भएन

1e18a278-55eb-41e4-aabe-0a5ef8e75ac3

सुदूरपश्चिम प्रदेशका बहुवर्षीय ठेक्काको अवस्था अध्ययन गर्न समिति गठन

ee8fd0e4-111e-43ea-b952-39b63de2e640

केलालीको गोदावरीबाट जल लिएर सद्भावना डाक कावड यात्रा गोलागोकर्णनाथ तर्फ प्रस्थान

9a22dd37-1075-4373-863b-ec9c7d2a542b

हरवाचरवा मुक्तिको चार वर्ष पूरा, पुर्नःस्थापना र आधारभूत अधिकार सुनिश्चित हुन सकेन

1

बाजुराको बडीमालिकामा फोरजी सेवा सञ्चालन