"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बाजुराको बडीमालिकामा फोरजी सेवा सञ्चालन

No data was found

Khabar Raftar

भदौ ०८ बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा फोरजी सेवा सञ्चालनमा आएको    छ । नेपाल टेलिकमले बडीमालिकाको लौडीविनायकमा टावर निर्माण तथा जडान कार्य सम्पन्न गरेसँगै सोमबार देखि फोरजी सेवा सञ्चालनमा आएको हो ।

नेपाल टेलिकम बाजुराका प्रमुख इन्जिनियर ईश्वर सिंहका अनुसार लौडीविनायकमा टावर निर्माण तथा जडान कार्य सम्पन्न भएपछि फोरजी सेवा सञ्चालन गरिएको हो । टावर जडानका लागि भदौ ३ गते टेलिकमका प्राविधिक टोली बडीमालिका पुगेको थियो ।

भौगोलिक विकटता तथा सडक सञ्जालको अभावका कारण टावरका उपकरण स्थलमार्गबाट ढुवानी गर्न कठिन भएपछि साउन २६ गते हेलिकप्टर मार्फत उपकरण तथा सामग्री बडीमालिकाको त्रिवेणी पाटनमा पु¥याइएको थियो ।

त्यसपछि त्रिवेणी पाटनबाट जडानस्थलसम्म करिब चार हजार किलोग्राम उपकरण तथा अन्य सामग्री जनशक्ति मार्फत बोकेर पु¥याइएको थियो । सामग्री ढुवानीका लागि बडीमालिका नगरपालिकाले समेत टोली परिचालन गरेको थियो ।

यसअघि सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमलाई बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा विस्तारका लागि आवश्यक प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएका    थिए । समुद्री सतहबाट करिब चार हजार दुई सय मिटर उचाइमा रहेको बडीमालिकामा हरेक वर्ष हजारौँ दर्शनार्थी तथा पर्यटक पुग्ने गरेका छन् ।

सञ्चार सेवा उपलब्ध नहुँदा तीर्थयात्री, स्थानीय तथा सुरक्षाकर्मीले मोबाइल सम्पर्क र इन्टरनेट प्रयोगमा समस्या भोग्दै आएका थिए । फोरजी सेवा सञ्चालन भएपछि बडीमालिका पुग्ने भक्तजन तथा पर्यटकलाई परिवारसँग सम्पर्क गर्न, सूचना आदान–प्रदान गर्न र इन्टरनेट प्रयोग गर्न सहज हुने बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्काले बताए ।

आपत्कालीन अवस्थामा उद्धार तथा सुरक्षा निकायसँग सम्पर्क गर्नसमेत फोरजी सेवाले महत्वपूर्ण सहयोग पु¥याउने उनले बताए । प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बडीमालिका मेला अगावै फोरजी सेवा सञ्चालनमा आएकाले मेलामा पुग्ने भक्तजनलाई सूचना तथा सञ्चारका क्षेत्रमा ठूलो सहजता हुने बताए ।

यस वर्ष बडीमालिकामा मुख्य पूजा भदौ ११ गते हुने बताउदै उनले मुख्य पूजा भदौ ११ गतेका दिन भक्तजनको बढ्दो चापलाई मध्यनजर गर्दै भदौ १ गतेदेखि नै पूजा सुरु गरिएको बताए । पूजाका लागि सोमबार बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्का, उपप्रमुख नन्दा थापा, जिल्ला प्रहरी प्रमुख डीएसपी शैलेश्वरी बोहरा सहितको सरकारी टोली बडीमालिकातर्फ प्रस्थान गरेको छ ।

डोटी, जुम्ला, कालिकोट तथा कैलालीको धनगढी उपमहानगर पालिकाको सरकारी टोली समेत यसअघि नै बडीमालिका पुगिसकेको छ । सुदूरपश्चिम प्रदेश सरकारले पनि पूजा सामग्री सहित आइतबार सरकारी टोली बडीमालिका पठाएको छ ।

बडीमालिका, बुढीनन्दा लगायत बाजुराका दर्जन भन्दा बढी धार्मिक शक्तिपीठमा हरेक वर्ष जनैपूर्णिमाको अघिल्लो दिन अर्थात् साउन शुक्ल चतुर्दशीका दिन मुख्य पूजा हुने परम्परा छ । मनोकांक्षा पूरा हुने तथा मागेको वर प्राप्त हुने धार्मिक विश्वासका कारण यी क्षेत्रमा ठूलो संख्यामा भक्तजन पुग्ने गरेका छन् ।

दुर्गम तथा पर्यटकीय क्षेत्रमा दूरसञ्चार सेवाको पहुँच विस्तारलाई प्राथमिकता दिँदै आएको नेपाल टेलिकमले बडीमालिकामा फोरजी सेवा सञ्चालनमा ल्याएसँगै यस क्षेत्रको डिजिटल पहुँच समेत विस्तार हुने अपेक्षा गरिएको छ ।

भर्खरै

बलात्कार पछि हत्या घटनामा कडा कानुनको माग गर्दे धनगढीमा ¥याली
स्थानीय तहलाई बालमैत्री बनाउन सहकार्य र समन्वयको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन पत्र
राष्ट्रिय गौरवको योजना महाकाली कोरिडोरको ४५ किलोमिटर ट्र्याक खोल्न अझै बाँकी
चार वर्ष अघि सम्झौता भएको बाजुराको बुढीगंगामा पुल निर्माण कार्य अझै सुरु भएन
सुदूरपश्चिम प्रदेशका बहुवर्षीय ठेक्काको अवस्था अध्ययन गर्न समिति गठन
केलालीको गोदावरीबाट जल लिएर सद्भावना डाक कावड यात्रा गोलागोकर्णनाथ तर्फ प्रस्थान
हरवाचरवा मुक्तिको चार वर्ष पूरा, पुर्नःस्थापना र आधारभूत अधिकार सुनिश्चित हुन सकेन
बाजुराको बडीमालिकामा फोरजी सेवा सञ्चालन
जलवायु संरक्षणको अभियानमा जुटौ
विद्युतमा भ्याट खारेजी र बक्यौता महसुल असुलीको माग गर्दै उज्यालो नेपालको देशव्यापी हस्ताक्षर अभियान

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

c9dbdacf-e199-47c8-9a40-53f1ed4c8d63

बलात्कार पछि हत्या घटनामा कडा कानुनको माग गर्दे धनगढीमा ¥याली

e4108095-d3fa-4a36-a0f4-1e3a4a5dfe7f

स्थानीय तहलाई बालमैत्री बनाउन सहकार्य र समन्वयको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन पत्र

1

राष्ट्रिय गौरवको योजना महाकाली कोरिडोरको ४५ किलोमिटर ट्र्याक खोल्न अझै बाँकी

efcbcecc-170e-4f47-a191-769d258b87e0

चार वर्ष अघि सम्झौता भएको बाजुराको बुढीगंगामा पुल निर्माण कार्य अझै सुरु भएन

1e18a278-55eb-41e4-aabe-0a5ef8e75ac3

सुदूरपश्चिम प्रदेशका बहुवर्षीय ठेक्काको अवस्था अध्ययन गर्न समिति गठन

ee8fd0e4-111e-43ea-b952-39b63de2e640

केलालीको गोदावरीबाट जल लिएर सद्भावना डाक कावड यात्रा गोलागोकर्णनाथ तर्फ प्रस्थान

9a22dd37-1075-4373-863b-ec9c7d2a542b

हरवाचरवा मुक्तिको चार वर्ष पूरा, पुर्नःस्थापना र आधारभूत अधिकार सुनिश्चित हुन सकेन

1

बाजुराको बडीमालिकामा फोरजी सेवा सञ्चालन