"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

धनगढी विमानस्थल विस्तार योजना अलपत्र

No data was found

Khabar Raftar

बैशाख ०३ धनगढी । कैलालीको धनगढी विमानस्थल विस्तारको योजना अलपत्र परेको छ । २०७८ सालमा नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल विस्तार गर्न अगाडी सारेको योजना अलपत्र परेको हो । तीन वर्षअघि धनगढी विमानस्थल विस्तारको विषय चर्चामा आए पनि अहिले भने सुस्ताएको छ ।

२०७८ पुस ११ गते तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा बसेको बैठकले धनगढी विमानस्थलको विस्तार गर्न एक अर्ब रुपैयाँको बजेट विनियोजन गर्ने निर्णय गरेको थियो । त्यो बेला धनगढीलाई क्षेत्रीय विमानस्थलका रूपमा विकास गर्न २ सय ५० बिघा जमिन अधिग्रहण गरेर एक हजार आठ सय मिटरको धावनमार्गलाई बढाएर दुई हजार पाँच सय मिटरको बनाउने भनिएको थियो ।

स्रोत सुनिश्चित नगरी त्यो बेला बजेट विनियोजन गरिएको थियो । एक अर्ब बजेटको हवाला दिएर तत्कालीन मन्त्रीले चर्चा कमाउन मात्रै खोजेकाले विमानस्थल विस्तारको योजना अलपत्र परेको बताइएको छ । धनगढी विमानस्थल विस्तारको कुनै काम अगाडी नबढेको विमानस्थल प्रमुख गणेशबहादुर सिंहले बताए ।

दुई वर्षयता सरकारले धनगढी विमानस्थल विस्तार गर्न बजेट विनियोजन गरेको छैन । धनगढी विमानस्थल निर्माण तथा विमानस्थल विस्तारका लागि अध्ययन अनुसन्धान गर्ने नाममा तीन वर्ष अगाडी भ्रमण गर्नेबाहेक अन्य उपलब्धि भएको छैन । आर्थिक वर्ष २०७७÷७८ मा नागरिक उड्डयन प्राधिकरणले बनाएको गुरुयोजना मन्त्रीपरिषद्ले पास गरे पनि बजेट भने विनियोजन गरिएको थिएन ।

तत्कालीन पर्यटन मन्त्री आले अध्यक्ष रहेको उड्डयन प्राधिकरण बोर्डले २०७७ पुस ११ गते गुरुयोजना स्वीकृत गर्नेबाहेक अन्य थप काम अगाडी बढेको छैन । तीन वर्षअघि विमानस्थल विस्तारका लागि स्थानीयको जग्गा अधिग्रहण गर्न १५ देखि १६ अर्ब लाग्ने अनुमान गरिएको थियो ।

यसअघि एक अर्ब छुट्याएको भनिएको बजेटको पनि स्रोत सुनिश्चित नभए पछि जग्गा अधिग्रहणको काम अघि बढ्न नसके पछि विमानस्थल विस्तारको चर्चा समेत सेलाएको छ । विमानस्थल विस्तारको काम गर्न जग्गाको मुआब्जा दिनुपर्ने भए पनि हाललाई सबै काम स्थगन गरिएको विमानस्थल कार्यालयले जानकारी गराएको छ ।

२०७८ को अन्तिमतिर रियल पाथ इन्जिनियरिङ नामक कन्सल्टेन्सीले विमानस्थल विस्तारका लागि जग्गा नापजाँचको काम गरेको थियो ।

४५ मिटर चौडाइको दुई हजार ५ सय ५० मिटर लामो धावनमार्ग, अत्याधुनिक टर्मिनल भवन, पार्किङ एप्रोन, ह्याङ्गर, हेलिप्याड, कार्गो भवन, फ्युल स्टेसन, फायर फाइटिङ स्टेसन र उद्धार, चव्रmपथ सहितका पूर्वाधार निर्माणको विषय गुरुयोजनामा छ ।

विमानस्थललाई क्षेत्रीयस्तरको बनाउन थप २ सय ५८.२५ बिघा जमिन आवश्यक पर्ने भए पनि अहिले आएर विमानस्थल विस्तारको योजना अलपत्र परेको छ ।

भर्खरै

कैलालीमा औलो – कालाजार नियन्त्रण अभियान तीव्र
कञ्चनपुरको शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयमा विद्यार्थी अभाव
बैतडीको मेलौलीमा बिहीबार देखि इलाका प्रशासन कार्यालय सञ्चालनमा आउने
भन्सारमा कडाइ गरिएपछि नेपाली बजारमा चहलपहल बढ्यो
ऐलानी जमीनमा बसोबास भएकालाई विस्थापित गर्न नसकिने कैलालीका जनप्रतिनिधिको अडान
लालपुर्जाका लागि फाराम भरेका भूमिहीन र अव्यवस्थित बसोबासी चिन्तीत
बैतडी जिल्लामा अतिक्रमित वन क्षेत्र १५ दिन भित्र खाली गर्न निर्देशन
अतिक्रमण हटाउने योजना तयार पार्न कञ्चनपुर प्रशासनको आग्रह
बगर खेतीले गर्दा कञ्चनपुरका किसानको जीवनशैली बदलिँदै
उद्योग स्थापना गरी, रोजगार सृजना गरौ

धेरै कमेन्ट गरिएको

कैलालीमा औलो – कालाजार नियन्त्रण अभियान तीव्र

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Untitled-31

कैलालीमा औलो – कालाजार नियन्त्रण अभियान तीव्र

Copy of Copy of Untitled Design (10)

कञ्चनपुरको शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयमा विद्यार्थी अभाव

DAO Baitadi1698890869

बैतडीको मेलौलीमा बिहीबार देखि इलाका प्रशासन कार्यालय सञ्चालनमा आउने

Sima-gaurifanta-1

भन्सारमा कडाइ गरिएपछि नेपाली बजारमा चहलपहल बढ्यो

1

ऐलानी जमीनमा बसोबास भएकालाई विस्थापित गर्न नसकिने कैलालीका जनप्रतिनिधिको अडान

bhumihin-sukumbasi

लालपुर्जाका लागि फाराम भरेका भूमिहीन र अव्यवस्थित बसोबासी चिन्तीत

डिभिजन-वन-कार्यालय

बैतडी जिल्लामा अतिक्रमित वन क्षेत्र १५ दिन भित्र खाली गर्न निर्देशन

jilla-prasashan-kanchanpur

अतिक्रमण हटाउने योजना तयार पार्न कञ्चनपुर प्रशासनको आग्रह