वैशाख १, बाजुरा । बाजुराका ३८ मतदान केन्द्र अतिसंवेदनशीलको सूचीमा परेका छन्। जिल्लाका ९ वटा स्थानीय तहमा रहेका ७० वटा मतदान केन्द्रमध्ये ३८ मतदान केन्द्र अतिसंवेदनशीलको सूचीमा परेका हुन्।
मतदान केन्द्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरिएको छ। ७० मतदान केन्द्रमध्ये ३८ मतदान केन्द्र अतिसंवेदनशील, २५ संवेदनशील र ७ वटा मतदान केन्द्र सामान्य रहेका छन्। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा ७० वटा मतदानकेन्द्र कायम गरिएका छन् भने १३ वटा राजनितिक दलले दल दर्ता गराएको निर्वाचन कार्यालय बाजुराले जनाएको छ।
Post Views: 80