फागुन ०६ धनगढी । सुदूरपश्चिम प्रदेशमा थप ३० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ३९ जनाको परीक्षण गर्दा ३० जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण दुइ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । त्यस्तैगरी प्रदेशभर १९ जना कोरोना संक्रमीतको उपचार भई रहेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । त्यसैगरी शुक्रबार ३ जना डिस्चार्ज भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
Post Views: 435