"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

महाकाली पहँुच मार्गमा कमशल समाग्री प्रयोग गरेको भन्दै नेकपाको विरोध

No data was found

Khabar Raftar

फागुन ०५ कञ्चनपुर । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कञ्चनपुरले महाकाली नदीको चार लेन पुलको पहुँच मार्गमा गुणस्तरहीन सामाग्री प्रयोग गरेको भन्दै विरोध गरेको छ ।
महाकाली पुल परियोजना अन्र्तगत निर्माण भईरहेको पहचमार्गमा कमशल समाग्रीको प्रयोग भएकाले पार्टीको झण्डा र ब्यानर गाडेर विरोध गरेको नेकपाले जनाएको छ ।
बिहीबार नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कञ्चनपुरका जिल्ला सचिब रमेश परियार र अन्य नेता कार्यकर्ताले भिमदत्त नगरपालीका वडा नम्बर १२ स्थित निर्माण कार्य भईरहेको क्षेत्रमा गएर गुणस्तरहीन सामाग्री प्रयोग गरेको भन्दै झण्डा सहित ब्यानर गाडेर विरोध गरेका हुन । केही महिना अघि आएको बाढीले पहुँच मार्ग भत्काए पछि ठेकेदार कम्पनीले पुनः निर्माण गरिरहेको छ ।

कमशल समाग्री प्रयोग गरेर गुणस्तरीय सामाग्री प्रयोग नगर्दा बाढीले तटबन्ध भत्काएको नेपा र स्थानियले बताएका छन । नेपाल कम्युनिष्ट पार्टी कञ्चनपुरले सडक मापदण्ड अनुसारको सामाग्री प्रयोग नगरेको काममा ढीलासुस्ती गरी स्थानीयलाई दुख दिएको, भिम दध्नगरपालीकालाई तिर्नु पर्ने १८ करोड कर नतिरेको जानकारी गराएको छ । त्यसैगरी निर्माण कम्पनीले पुल निर्माणको साटो महाकाली नदीको स्रोत दोहन गर्नुका साथै राज्यलाई कर नतिर्ने र सडक निर्माण गर्दा गुणस्तहिन सामाग्रीको प्रयोग गरेकाले बिरोधमा पार्टीले चेतावनी स्वरुप पुल निर्माण क्षेत्रमा झण्डा र ब्यानर टाँसेको नेकपाका नेता दिपेन्द्र सिह ऐरीले जानकारी गराए ।
उनले मापदण्ड विपरित भएको कामले गर्दा स्थानियलाई हुने सम्पूर्ण क्षतीको जिम्मा सम्बन्धित निकाय र निर्माण कम्पनीले लिनु पर्ने बताउदै अहिले चेतावनी मात्रै दिएको बताए ।

यदी निर्माण कम्पनी सीएफएसी जेभीले आफ्नो कमिकमजोरी सुधार नगरे जनकारबाही गर्न बाध्य हुने नेकपाले विज्ञप्ती मार्फत जानकारी गराएको छ ।
केही दिन अघि महाकाली नदी तटिय क्षेत्रका स्थानीय सहित जनप्रतिनिधीले ठेकेदार सिएफसिई जेभी बिरुद्धमा आन्दोलन समेत गरेका थिए ।

निर्माण कम्पनीले काम गरिरहेको महाकाली पुल आयोजनाले जनाएको छ । आयोजनाका अनुसार निर्माण कम्पनीले एक महिना भित्रै भत्किएको पहुँचमार्ग बनाउने उदेश्यका साथ काम भईरहेको छ । निर्माण कम्पनिका हिक्मत ठगुन्नाले कम्पनिले दिएको मापदण्ड अनुसार काम भईरहेको जानकारी उदै सबै तिरबाट दबाब आईरहेकाले बाध्यात्मक अबश्थामा काम गर्नु परेको बताए ।

भर्खरै

कैलालीमा औलो – कालाजार नियन्त्रण अभियान तीव्र
कञ्चनपुरको शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयमा विद्यार्थी अभाव
बैतडीको मेलौलीमा बिहीबार देखि इलाका प्रशासन कार्यालय सञ्चालनमा आउने
भन्सारमा कडाइ गरिएपछि नेपाली बजारमा चहलपहल बढ्यो
ऐलानी जमीनमा बसोबास भएकालाई विस्थापित गर्न नसकिने कैलालीका जनप्रतिनिधिको अडान
लालपुर्जाका लागि फाराम भरेका भूमिहीन र अव्यवस्थित बसोबासी चिन्तीत
बैतडी जिल्लामा अतिक्रमित वन क्षेत्र १५ दिन भित्र खाली गर्न निर्देशन
अतिक्रमण हटाउने योजना तयार पार्न कञ्चनपुर प्रशासनको आग्रह
बगर खेतीले गर्दा कञ्चनपुरका किसानको जीवनशैली बदलिँदै
उद्योग स्थापना गरी, रोजगार सृजना गरौ

धेरै कमेन्ट गरिएको

कैलालीमा औलो – कालाजार नियन्त्रण अभियान तीव्र

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Untitled-31

कैलालीमा औलो – कालाजार नियन्त्रण अभियान तीव्र

Copy of Copy of Untitled Design (10)

कञ्चनपुरको शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयमा विद्यार्थी अभाव

DAO Baitadi1698890869

बैतडीको मेलौलीमा बिहीबार देखि इलाका प्रशासन कार्यालय सञ्चालनमा आउने

Sima-gaurifanta-1

भन्सारमा कडाइ गरिएपछि नेपाली बजारमा चहलपहल बढ्यो

1

ऐलानी जमीनमा बसोबास भएकालाई विस्थापित गर्न नसकिने कैलालीका जनप्रतिनिधिको अडान

bhumihin-sukumbasi

लालपुर्जाका लागि फाराम भरेका भूमिहीन र अव्यवस्थित बसोबासी चिन्तीत

डिभिजन-वन-कार्यालय

बैतडी जिल्लामा अतिक्रमित वन क्षेत्र १५ दिन भित्र खाली गर्न निर्देशन

jilla-prasashan-kanchanpur

अतिक्रमण हटाउने योजना तयार पार्न कञ्चनपुर प्रशासनको आग्रह