"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

धनगढी मेयर एलपिएल–६ : लिटल फ्लावरलाई हराउँदै सत्यवती एकेडेमी विजयी

No data was found

Khabar Raftar

धनगढी, कैलालीको धनगढीमा सोमबार शुरु भएको १९ वर्षमुनिको विद्यालयस्तरीय ‘धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग’मा सत्यवती एकेडेमीले विजयी शुरुवात गरेको छ । प्रतियोगिताको छैठौं संस्करणको उदघाटन खेलमा सत्यवती एकेडेमीले लिटल फ्लावर बोर्डिङ स्कुललाई ७३ रनले पराजित गरेको हो।

सत्यवतीले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याउने क्रममा लिटल फ्लावरले पूरै २० ओभर ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा १ सय २४ रन मात्र बनाउन सक्यो। लिटल फ्लावरको ब्याटिङमा कप्तान बिपिन रावलले सर्वाधिक ६२ रन बनाए। यस्तै नरेन भट्टले २८ रन बनाए। सत्यवती एकेडेमीका निरज भट्ट र युवराज खत्रीले समान २र२ विकेट लिए भने सन्तोष कार्की, सन्दिप खत्री र सुजन गौतमले समान १र१ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको सत्यवती एकेडेमीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ९७ रन बनाएको थियो। उसका लागि सन्दिप खत्रीले सर्वाधिक ६६ रन बनाए। यस्तै सन्तोष कार्कीले ३३, खगेन्द्र जोशीले ३२ तथा आदील अन्सारीले ३० रनको योगदान दिए। लिटल फ्लावरका प्रकाश जैसी, अनुराग सिंह र सुवास ऐरले समान २र२ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच सन्दिप खत्री घोषित भए। प्रतियोगिताअन्तर्गत मंगलबार २ खेल हुनेछन्। पहिलो खेलमा होलिल्याण्ड स्कुल र एभरेष्ट एकेडेमीले तथा दिउँसो गुरुकुल मेडियम स्कुल र स्टेपिंग स्कुलले प्रतिस्पर्धा गर्नेछन्।

यसअघि प्रतियोगिताको धनगढीका मेयर नृपबहादुर वडले उदघाटन गरेका थिए। आयोजक लिटिल फ्लावर स्पोर्ट्स एण्ड इभेन्टसका प्रमुख कार्यकारी निर्देशक रामचन्द्र शाहीले क्रिकेटको जग बलियो बनाउन ६ वर्षदेखि प्रतियोगिता आयोजना हुँदै आएको बताए।

भर्खरै

कैलालीमा औलो – कालाजार नियन्त्रण अभियान तीव्र
कञ्चनपुरको शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयमा विद्यार्थी अभाव
बैतडीको मेलौलीमा बिहीबार देखि इलाका प्रशासन कार्यालय सञ्चालनमा आउने
भन्सारमा कडाइ गरिएपछि नेपाली बजारमा चहलपहल बढ्यो
ऐलानी जमीनमा बसोबास भएकालाई विस्थापित गर्न नसकिने कैलालीका जनप्रतिनिधिको अडान
लालपुर्जाका लागि फाराम भरेका भूमिहीन र अव्यवस्थित बसोबासी चिन्तीत
बैतडी जिल्लामा अतिक्रमित वन क्षेत्र १५ दिन भित्र खाली गर्न निर्देशन
अतिक्रमण हटाउने योजना तयार पार्न कञ्चनपुर प्रशासनको आग्रह
बगर खेतीले गर्दा कञ्चनपुरका किसानको जीवनशैली बदलिँदै
उद्योग स्थापना गरी, रोजगार सृजना गरौ

धेरै कमेन्ट गरिएको

कैलालीमा औलो – कालाजार नियन्त्रण अभियान तीव्र

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Untitled-31

कैलालीमा औलो – कालाजार नियन्त्रण अभियान तीव्र

Copy of Copy of Untitled Design (10)

कञ्चनपुरको शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयमा विद्यार्थी अभाव

DAO Baitadi1698890869

बैतडीको मेलौलीमा बिहीबार देखि इलाका प्रशासन कार्यालय सञ्चालनमा आउने

Sima-gaurifanta-1

भन्सारमा कडाइ गरिएपछि नेपाली बजारमा चहलपहल बढ्यो

1

ऐलानी जमीनमा बसोबास भएकालाई विस्थापित गर्न नसकिने कैलालीका जनप्रतिनिधिको अडान

bhumihin-sukumbasi

लालपुर्जाका लागि फाराम भरेका भूमिहीन र अव्यवस्थित बसोबासी चिन्तीत

डिभिजन-वन-कार्यालय

बैतडी जिल्लामा अतिक्रमित वन क्षेत्र १५ दिन भित्र खाली गर्न निर्देशन

jilla-prasashan-kanchanpur

अतिक्रमण हटाउने योजना तयार पार्न कञ्चनपुर प्रशासनको आग्रह