"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

डोटीका डाँडाहरु हिउँले सेताम्मे, आन्तरिक पर्यटकको चहलपहल बढ्यो

No data was found

Khabar Raftar

माघ २७ डोटी । डोटी जिल्लामा गत बिहीबार रातिदेखि परेको हिमपातका कारण अहिले यहाँका डाँडाकाँडा सेताम्मे भएका
छन् । कुनै बेला सुक्खा देखिने यहाँका डाँडाकाँडाहरु पछिल्लो समय हिमपात भएपछि सेताम्मे भएका हुन् । तिनै सेताम्मे डाँडाकाँडा अहिले आन्तरिक पर्यटकलाई आकर्षित बनाएको छ ।

हिउँ खेल्नकै लागि भएपनि यहाँका डाँडकाँडामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । हिमपात भएका यहाँका डाँडाकाँडाहरुमा रमाउन तथा अवलोकन गर्नका लागि दिनहुँ सयौँ पर्यटक आउन थालेका छन् ।

यहाँको पूर्वीचौकी गाउँपालिका २ बग्लेकमा सबैभन्दा बढी हिमपात भएका छन् । हिमपातपछि अहिले सरकारी कर्मचारीदेखि आन्तरिक पर्यटक त्यहाँ दिनहुँ हिउँ खेल्नमा रमाउने गरेका छन् । बग्लेकमा सात वर्षयताकै ठूलो हिउँ परेकाले पनि यहाँ हिउँ खेल्नकै लागि पर्यटकको घुइँचो बढेको स्थानीयवासी बताउँछन् ।

जिल्लामा कोरोना जोखिम कायमै रहेको र सार्वजनिक ठाउँमा बढी भिडभाड नगर्न स्थानीय प्रशासनले सबैमा आग्रह गरे पनि हिउँ खेल्नका लागि दैनिक सयौँ नागरिक बग्लेक पुग्ने गरेको स्थानीयवासी भरतबहादुर साउँदले बताए ।

उनले भने, “हिउँले डाँडाकाँडा र रुख सेताम्मे भएका छन्, कोरोनाको बेवास्ता गर्दै आन्तरिक पर्यटक दैनिक हिउँ खेल्न आउने गरेका छन् ।” हिउँ खेल्नका लागि बग्लेकमा दिनहुँ आन्तरिक पर्यटक भित्रिन थालेपछि यहाँको व्यापार व्यवसाय पनि फस्टाएको उनको भनाइ छ ।हिउँ खेल्न आउने आन्तरिक पर्यटकका कारण यहाँको चहलपहल निकै बढेको अर्का स्थानीयवासी धनबहादुर विष्टले बताए ।

उनले भने, “बग्लेकलाई मिनी खप्तडका रुपमा पनि चिनिँदै आएको थियो, अहिले हिउँ परेपछि आन्तरिक पर्यटक आउन थालेकाले यहाँको चहलपहल झनै बढेको छ ।” हिउँमा टिकटक बनाउनेदेखि दिनभरि चिप्लेटी खेल्ने पर्यटकका कारण अहिले बग्लेकमा चहलपहल ह्वातै बढेको छ । जिल्ला सदरमुकाम सिलगढीबाट करिब ३० मिनेटको गाडी यात्रामा पुगिने भएकाले पनि बग्लेकमा अहिले हिउँ खेल्न जाने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको लडबुद्ध होटेल सिलगढीका सञ्चालक सिद्धराज जोशीले बताए ।

उनले भने, “गाडीको यात्रामा बग्लेक नजिकै छ, त्यसैमा झन यो वर्ष उल्लेख्य मात्रामा हिउँ परेपछि उक्त क्षेत्र पर्यटकको प्रमुख रोजाइँमा परेको हो ।” शुक्रबारदेखि उक्त क्षेत्रमा करिब तीन हजार आन्तरिक पर्यटक हिउँ खेल्नका लागि पुगेको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै बढी भिडभाड नगर्न आग्रह गरिए पनि हिउँ खेल्न जाने आन्तरिक पर्यटकलाई रोक्न नसकिएको प्रहरी बताउँछन् ।

बग्लेकमा करिब सात वर्षपछिकै बाक्लो हिमपात यो वर्ष भएको र यातायातका साधन पनि पुग्ने भएकाले अहिले उक्त क्षेत्रमा हिउँ खेल्न तथा रमाइलो गर्न आउनेको सङ्ख्या बढ्दै गएको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताए ।

उनले भने, “कोरोना भाइरस सङ्क्रमणका कारण आम नागरिक घर बाहिर निस्किन पाएका थिएनन्, त्यसैमा यो वर्ष बाक्लो हिमपात भएकाले पनि बग्लेकमा हिउँ खेल्न जाने आन्तरिक पर्यटक बढेका हुन् ।” बग्लेकबाट सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तडसमेत अवलोकन गर्न सकिने भएकाले खप्तडका विभिन्न रमणीयस्थल तथा हिमालका दृष्य अवलोकन गर्नका लागि भएपनि अहिले बग्लेकमा आन्तरिक तथा बाह्यि पर्यटक भित्रिन थालेको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।

खप्तडमा बग्लेकभन्दा बढी हिउँ परेकाले त्यहाँका जनावर अहिले बग्लेक क्षेत्रमा झरेका छन् । विभिन्न जङ्गली जनावर देख्न सकिने भएकाले पनि यस क्षेत्रमा पर्यटक आउन थालेका छन् । अग्लो डाँडामा रहेको बग्लेकमा मैदान जमिन हरियाली ठाउँ भएको र घोडचडीको पनि व्यवस्था भएकाले पहिलेदेखि नै पर्यटक आउने गरेको थियो । त्यसमा पनि अहिले हिमपात भएकाले पर्यटकको सङ्ख्या बढेको भिग्राना घरबासका सञ्चालक दीपकबहादुर खड्काले बताए ।रासस

भर्खरै

कैलालीमा औलो – कालाजार नियन्त्रण अभियान तीव्र
कञ्चनपुरको शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयमा विद्यार्थी अभाव
बैतडीको मेलौलीमा बिहीबार देखि इलाका प्रशासन कार्यालय सञ्चालनमा आउने
भन्सारमा कडाइ गरिएपछि नेपाली बजारमा चहलपहल बढ्यो
ऐलानी जमीनमा बसोबास भएकालाई विस्थापित गर्न नसकिने कैलालीका जनप्रतिनिधिको अडान
लालपुर्जाका लागि फाराम भरेका भूमिहीन र अव्यवस्थित बसोबासी चिन्तीत
बैतडी जिल्लामा अतिक्रमित वन क्षेत्र १५ दिन भित्र खाली गर्न निर्देशन
अतिक्रमण हटाउने योजना तयार पार्न कञ्चनपुर प्रशासनको आग्रह
बगर खेतीले गर्दा कञ्चनपुरका किसानको जीवनशैली बदलिँदै
उद्योग स्थापना गरी, रोजगार सृजना गरौ

धेरै कमेन्ट गरिएको

कैलालीमा औलो – कालाजार नियन्त्रण अभियान तीव्र

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Untitled-31

कैलालीमा औलो – कालाजार नियन्त्रण अभियान तीव्र

Copy of Copy of Untitled Design (10)

कञ्चनपुरको शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयमा विद्यार्थी अभाव

DAO Baitadi1698890869

बैतडीको मेलौलीमा बिहीबार देखि इलाका प्रशासन कार्यालय सञ्चालनमा आउने

Sima-gaurifanta-1

भन्सारमा कडाइ गरिएपछि नेपाली बजारमा चहलपहल बढ्यो

1

ऐलानी जमीनमा बसोबास भएकालाई विस्थापित गर्न नसकिने कैलालीका जनप्रतिनिधिको अडान

bhumihin-sukumbasi

लालपुर्जाका लागि फाराम भरेका भूमिहीन र अव्यवस्थित बसोबासी चिन्तीत

डिभिजन-वन-कार्यालय

बैतडी जिल्लामा अतिक्रमित वन क्षेत्र १५ दिन भित्र खाली गर्न निर्देशन

jilla-prasashan-kanchanpur

अतिक्रमण हटाउने योजना तयार पार्न कञ्चनपुर प्रशासनको आग्रह