"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

दार्चुला जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गर्न माग

Khabar Raftar

दार्चुला,
जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गर्न गृह मन्त्रालयलाई सिफारिस गरिने भएको छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

बर्षात्का बेला जिल्लाका सबै स्थानीय तहमा बाढी पहिरोलगायत विपद्का घटना भएर जनधनको क्षति भएकाले जिल्ला विपद् व्यवस्थापन समितिले गृह मन्त्रालय अन्तर्गतको विपद् अध्ययन, जोखिम न्यूनीकरण तथा पुनर्लाभ शाखालाई सिफारिस गर्ने निर्णय गरेको हो ।

गएको बर्षात्मा जिल्लाका दुहु र अपिहिमाल गाउँपालिकामा बाढी पहिरो लगायतका विपद्का धेरै घटनापछि ती गाउँपालिका क्षेत्रलाई सरकारले संकटग्रस्त गाउँपालिका घोषणा गरेको थियो । जिल्लाका सबैजसो ठाउँहरू विभिन्न किसिमका प्राकृतिक विपद्का घटनाहरू हुने भएकाले सिंगो जिल्लालाई नै संकटग्रस्त जिल्ला घोषणा गर्न बैठकका सहभागीहरूले जोड दिएका छन् ।

समितिले संकटग्रस्त जिल्ला घोषणाका लागि सिफारिस गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । पुरै जिल्लालाई संकटग्रस्त जिल्ला घोषणाका लागि जिल्ला विपद् व्यवस्थापन समिति बैठकको निर्णय उतार गरेर मन्त्रालयमा सिफारिस गरिने छ । उनका अनुसार बुधबारको बैठकमा प्रशासनलाई सबै स्थानीय तहका वडाहरूमा विपद् खोज उद्धार राहत सामग्री मौज्दात भएरनभएको विवरण माग गरिएको छ ।

राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्णयअनुसार विपद् खोज उद्धार राहत सामग्री मौज्दात भए नभएको विवरण माग भएअनुसार स्थानीय तहहरूलाई पत्राचार गर्ने निर्णय गरिएको प्रशासन कार्यालयका विपद् व्यवस्थापन फाँटका नासु रामराज पन्तले बताए । उनका अनुसार उद्धार तथा राहत सामग्रीमा घन २र२ वटा हुनुपर्नेछ ।

टर्चलाइट तथा हेडलाइट ४ थान, सिट्ठी, प्राथमिक उपचार सामग्री र अन्य सामग्री वडामा भए नभएको विवरण प्रशासन कार्यालयमा बुझाउन पत्राचार गर्ने निर्णय गरिएको छ । त्यस्तै, यसअघि सरकारले संकटग्रस्त घोषणा गरेका दुहु र अपिहिमाल गाउँपालिकाका बाढीपहिरो पीडितहरूको पहिचान गरी विवरण पठाएको छ ।

यस वर्षको मनसुनजन्य विपद्बाट निजी आवास क्षतिग्रस्त भएका वा गुमाएका दुवै स्थानीय तहहरूमा लाभग्राहीहरूको विवरण राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन व्यवस्थापन प्राधिकरणमा पठाउने निर्णय भएको नासु पन्तले बताए ।

भर्खरै

चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा जोड
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित
सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री चौधरीले शपथ लिए
कार्यान्वयन हुन सकेन्न वडघर सम्बन्धी ऐन
गोदावरी नगरपालीका वडा नम्बर–१० ले ९३ लाख ३० हजारको बजेट ल्यायो
सुदूरपश्चिम्मा २१ महिनामा भएका मोटरसाइकल दुर्घटनामा १ सय ३७ जनाको मृत्यु
होटलमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
जबर्जस्ती करणीको आरोपमा चौरपाटीका एक जना पक्राउ
कैलाली र कञ्चनपुरबाट भन्सार छलीको सामान बरामद
धनगढीका आठ वटा स्थानमा ‘फायर हाइड्रेन्ट’ जडान

धेरै कमेन्ट गरिएको

चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा जोड

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Mahila-222

चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा जोड

geta-768x432-1-750x430

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

1

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री चौधरीले शपथ लिए

badghar

कार्यान्वयन हुन सकेन्न वडघर सम्बन्धी ऐन

1

गोदावरी नगरपालीका वडा नम्बर–१० ले ९३ लाख ३० हजारको बजेट ल्यायो

Death-body-900px

सुदूरपश्चिम्मा २१ महिनामा भएका मोटरसाइकल दुर्घटनामा १ सय ३७ जनाको मृत्यु

juwa-tas-1-1623146512-1536x580

होटलमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

pakrau

जबर्जस्ती करणीको आरोपमा चौरपाटीका एक जना पक्राउ