"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

लगानीमा एकरुपता नहुँदा लगानी मैत्री वातावरण बन्न सकेन ः मुख्य मन्त्रि भट्ट

No data was found

Khabar Raftar

माघ ४ धनगढी
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले लगानीमा एकरुपता नहुँदा लगानी मैत्री वातावरण बन्न नसकेको बताउनु भएको छ ।
गैरआवसीय नेपाली सङ्घ (एनआरएन)का अध्यक्ष सहितका पदाधिकारीको सहभागितामा मंगलबार धनगढीमा भएको अन्तरक्रियामा मुख्यमन्त्री भट्टले लगानीमा एकरुपता नभएकाले लगानी मैत्री वातावरण बन्न नसकेको बताउनु भएको हो । मुख्यमन्त्री भट्टले जग्गाको सहज उपलब्धता सँगै सुरक्षाको प्रत्याभूति र कानुनमा देखिने झमेलाको सहजीकरण गर्न सके लगानी मैत्री वातावरण बन्ने बताउनु भयो ।
प्रदेशमा पर्यटन, कृषि, ऊर्जा, उद्योग लगायतका क्षेत्रमा लगानी गर्न सकिने सम्भावना रहेको बताउदै मुख्यमन्त्री भट्टले प्रदेशमा अहिलेसम्म कसैले पनि लगानी नगरेको बताउनु भयो । लगानीमैत्री वातावरण सिर्जना गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउदै मुख्यमन्त्रीले अहिलेसम्म नेपाल र सुदूरपश्चिम प्रदेशमा गरिएको सहयोग प्रति एनआरएनलाई धन्यवाद दिनु भयो ।
आर्थिक मामिलामन्त्री तारालामा तामाङ र भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीले प्रदेशको समग्र विकासका लागि एनआरएनबाट भूमिका निर्वाह भइरहने विश्वास व्यक्तगर्नु भयो ।
एनआरएनका अध्यक्ष कुमार पन्तले विदेशमा बसेर प्राप्त भएको ज्ञान सीपलाई आफ्नै देशको समृद्धिका लागि प्रयोग गर्ने सोच संस्थाको रहेको बताउदै नेपालमा कोभिड–१९ को समस्या आउँदा सबै भन्दा पहिले एनआरएनले नै सहयोग सामग्री पठाएको बताए ।
एनआरएनको पहलमा नेपालमा दश अर्ब रुपैयाँ लागानीका लागि प्रयास भइरहेको उनले जानकारी गराए । विदेशमा रहेका नेपालीको संस्था एनआरएनले नेपालमा भूकम्प, कोभिड–१९ जस्ता विपत्तिको समयमा विभिन्न सहयोग उपलब्ध गराउँदै आएको छ ।
संस्थाले नेपालमा कोरोना भाइरसका सङ्क्रमितको उपचार व्यवस्थापनका लागि प्रयोगमा आउने अक्सिजन प्लान्ट, अक्सिजन कन्सन्टेटर लगायत सामग्रीको सहयोग गरेको छ ।

भर्खरै

कैलालीमा औलो – कालाजार नियन्त्रण अभियान तीव्र
कञ्चनपुरको शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयमा विद्यार्थी अभाव
बैतडीको मेलौलीमा बिहीबार देखि इलाका प्रशासन कार्यालय सञ्चालनमा आउने
भन्सारमा कडाइ गरिएपछि नेपाली बजारमा चहलपहल बढ्यो
ऐलानी जमीनमा बसोबास भएकालाई विस्थापित गर्न नसकिने कैलालीका जनप्रतिनिधिको अडान
लालपुर्जाका लागि फाराम भरेका भूमिहीन र अव्यवस्थित बसोबासी चिन्तीत
बैतडी जिल्लामा अतिक्रमित वन क्षेत्र १५ दिन भित्र खाली गर्न निर्देशन
अतिक्रमण हटाउने योजना तयार पार्न कञ्चनपुर प्रशासनको आग्रह
बगर खेतीले गर्दा कञ्चनपुरका किसानको जीवनशैली बदलिँदै
उद्योग स्थापना गरी, रोजगार सृजना गरौ

धेरै कमेन्ट गरिएको

कैलालीमा औलो – कालाजार नियन्त्रण अभियान तीव्र

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Untitled-31

कैलालीमा औलो – कालाजार नियन्त्रण अभियान तीव्र

Copy of Copy of Untitled Design (10)

कञ्चनपुरको शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयमा विद्यार्थी अभाव

DAO Baitadi1698890869

बैतडीको मेलौलीमा बिहीबार देखि इलाका प्रशासन कार्यालय सञ्चालनमा आउने

Sima-gaurifanta-1

भन्सारमा कडाइ गरिएपछि नेपाली बजारमा चहलपहल बढ्यो

1

ऐलानी जमीनमा बसोबास भएकालाई विस्थापित गर्न नसकिने कैलालीका जनप्रतिनिधिको अडान

bhumihin-sukumbasi

लालपुर्जाका लागि फाराम भरेका भूमिहीन र अव्यवस्थित बसोबासी चिन्तीत

डिभिजन-वन-कार्यालय

बैतडी जिल्लामा अतिक्रमित वन क्षेत्र १५ दिन भित्र खाली गर्न निर्देशन

jilla-prasashan-kanchanpur

अतिक्रमण हटाउने योजना तयार पार्न कञ्चनपुर प्रशासनको आग्रह