"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

लगानीमा एकरुपता नहुँदा लगानी मैत्री वातावरण बन्न सकेन ः मुख्य मन्त्रि भट्ट

Khabar Raftar

माघ ४ धनगढी
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले लगानीमा एकरुपता नहुँदा लगानी मैत्री वातावरण बन्न नसकेको बताउनु भएको छ ।
गैरआवसीय नेपाली सङ्घ (एनआरएन)का अध्यक्ष सहितका पदाधिकारीको सहभागितामा मंगलबार धनगढीमा भएको अन्तरक्रियामा मुख्यमन्त्री भट्टले लगानीमा एकरुपता नभएकाले लगानी मैत्री वातावरण बन्न नसकेको बताउनु भएको हो । मुख्यमन्त्री भट्टले जग्गाको सहज उपलब्धता सँगै सुरक्षाको प्रत्याभूति र कानुनमा देखिने झमेलाको सहजीकरण गर्न सके लगानी मैत्री वातावरण बन्ने बताउनु भयो ।
प्रदेशमा पर्यटन, कृषि, ऊर्जा, उद्योग लगायतका क्षेत्रमा लगानी गर्न सकिने सम्भावना रहेको बताउदै मुख्यमन्त्री भट्टले प्रदेशमा अहिलेसम्म कसैले पनि लगानी नगरेको बताउनु भयो । लगानीमैत्री वातावरण सिर्जना गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउदै मुख्यमन्त्रीले अहिलेसम्म नेपाल र सुदूरपश्चिम प्रदेशमा गरिएको सहयोग प्रति एनआरएनलाई धन्यवाद दिनु भयो ।
आर्थिक मामिलामन्त्री तारालामा तामाङ र भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीले प्रदेशको समग्र विकासका लागि एनआरएनबाट भूमिका निर्वाह भइरहने विश्वास व्यक्तगर्नु भयो ।
एनआरएनका अध्यक्ष कुमार पन्तले विदेशमा बसेर प्राप्त भएको ज्ञान सीपलाई आफ्नै देशको समृद्धिका लागि प्रयोग गर्ने सोच संस्थाको रहेको बताउदै नेपालमा कोभिड–१९ को समस्या आउँदा सबै भन्दा पहिले एनआरएनले नै सहयोग सामग्री पठाएको बताए ।
एनआरएनको पहलमा नेपालमा दश अर्ब रुपैयाँ लागानीका लागि प्रयास भइरहेको उनले जानकारी गराए । विदेशमा रहेका नेपालीको संस्था एनआरएनले नेपालमा भूकम्प, कोभिड–१९ जस्ता विपत्तिको समयमा विभिन्न सहयोग उपलब्ध गराउँदै आएको छ ।
संस्थाले नेपालमा कोरोना भाइरसका सङ्क्रमितको उपचार व्यवस्थापनका लागि प्रयोगमा आउने अक्सिजन प्लान्ट, अक्सिजन कन्सन्टेटर लगायत सामग्रीको सहयोग गरेको छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

भर्खरै

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो
गेटा आँखा अस्पताल बाजुराका प्रमुख लागुऔषध सहित पक्राउ
कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार
बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सञ्चालन
छोराको सहारामा अगरबत्ती बेच्दै दृष्टिविहीन दम्पती
बैतडीमा २० हजार ७ सय १२ जना बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल खुवाइने
कैलालीमा २ जनाको घरमा हावाहुरीले क्षति
डोटीमा गोली लागेर एक युवकको मृत्यु , १० जना पक्राउ
कैलालीमा विदेशी नागरिक मृत अवस्थामा भेटिए
शान्ति सुरक्षा चुस्तदुरूस्त राख्न मुख्यमन्त्री शाहको निर्देशन

धेरै कमेन्ट गरिएको

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो

baniya

गेटा आँखा अस्पताल बाजुराका प्रमुख लागुऔषध सहित पक्राउ

hasiya-750x430

कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार

FInal-5-copy-1744970514

बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सञ्चालन

aaaaaaa-4

छोराको सहारामा अगरबत्ती बेच्दै दृष्टिविहीन दम्पती

Vitamin-Final-5-1744976321

बैतडीमा २० हजार ७ सय १२ जना बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल खुवाइने

pipal

कैलालीमा २ जनाको घरमा हावाहुरीले क्षति

Screenshot_20250418_082945_Google

डोटीमा गोली लागेर एक युवकको मृत्यु , १० जना पक्राउ