"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बाल दिवसका अवसरमा बाँकेको नरैनापुरका उत्कृष्ट विद्यार्थीलाई ल्यापटप प्रदान, बाँकेको दुर्गम क्षेत्र नरैनापुरलाई शिक्षाको हब बनाईने

No data was found

Khabar Raftar

भाद्र ३० बाँके । बाँकेको नरैनापुर गाँउपालिकाले २६ जना उत्कृष्ट विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेको छ । नरैनापुर गाँउपालिकाले ५८ औँ राष्ट्रिय बाल दिवसको अवसर पारेर बुधबार महेन्द्र माध्यमिक मटेहिया विद्यालयमा आयोजित कार्यक्रममा गाँउपालिका भित्रका कक्षा १० मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान गरेको हो ।

गाँउपालिकाले २६ जना विद्यार्थीलाई सम्मान गरेको हो । सम्मानित हुने विद्यार्थीहरु मध्य दिक्षिणा यादव र पवन सिंह यादवले एसईईमा सर्र्बोत्कृष्ट अंक ल्याएर पास भएको भन्दै दुबै जनालाई ल्यापटप प्रदान गरिएको थियो भने अरु उत्कृष्ट विद्यार्थीहरुलाई नेपालको संविधान,कापी झोला, प्रमाणपत्र र खादा लगाएको थियो ।

कार्यक्रममा गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले विकास भनेको रोड निर्माण गर्नु मात्र नभएको बताउदै उनले शिक्षा र स्वास्थ्यमा सुधार गर्न सके सबै क्षेत्र क्रमिक रुपमा विकास हुदै जाने बताए । अध्यक्ष शाहले कार्यक्रमलाई सम्बोधन गर्दै सर्बोत्कृष्ट २ जनालाई ल्यापटप प्रदान गरिएकोजानकारी गराउदै मेहनत गर्नुका साथै पढेर सर्बोत्कृष्ट हुने सबै विद्यार्थीहरुलाई ल्यापटप प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । गाँउपालिकाले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर कार्यक्रम अगाडि बढाएको बताए ।
गाँउपालिकाका शिक्षा अधिकृत कृष्ण प्रसाद थारुले नरैनापुर भित्रको शिक्षाको गुणस्तरलाई अगाडि बढाउनका लागि विद्यार्थी, शिक्षक र विद्यालयलाई हौसलास्वरुप उक्त पुरस्कार तथा सम्मान प्रदान गरिएको जानकारी दिए ।

गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले उक्त सम्मानले भावी दिनमा शिक्षण सिकाइ क्रियाकलापलाई थप अगाडि बढाउन उर्जा प्रदान गर्ने बताए । यसैगरी वडा नम्बरं ५ का अध्यक्ष कृष्ण चन्द्र मौर्यले शिक्षा क्षेत्रमा राजनिति नगर्न सबैलाई आग्रह गर्दै शिक्षा क्षेत्रको सुधारका लागि जनप्रतिनिधिहरु प्रतिबद्ध रहेको बताउदै उनले नरैनापुर ५ लाई अबको ५ वर्षमा शिक्षाको हब बनाउने बताए । कार्यक्रममा गाँउपालिका अध्यक्षसँगै प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल, वडा नंम्बर १ का अध्यक्ष इशाक जोलाह, वडा नम्बर. २ का अध्यक्ष मसुद अहमद शाह, वडा नंम्बर. ५ का अध्यक्ष कृष्ण मौर्य, वडा नम्बरं. ४ का अध्यक्ष मनोज मिश्रा, जिन्सी शाखा प्रमुख भरत महतो, विपत शाखा प्रमुख लक्ष्मीकान्त मिश्रा, रोजगार शाखा प्रमुख मकबुल मुकेरी, कमल केसी लगायतले सम्मान प्राप्त विद्यार्थीलाई पुरस्कार तथा सम्मान प्रदान गरेका थिए ।

सोही गाँउपालिकाको वडा नम्बर. ६ मा रहेकोे नेपाल राष्ट्रिय माध्यमिक विद्यालय जमुनीले ‘बालमैत्री समाजको आधार ः जिम्मेवार परिवार, उत्तरदायी सरकार’ विषयमा वक्तृत्वकला कार्यक्रम समेत आयोजना गरेको थियो । वक्तृत्वकलामा उत्कृष्ट भएकाहरुलाई गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले पुरस्कार वितरण गर्नु भएको थियो । बाँकेको पूर्वी क्षेत्रमा रहेको सबै भन्दा विकट मानिएको नरैनापुरमा शिक्षा, स्वास्थ्य र यातायातको सबै भन्दा ठूलो समस्या रहेको थियो भने ५ वर्षमा ठूलो परिर्वतन भए पनि सरकारबाट सहयोग हुने हो भने देशकै नमूना पालिकाको रुपमा स्थापित हुने थियो । उक्त पालिकामा ६ वडा रहेका छन् ।

भर्खरै

फरक क्षमता भएका बालबालिकाको स्याहारमा समस्या
दलित समुदायबाट संस्कृतमा आचार्य गर्ने दमाईलाई धनगढीमा विशेष जिम्मेवारी
सुदूरपश्चिममा सिस्नु चिलाएर बिसु पर्व मनाईयो
आज बैशाख १ गते नयाँ वर्ष २०८३ सुरु
आउँदो शैक्षिक सत्र देखि गेटामै एमबीबीएस पढाइ हुने
लागत खर्च पनि नउठ्ने भएपछि गहुँको समर्थन मूल्यप्रति किसान असहमत
इन्धनको मूल्यवृद्धि र अभावले सुदूरपश्चिमका गौरवका आयोजना ठप्प हुने अवस्थामा
मलामी गएका पुरुष महाकाली नदीमा डुबेर बेपत्ता
थारु आयोगद्वारा नीति कार्यान्वयनको अवस्था सम्बन्धी टिकापुरमा समीक्षा
सामाजिक न्यायका लागी मानविय विकासमा जोड

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Tikapur-Nagarpalika-1751952676

फरक क्षमता भएका बालबालिकाको स्याहारमा समस्या

gopal-hamal-1_rgxoTqmqYV-1-768x369

दलित समुदायबाट संस्कृतमा आचार्य गर्ने दमाईलाई धनगढीमा विशेष जिम्मेवारी

bisu-parba

सुदूरपश्चिममा सिस्नु चिलाएर बिसु पर्व मनाईयो

naya-barsa-2083

आज बैशाख १ गते नयाँ वर्ष २०८३ सुरु

WhatsApp-Image-2026-04-08-at-17.09.53-1-768x512

आउँदो शैक्षिक सत्र देखि गेटामै एमबीबीएस पढाइ हुने

images

लागत खर्च पनि नउठ्ने भएपछि गहुँको समर्थन मूल्यप्रति किसान असहमत

ramarosan-rood

इन्धनको मूल्यवृद्धि र अभावले सुदूरपश्चिमका गौरवका आयोजना ठप्प हुने अवस्थामा

Bepatta

मलामी गएका पुरुष महाकाली नदीमा डुबेर बेपत्ता