"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

अपरेसन थिएटरभित्र चार घण्टा

No data was found

developer

मौसम पूर्वानुमान महाशाखाले काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै कम भनी रेकर्ड सुनाइरहँदा मेरो छालाका छिद्रहरुबाट भने पसिना निस्किंदै थियो । म सुनिरहेको थिएँ, फुलचोकी आसपासमा हिउँ पर्न थाल्यो । रौसे शहरियाहरु हिउँ खेल्न पुगिसकेछन् ।

‘तपाईंको त पसिना आयो । कति डराउनुभएको ?’

मुस्लिम जस्ता देखिने महिला डाक्टरले यसो भनिरहँदा मलाई फ्याट्ट यसो भनौं जस्तो लागेको थियो, ‘तपाईं एकपटक यो बेडमा आएर सुत्नुहोस् त !’

जुन बेडमा मेरो ‘टपलेस ज्यान’ लम्पसार थियो, त्यसको माथितिर चहकिला लाइटहरु बालिएका थिए । छाती, औंला, पाखुराभरि यन्त्र जडान गरिएका थिए । मेरो मुटु, फोक्सो, मिर्गौलालाई कृत्रिम ढंगले चालमा राख्नका लागि उपकरणहरु तयारी अवस्थामा राखिएका थिए ।

नजिकै टुलमा कैंची, ब्लेड लगायत सर्जिकल औजार मिलाइँदै थियो । आधा दर्जन बढी चिकित्सक, नर्स यन्त्रवत् खटिएका थिए । यति नै बेला मैले देखें, अर्को ढोकाबाट औसत उँचाइका, झरिलो–भरिलो व्यक्ति अनुहारमा मधुरता भर्दै मतर्फ अगाडि बढिरहेका । त्यो सौम्य अनुहारलाई मैले सजिलै ठम्याएँ, डा. अरुण केसी ।

‘ठीक छ नि ?’ उनले प्रेममय भावमा औपचारिक प्रश्न गरे । मैले टाउको हल्लाएर ‘ठीक छ’ भन्ने संकेत गरें ।

‘तपाईंको कानको सुनाइ राम्रै छ । त्यसलाई सकेसम्म बिग्रन नदिई अप्रेसन गर्छु है’ डा. अरुणले यसो भन्दा घोडा जस्तै बेतोडले दौडिरहेका मेरो मुटुको चाल शायद केही क्षण शान्त भयो । निमेषभरकै लागि भए पनि ढुक्क भएँ ।

‘अब तपाईंलाई इन्जेक्सन दिइँदैछ । त्यसपछि निद्रा लागेजस्तै हुन्छ’ यसो भनेर डा. अरुणले मेरो पाखुरा समाए । मलाई अग्रिम थाहा दिइएको थियो, यो बेहोस बनाउने इन्जेक्सन हो । किनभने सम्पूर्ण शरीरलाई पूर्ण रुपमा बेहोस बनाएर मात्र मेरो शल्यक्रिया सम्भव हुनेछ ।

म बेहोस भएपछि फेरि ब्युँझन्छु होला ?’

एक सातादेखि घोचिरहेको यो प्रश्नले मलाई त्यस क्षण अरु बढी दुखायो । यतिबेला मैले छोरी सम्झिएँ, जसलाई गाउँमा छाडेर आएका थियौं । छोरी के गर्दै होला ?

श्रीमतीलाई सम्झिएँ, जो अप्रेसन थिएटर बाहिर एक्लै थिइन् । मेरो अप्रेसन भइरहँदा उनले हरेक क्षण कति बेचैनीमा गुजार्नुपर्ने होला ?

मैले डाक्टरलाई धेरै पटक सोधेको थिएँ, ‘यो अप्रेसन कति क्रिटिकल हो ?’ त्यसबेला डा. आशिष गौतमले भनेका थिए, ‘तपाईंको अप्रेसन सामान्य होइन, बुझ्नु भो नि ।’

वीर अस्पताल देशकै आस्थाको केन्द्र । महँगा निजी अस्पतालमा उपचार गराउन नसक्नेहरु यहीं आइपुग्छन् । एकसे एक अनुभवी एवं दक्ष चिकित्सकहरूले यसको गरिमालाई जोगाएका छन् । तर, यहाँका प्रशासनिक कर्मचारी ? माल अड्डाका दलालहरु जस्ता ।

त्यसो त कुनै पनि शल्यक्रिया शतप्रतिशत सफल हुन्छ भनेर चिकित्सकहरुले ठोकुवा गर्न नसक्ने रहेछन् । शल्यक्रिया सामान्य होस् वा असामान्य, कुनै पनि क्षण जटिलता आउन सक्छ । वरिष्ठ न्युरो सर्जन प्रा. डा. राजीव झाले मसँग एक अन्तर्वार्तामा भनेका थिए, ‘मानौं दुई व्यक्तिको अप्रेसन गरिंदैछ । उस्तै रोग, उही अप्रेसन, उही सर्जन, उही अस्पताल । तर, नतिजा उस्तै नहुन सक्छ । एउटा रोगी ठीक हुन सक्छन् । अर्कोमा जटिलता आउन सक्छ ।’

हरेक मान्छेको शरीर संरचना दुरुस्त एकनासको हुँदैन । अर्कोतिर चिकित्सा विज्ञान आफैंमा परिपूर्ण छैन । प्रा. डा. झाकै भनाइमा चिकित्सा विज्ञान जहिले पनि प्रयोगको चरणमा हुन्छ । त्यसैले यसको नतिजा गणितीय हुँदैन ।

शल्यक्रियाको अघिल्लो दिन पनि डा. झासँग फोनमा कुराकानी हुँदा मैले भनेको थिएँ, ‘मलाई त एकदमै डर लागिरहेको छ ।’ उनले शान्त भावमा जवाफ फर्काएका थिए, ‘त्यस्तो केही हुँदैन । यो कमन अप्रेसन हो । डाक्टरहरुले दिनदिनै यस्तो अप्रेसन गरिरहेका हुन्छन् ।’

हजारौं रोगीको जटिल शल्यक्रिया गरिसकेका डा. झाको लागि त यो शल्यक्रिया ‘मामूली’ थियो । तर, मेरो लागि ‘महाभारत’ !

कान्तिपुर पब्लिकेसन्सको ‘साप्ताहिक’मा सँगै काम गरेका कृष्ण भट्टराई दाइले केही महीनाअघि यस्तै शल्यक्रिया गराएका रहेछन् । उनी यतिबेला ठीकठाक भइसकेका थिए । कृष्ण दाइ र अरुणा भाउजूले मलाई सम्झाउँदै भन्नुभएको थियो, ‘पटक्कै डराउनुपर्दैन । हाम्रो लागि मात्र यो ठूलो डर रहेछ । डाक्टरले त दिनदिनै यस्तो अप्रेसन गरिरहेकै हुँदारहेछन् । ढुक्क हुनु है, केही चिन्ता लिनुपर्दैन ।’

उहाँहरुको यो हार्दिकताले केही दिन त मलाई राम्रै निद्रा लाग्यो । तर, शल्यक्रियाको ठीक अघिल्लो दिन डा. आशिष गौतमले जसरी मलाई शल्यक्रियाको जटिलताबारे छर्लङ्ग बनाइदिए, मेरो निदहराम भयो । अन्ततः उनैले त्यस रात निद्राको औषधि सिफारिश गरिदिए ।

‘ठूलो अप्रेसन हो, तपाईंलाई थाहा छ नि ?’ डा. गौतमले मलाई सचेत गराएका थिए, ‘तपाईंलाई पूर्ण रुपमा बेहोस बनाएर गरिन्छ ।’

‘कति क्रिटिकल हुनसक्छ ?’ यो प्रश्न सोधिरहँदा मेरो आवाज काँपिरहेको थियो ।

त्यसपछि डा. गौतमले मलाई यसका सम्भावित जोखिमबारे विस्तारमा यसरी सुनाएका थिए, ‘कानको पछाडि चिरिन्छ र ड्रिल गरी हड्डीको सडिएको भाग खुर्किएर फ्याँकिन्छ । त्यो हड्डी र मस्तिष्क नजिक हुने भएकाले कहिलेकाहीं मस्तिष्कमा पानी वा रगत जम्ने हुनसक्छ । यो जोखिमपूर्ण अवस्था हो । शल्यक्रियाको क्रममा अत्यधिक रक्तश्राव हुने जोखिम उत्तिकै हुन्छ । जुन भागमा काटिन्छ, त्यहाँ मुख, आँखा आदिको नसा हुन्छ । यदि नसा काटिएको अवस्थामा मुख बाङ्गो हुने, आँखाको दृष्टि गुम्न सक्ने, जिब्रोको स्वाद जान सक्ने हुनसक्छ ।’

सोही साँझ अस्पताल प्रशासनको तर्फबाट एउटा मञ्जुरी पत्रमा हस्ताक्षर गराइएको थियो, जहाँ लेखिएको थियो, ‘उपचारको क्रममा कुनै पनि भवितव्य भएमा अस्पताल प्रशासन र चिकित्सकहरुमाथि दोष दिइने छैन ।’

यस्तै चिकित्सकको तर्फबाट अर्को मञ्जुरी पत्रमा हस्ताक्षर गराइएको थियो, जहाँ शल्यक्रियाका क्रममा कुनै पनि सम्भावित जोखिम भएमा वा शल्याक्रियापछि कुनै पनि समस्या भएमा कसैमाथि आरोप लगाइने छैन ।

मलाई त लागेको थियो, अस्पतालमा भर्ना भएपछि अप्रेसन थिएटरमा लगिन्छ । सरासर शल्यक्रिया गरिन्छ । भोलिपल्ट घर फर्काइन्छ । दुई दिनमै काम तमाम !

तर, शल्यक्रियाको प्रक्रिया र तयारी त्यति सहज कहाँ हुनु ?

एक हप्ता त अस्पतालको चक्कर लगाएरै बिताइयो । शल्यक्रियाको मिति तय भएपछि आवश्यक शारीरिक परीक्षण गर्नुपर्ने रहेछ । रगतको अनेक जाँच, मुटुको, फोक्सोको । सबै सही सलामत भएपछि बल्ल अस्पतालमा भर्ना पाइने रहेछ । त्यसमाथि अहिले त कोरोनाको पीसीआर जाँच पनि गर्नुपर्ने ।

सबै जाँच गरियो । रिपोर्ट तयार भयो । एक झोला रिपोर्ट बोकेर वीर अस्पताल पुगियो ।

***

वीर अस्पताल देशकै आस्थाको केन्द्र । महँगा निजी अस्पतालमा उपचार गराउन नसक्नेहरु यहीं आइपुग्छन् । त्यसैले अस्पतालको प्राङ्गण, पेटीदेखि नै बिरामीहरुको लस्कर लाग्छ । एकसे एक अनुभवी एवं दक्ष चिकित्सकहरुले यसको गरिमालाई जोगाएका छन् । तर, यहाँका प्रशासनिक कर्मचारी ? माल अड्डाका दलालहरु जस्ता ।

‘तपाईंको अप्रेसन भइसक्यो’ कसैले यसो भनिरहेका रहेछन् । आँखा खोलें । स्पष्ट त देखिन तर त्यहाँ सेतो एप्रोनधारी व्यक्तिहरु थिए । मैले कसैको हात समाएर र चुम्बन गरें । अनि कृतज्ञता दर्शाएँ, ‘तपाईंहरुलाई धेरै धन्यवाद !’

एउटा टिकट काट्न दिनभर लाग्ने । टोकन लिएर टिकटको लाममा बस्यौं । टिकट काट्नेको पंक्ति बढेको बढ्यै छ । बिरामीहरु पालो गरीगरी लाइनमा उभिएका छन् । टिकट काट्ने मान्छे भने यसरी स्लोमोसनमा काम गर्छन्, मानौं उनी बिग्रिएर थोत्रो भइसकेका इञ्जिन हुन् । हुन पनि वृद्धभत्ता खानुपर्ने उमेरकादेखि ढंग पुर्‍याएर बोल्न पनि नजान्नेहरु यही जागिर खान थुप्रिएका रहेछन् । भनसुन, चाकडी–चाप्लुसीको आडमा जागिर खानेहरुले अस्पताल जस्तो संवेदनशील ठाउँलाई कति भद्रगोल बनाइदिएको छ भनेर हेर्नका लागि वीर अस्पताल काफी छ ।

इमर्जेन्सीको दायाँतर्फ जनरल वार्डमा विरामी दर्ता गर्ने ठाउँ रहेछ । त्यहाँबाट दर्ता नम्बर लिएर आउनु भनिएको थियो । हामी त्यहाँ पुग्दा दुई वयस्क हिटरको न्यानो ताप्दै हाँसोमजाक गरिरहेका थिए । हामीले सोध्यौं, ‘अस्पतालमा भर्ना यहींबाट गर्नुपर्ने हो ?’

‘भर्ना ? कस्तो भर्ना ?’ शुरुमा नसुनेझैं गर्ने वयस्कले उपेक्षाको भावमा भन्यो, ‘यहाँ होइन ।’

हामी फेरि अस्पतालको चक्कर लगाउन थाल्यौं । चिकित्सकले भर्ना भएर तीन बजेसम्म बसिसक्नु भनेका छन् । समय घर्किसक्यो । कहाँ गएर बेड भर्ना गर्ने ? हतार–हतार सोधीखोजी गर्‍यौं । आखिरमा सबैले त्यहीं ठाउँ देखाउँछ, इमर्जेन्सी कक्षको दायाँतर्फ ।

फेरि सोही ठाउँमा गएर भन्यौं, ‘यहीं रहेछ । सबैले यहीं हो भर्ना गर्ने ठाउँ भन्छन् ।’

उनले रुखो स्वरमा सोधे, ‘खै डाक्टरले दिएको कागज छ ?’

हामीले कागज देखायौं । ‘अघि यो देखाउनु पर्दैन त ?’ एकदमै हेपेर उनले यसो भन्दै भर्नाको लागि हाम्रो नाम दर्ता गरिदियो ।

ईएनटीको जनरल वार्डमा जानु भनिएको थियो । कहाँ हो वार्ड ? सहजै थाहा नहुने । सहायता कक्षमा कर्मचारी छैन । केही सोध्यो भने कुनै पनि कर्मचारीले नबताउने । पहिले त बोल्दै नबोल्ने । बोलिहालेमा झर्किएर कराउने ।

दायाँतर्फको भवनमा एक तलामाथि उक्लिएर पछि बल्ल सहायता कक्षमा एक कर्मचारी देख्यौं । ‘ईएनटी जनरल वार्ड कता हो ?’ हामीले सोध्यौं । फोनमा गफिइरहेकी ती महिला कर्मचारीले पुलुक्क हेरिन् । हामी जवाफ पर्खिरह्यौं । तर, उनले हातको इशाराले समेत वार्ड देखाइदिइनन् ।

जसोतसो हामी ईएनटी जनरल वार्डमा पुग्यौं । ओढ्ने–ओछ्याउनेको झोला झुण्ड्याउँदै । सम्मुखमा कर्मचारी हो वा नर्स बसेकी थिइन् । उनलाई हामीले दर्ता नम्बर दियौं । उनले हाम्रो रिपोर्ट मागिन् ।

‘पीसीआर रिपोर्ट आउन बाँकी छ । चार बजे आइपुग्छ ।’ हामीले भन्यौं ।

‘पीसीआर रिपोर्ट छैन’ उनले चर्को स्वरमा हामीलाई हकारिन्, ‘कसले भित्र पस्न दियो ? बाहिर जाने बाहिर ।’

जीवनको यो मोडसम्म कुनै पनि कार्यालयमा यति रुखो व्यवहार झेल्नुपरेको थिएन । आखिर जे भने पनि सहनै पर्‍यो । उपचार गराउन आएको हो । भोलि यहीं बसेर शल्यक्रिया गराउनुछ ।

वीर अस्पताल सबैभन्दा बेस्ट

न्युरोसर्जन प्रा. डा. राजीव झाले मलाई भनेका थिए । मैले आफ्नो समस्या राखेर त्यसको उचित उपचार कहाँ हुनसक्छ ? नेपालमै हुन्छ वा भारतमा उचित होला ? भनी उनलाई सोधेको थिएँ ।

त्यसपछि मलाई वीरमा ईएनटी विभागमा पुर्‍याएर डा. अरुण केसीसँग चिनजान गराइदिएका थिए । यसो भन्दै, ‘उहाँ एकदमै राम्रो, अनुभवी, परिपक्व डाक्टर हुनुहुन्छ ।’

केही दिनमा उनै डा. अरुणको फोन आयो । उनले हप्ता दिनपछि शल्यक्रिया गरिदिने बताए । हतार–हतार सम्पूर्ण चाँजोपाँजो मिलाएर म शल्यक्रियाको लागि तयार भएँ । अपरेसन थिएटरको नाम मात्र सुन्दा काँप्ने म त्यसदिन अप्रेसनको बेडमा लम्पसार थिएँ ।

‘तपाईंको अप्रेसन भइसक्यो’ कसैले यसो भनिरहेका रहेछन् । आँखा खोलें । स्पष्ट त देखिन तर त्यहाँ सेतो एप्रोनधारी व्यक्तिहरु थिए । मैले कसैको हात समाएर र चुम्बन गरें । अनि कृतज्ञता दर्शाएँ, ‘तपाईंहरुलाई धेरै धन्यवाद !’

झण्डै चार घण्टा गुज्रिसकेको रहेछ । मलाई भने निमेषभरमै सबै काम भए जस्तै लागिरहेको थियो । यतिबेला मलाई डाक्टर अरुणको चरणस्पर्श गर्न मन लाग्यो । यताउता हेरें । उनी थिएनन् ।

बिहान सात बजेबाट नै उनी अपरेसन थिएटरमा थिए । मेरो पालो आउनुअघि दुई जनाको शल्यक्रिया सकाएका थिए । एउटै कोठामा, घण्टौं–घण्टा उभिएर, शल्यक्रिया जस्तो जटिल र संवेदनशील काम गर्नुपर्ने । न थकान, न हतास । सधैं उस्तै शान्त, सौम्य, सौहार्द । सम्भवतः हरेक बिरामीले उपचारपछि महसूस गर्छन्, चिकित्सक भनेका भगवानकै प्रतिरुप हुन् ।

भर्खरै

फरक क्षमता भएका बालबालिकाको स्याहारमा समस्या
दलित समुदायबाट संस्कृतमा आचार्य गर्ने दमाईलाई धनगढीमा विशेष जिम्मेवारी
सुदूरपश्चिममा सिस्नु चिलाएर बिसु पर्व मनाईयो
आज बैशाख १ गते नयाँ वर्ष २०८३ सुरु
आउँदो शैक्षिक सत्र देखि गेटामै एमबीबीएस पढाइ हुने
लागत खर्च पनि नउठ्ने भएपछि गहुँको समर्थन मूल्यप्रति किसान असहमत
इन्धनको मूल्यवृद्धि र अभावले सुदूरपश्चिमका गौरवका आयोजना ठप्प हुने अवस्थामा
मलामी गएका पुरुष महाकाली नदीमा डुबेर बेपत्ता
थारु आयोगद्वारा नीति कार्यान्वयनको अवस्था सम्बन्धी टिकापुरमा समीक्षा
सामाजिक न्यायका लागी मानविय विकासमा जोड

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Tikapur-Nagarpalika-1751952676

फरक क्षमता भएका बालबालिकाको स्याहारमा समस्या

gopal-hamal-1_rgxoTqmqYV-1-768x369

दलित समुदायबाट संस्कृतमा आचार्य गर्ने दमाईलाई धनगढीमा विशेष जिम्मेवारी

bisu-parba

सुदूरपश्चिममा सिस्नु चिलाएर बिसु पर्व मनाईयो

naya-barsa-2083

आज बैशाख १ गते नयाँ वर्ष २०८३ सुरु

WhatsApp-Image-2026-04-08-at-17.09.53-1-768x512

आउँदो शैक्षिक सत्र देखि गेटामै एमबीबीएस पढाइ हुने

images

लागत खर्च पनि नउठ्ने भएपछि गहुँको समर्थन मूल्यप्रति किसान असहमत

ramarosan-rood

इन्धनको मूल्यवृद्धि र अभावले सुदूरपश्चिमका गौरवका आयोजना ठप्प हुने अवस्थामा

Bepatta

मलामी गएका पुरुष महाकाली नदीमा डुबेर बेपत्ता