"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिम प्रदेशको कुल बेरुजु ३ अर्ब ५४ करोड ८५ लाख ६८ हजार पुग्यो

No data was found

Khabar Raftar

जेठ १८ धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका कार्यालय र प्रदेश अन्तरगतका समिति तथा अन्य संस्थाको कुल बेरुजु ३ अर्ब ५४ करोड ८५ लाख ६८ हजार पुगेको छ । महालेखा परीक्षकको प्रतिवेदन २०८३ अनुसार आर्थिक वर्ष २०८१÷८२ सम्ममा प्रदेशमा कुल बेरुजु ३ अर्ब ५४ करोड ८५ लाख ६८ हजार पुगेको हो ।

गत वर्ष २ अर्ब ९८ करोड ४० लाख २० हजार बेरुजु रहेकोमा ४ करोड ८ लाख ४० हजार सम्परीक्षण भएर ४ लाख ९९ हजार सम्परीक्षणबाट थप भएको प्रतिवेदनमा उल्लेख छ । यस वर्ष सम्पन्न आर्थिक वर्ष २०८१÷०८२ को लेखा परीक्षणबाट ६० करोड ४८ लाख ८९ हजार बेरुजु थपिएको छ ।

जसअन्तर्गत यस वर्ष प्रदेशका सरकारी कार्यालय तर्फको बेरुजु ५५ करोड ५८ हजार ६३ लाख थपिएको छ भने समिति तथा अन्य संस्थातर्फको बेरुजु ४ करोड ९० लाख २६ हजार थपिएको छ । मन्त्रालय÷निकाय तर्फ थपिएको बेरुजु मध्ये सबैभन्दा धेरै भौतिक पूर्वाधार विकास मन्त्रालयको रहेको छ । यस मन्त्रालयको बेरुजु २७ करोड ६६ लाख ३१ हजार रहेको छ ।

जुन कुल बेरुजुको ४६.७७ प्रतिशत हुन आउँछ । जसमा ४ करोड ४६ लाख २ हजार असुल गर्नुपर्ने बेरुजु, १९ करोड ५५ लाख ३७ हजार अनियमित बेरुजु र ४ करोड २७ लाख ८९ हजार पेस्की बेरुजु रहेको छ । भौतिक पूर्वाधार पछि यस वर्ष सामाजिक विकास मन्त्रालयको बेरुजु धेरै थपिएको छ ।

यस मन्त्रालयमा असुल गर्नुपर्ने बेरुजु ५२ लाख ५७ हजार, अनियमित बेरुजु २० करोड ३८ लाख ६४ हजार, पेस्की ६२ लाख गरी २२ करोड १६ लाख १८ हजार बेरुजु थपिएको छ । जुन मन्त्रालय निकाय तर्फको कुल बेरुजुको ३५.६ प्रतिशत हो ।

अन्य मन्त्रालय निकायमा उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयको ४ करोड ४१ लाख ४२ हजार, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको ३ करोड २५ लाख ४ हजार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको २ करोड ८२ लाख ३३ हजार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको १५ लाख ७१ हजार र प्रदेश नीति तथा योजना आयोगको १ लाख ९० ह जार बेरुजु यस वर्ष थपिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रदेश लोक सेवा आयोग भने बेरुजु नहुने निकायका रूपमा रहेको जनाइएको छ । लेखा परीक्षण प्रतिवेदमा यस वर्ष १ सय ४१ प्रदेश कार्यालय र १८ संस्था तथा समितिको लेखा परीक्षण गरेकोमा ६२ वटा कार्यालयमा बेरुजु नदेखिएको उल्लेख छ ।

लेखा प्रतिवेदमा पछिल्लो तीन वर्षमा बेरुजु बर्षेनी बढ्दै गएको देखिन्छ । प्रदेशका सरकारी कार्यालय र समितिको लेखा परीक्षणमा २०८१ मा ३७ करोड ६३ लाख ९१ हजार बेरुजु देखिएकोमा २०८२ मा बढेर ५० करोड ६ लाख ९३ हजार पुगेको देखिन्छ । यस वर्ष थप १० करोड अझै बढेर ६० करोड ४८ लाख ८९ हजार बेरुजु पुगेको छ ।

भर्खरै

जुवातास खेलिरहेको अवस्थामा नगद सहित ९ जना पक्राउ
सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक
प्रदेश सरकारले २५ लाख भन्दा कमका योजनामा बजेट नदिने
सुदूरपश्चिम प्रदेशको कुल बेरुजु ३ अर्ब ५४ करोड ८५ लाख ६८ हजार पुग्यो
बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एक जना घाइते
सामुदायिक वन समुदायको आर्थिक, सामाजिक विकासको आधार बन्दै
सीमा विवादबारे गठित जाँचबुझ टोली लाम्पाटा पुगेर हुम्ला फर्कियो
जेठ २१ गतेबाट ‘धनगढी उत्सव–२०८३’ आयोजना हुने
बेलडाडीका किसानलाई उन्नत जातको आलुको बीउ सहित कृषि उपकरण वितरण
लागुऔषध विरुद्ध जनचेतनामूलक कार्यक्रम

धेरै कमेन्ट गरिएको

जुवातास खेलिरहेको अवस्थामा नगद सहित ९ जना पक्राउ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

juwa-tas-1-1623146512-1536x580

जुवातास खेलिरहेको अवस्थामा नगद सहित ९ जना पक्राउ

niti-karyakram-2

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक

b67611f2-bc8d-43ae-a945-71209fea86c4

प्रदेश सरकारले २५ लाख भन्दा कमका योजनामा बजेट नदिने

mukhyamantri-farwest_jAABjmaXiq_KNRZ8f2Oqf_wleqcse_1

सुदूरपश्चिम प्रदेशको कुल बेरुजु ३ अर्ब ५४ करोड ८५ लाख ६८ हजार पुग्यो

acc-tactor

बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एक जना घाइते

258589b2-9f93-42ec-890e-9d558fbb4cca

सामुदायिक वन समुदायको आर्थिक, सामाजिक विकासको आधार बन्दै

8bffa185-1a33-4edc-a9da-fd2a1c38bace

सीमा विवादबारे गठित जाँचबुझ टोली लाम्पाटा पुगेर हुम्ला फर्कियो

94086330-f775-4a1d-9695-ec0d84b8d94d

जेठ २१ गतेबाट ‘धनगढी उत्सव–२०८३’ आयोजना हुने