जेठ १८ धनगढी । कैलालीको धनगढीमा ‘धनगढी उत्सव–२०८३’ आयोजना हुने भएको छ । प्रभात मिडिया एण्ड इभेन्ट्स प्रालिको आयोजनामा यही जेठ २१ गतेबाट असार ११ गतेसम्म उत्सव सञ्चालन हुने भएको हो ।
आयोजक प्रभात मिडिया एण्ड इभेन्ट्स प्रालिले सोमबार पत्रकार सम्मेलन गर्दै उत्सवबारे जानकारी गराएको हो । स्थानीय प्रतिभा, कला,संस्कृतिका साथै व्यापार प्रवद्र्धनका लागि मेला आयोजना गर्न लागिएको प्रभात मिडिया एण्ड इभेन्ट्स प्रालिका अध्यक्ष प्रकाश क्षेडालले जानकारी गराए ।
धनगढीलाई चिनाउन, सकरात्मक सूचना प्रवाह गर्ने उदेश्यले ‘धनगढी उत्सव आयोजना गरिएको उनले बताए ।
गर्मीको समयमा मान्छेको गर्मीपना हटाउन साझको समयमा उत्सव सुरु गर्न लागेको जानकारी गराउदै उनले स्वस्थ मनोरञ्जन दिने तथा स्थानीय कलाकारको प्रवद्र्धन गर्ने उदेश्यले आयोजना गरिएको उत्सवमा दर्शकको माग अनुसार राष्ट्रिय कलाकार ल्याइने भए पनि स्थानीय कलाकारको प्रवद्र्धन गर्ने र बढीभन्दा बढी स्थानीय कलाकारलाई प्राथमिकता दिइने बताए ।
उत्सव करिब १५ लाख लगानीमा सम्पन्न हुने अनुमान गरिएको बताउदै उनले उत्सव अवलोकनका लागि सर्वसाधारणलाई ३० र विद्यार्थीलाई २० रपैया टिकट दर निर्धारण गरिएको उनले जानकारी गराए ।
उत्सव साँझ ५ बजेदेखि ९ राति बजेसम्म सञ्चालन हुने जानकारी गराईएको छ । उत्सव धनगढीस्थित ओम शान्ति अगाडीको खुला मैदानमा सञ्चालन हुने जानकारी गराईएको छ ।


