जेठ १८ कञ्चनपुर । बेलडाँडीका कृषकहरूलाई उन्नत जातको आलुको बीउ सहित कृषि यान्त्रिकीकरण सामाग्री वितरण गरिएको छ ।
आइतबार कृषि ज्ञान केन्द्र कञ्चनपुरको चालु आर्थिक वर्ष २०८२÷०८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको स्थानीय तह विशेष पकेट क्षेत्र विस्तार (आलु) कार्यक्रम मार्फत बेलडाडी गाउँपालिका वडा नम्बर २ का कृषकहरूलाई आवश्यक कृषि उपकरण तथा उन्नत बीउ वितरण गरेको हो ।
आलु खेती व्यावसायिक, आधुनिक र उत्पादनमुखी बनाउने उद्देश्यले कृषि ज्ञान केन्द्र कञ्चनपुर र सिद्ध बैजनाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको लागत साझेदारीमा संचालन गरिएको कार्यक्रम अन्तर्गत कृषकहरूलाई आलुको उन्नत बीउ सहित कृषि उपकरण वितरण गरिएको सहकारी सस्थाका कार्यालय प्रमुख सरद पाण्डेयले जानकारी गराए ।
किसानहरुलाई आलुको उन्नत बीउ, १४ थान साना सिँचाइ सेट, ५ थान पावर टिलर, ४ थान मिनी टिलर, ३ थान रोटाभेटर तथा २५ थान स्प्रे ट्याङ्की वितरण गरिएको हो । कृषकहरुलाई वितरण गरिको सामग्रीले खेतीको लागत घटाउने, श्रम बचत गर्ने तथा उत्पादन वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।


