"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

लागुऔषध विरुद्ध जनचेतनामूलक कार्यक्रम

No data was found

Khabar Raftar

जेठ १८ धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर– ५ गेटामा लागू औषध दुव्र्यसन सम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ । सोमबार वडा कार्यालयको सहयोगमा तथा प्रहरी चौकी गेटासँगको सहकार्यमा अत्तरिया मिडिया प्रालिले कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक लोकेन्द्र सिंह ठगुन्नाले लागू औषध र कानुनी प्रक्रियाका बारेमा जानकारी गराएका थिए भने गोपाल जोशीले लागू औषधको प्रयोगबाट समाजमा हुने असरका बारेमा जानकारी गराएका थिए ।

प्रशिक्षण कार्यक्रम अघि भएको उद्घाटन सत्रमा बोल्दै वडा अध्यक्ष शुद्धिराम चौधरीले मानिसले आफ्नो अमूल्य जीवन लागू औषधको दलदलमा फसेर बिगार्न नहुने बताएका थिए । उनले आफ्नो शरीरको बारेमा सोच्ने मानिस नै अरूको बारेमा सोच्न सक्ने भएकाले आफैलाई माया गर्ने मानिस लागू औषधको दुव्र्यसनीमा नफस्ने बताए । ‘मानिसले बसैभन्दा बढी माया गर्ने भनेको आफ्नो शरीर हो’ उनले भने ‘तर, लत लागेपछि मानिस शरीरको माया गर्न छोड्छ ।

हामी आफ्नो शरीरका लागि सोच्दैनौ भने अरूका बारेमा सोच्ने कुरा हुँदैन ।’लतले मानिसलाई केही पनि सोच्न नसक्ने बनाउने भएकाले यसबाट टाढा रहन आवश्यक रहेको उनले बताए । जेष्ठ नागरिक समाजका वडा संयोजक अमर बोहराले लागू औषध घरबाटै निर्मूल गर्न सकिने बताए । उनले अभिभावकले विशेष निगरानी राखेमा लागू औषध नियन्त्रण गर्न सहज हुने बताए ।

‘आफ्नो बच्चालाई हरेक क्षणमा निगरानी राख्नुपर्ने बताउदै उनले ‘घरबाट अभिभावक र विद्यालयमा शिक्षकहरूले निगरानी राखेमा लागू औषधबाट बालबालिकालाई जोगाउन सकिने बताए । सिद्ध बाबा माध्यामीक विद्यालयका शिक्षक सुमन श्रेष्ठले लागू औषधको कुलतमा बालबालिका युवा फसेमा देशको भविष्य नै अन्धकार हुने बताए ।

लागू औषधको नियन्त्रणका लागि सबै निकायको सहकार्य हुन आवश्यक रहेको बताउँदै घरमा अभिभावक, विद्यालयमा शिक्षकले मोनटरिङ गरेमा यसको नियन्त्रणमा सहयोग पुग्ने बताए । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक, समाजका अगुवा लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरूले सबै पक्ष समेटेर आयोजना गरिएको कार्यक्रम प्रभावकारी भएको बताउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा सहभागी किरण भट्टले कार्यक्रम प्रभावकारी भमएको बताउदै कार्यक्रममा सहभागी सबैले समाजमा लागू औषध नियन्त्रणका लागि भूमिका खेल्नुपर्ने बताएका थिए ।

भर्खरै

जुवातास खेलिरहेको अवस्थामा नगद सहित ९ जना पक्राउ
सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक
प्रदेश सरकारले २५ लाख भन्दा कमका योजनामा बजेट नदिने
सुदूरपश्चिम प्रदेशको कुल बेरुजु ३ अर्ब ५४ करोड ८५ लाख ६८ हजार पुग्यो
बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एक जना घाइते
सामुदायिक वन समुदायको आर्थिक, सामाजिक विकासको आधार बन्दै
सीमा विवादबारे गठित जाँचबुझ टोली लाम्पाटा पुगेर हुम्ला फर्कियो
जेठ २१ गतेबाट ‘धनगढी उत्सव–२०८३’ आयोजना हुने
बेलडाडीका किसानलाई उन्नत जातको आलुको बीउ सहित कृषि उपकरण वितरण
लागुऔषध विरुद्ध जनचेतनामूलक कार्यक्रम

धेरै कमेन्ट गरिएको

जुवातास खेलिरहेको अवस्थामा नगद सहित ९ जना पक्राउ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

juwa-tas-1-1623146512-1536x580

जुवातास खेलिरहेको अवस्थामा नगद सहित ९ जना पक्राउ

niti-karyakram-2

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक

b67611f2-bc8d-43ae-a945-71209fea86c4

प्रदेश सरकारले २५ लाख भन्दा कमका योजनामा बजेट नदिने

mukhyamantri-farwest_jAABjmaXiq_KNRZ8f2Oqf_wleqcse_1

सुदूरपश्चिम प्रदेशको कुल बेरुजु ३ अर्ब ५४ करोड ८५ लाख ६८ हजार पुग्यो

acc-tactor

बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एक जना घाइते

258589b2-9f93-42ec-890e-9d558fbb4cca

सामुदायिक वन समुदायको आर्थिक, सामाजिक विकासको आधार बन्दै

8bffa185-1a33-4edc-a9da-fd2a1c38bace

सीमा विवादबारे गठित जाँचबुझ टोली लाम्पाटा पुगेर हुम्ला फर्कियो

94086330-f775-4a1d-9695-ec0d84b8d94d

जेठ २१ गतेबाट ‘धनगढी उत्सव–२०८३’ आयोजना हुने