जेठ १७ दार्चुला । दार्चुला र बझाङबाट अवैध बालुवा उत्खनन् गर्ने ५ वटा ट्याक्टर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर–५ र बझाङको मष्टा गाउँपालिका वडा नम्बर–१ को नदी किनारबाट अवैध रुपमा बालुवा उत्खनन् तथा ओसारपसार गरिरहेका ५ वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिइ आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी गराएको छ ।
Post Views: 7


