"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

२१ खर्ब २४ अर्ब ३४ करोड बजेट सार्वजनिक

No data was found

Khabar Raftar

जेठ १५ काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । उपप्रधान तथा अर्थमन्त्री स्वर्णीम बाग्लेले संघीय संसद्को संयुक्त बैठकमा २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका हुन ।

पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब रहने र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब विनियोजन गरिने उनले बताएका छन । त्यसैगरी राजस्व १४ खर्ब ४ अर्बको रहने उनले बताएका छन् । अनुदानतर्फ ६१ अर्ब ७४ करोड, वैदेशिक ऋणतर्फ २ खर्ब ४७ अर्ब रहने उनले बताएका छन् ।

जसमा आन्तरिक ऋणतर्फबाट ४ खर्ब १० अर्ब र चालुतर्फ १२ खर्ब ७० अर्ब रहने    छ । बजेट प्रस्तुत गर्दै उनले आर्थिक सुधार, उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको बताएका छन् । सरकारले आगामी वर्षका लागि चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्थापनतर्फ बजेट विनियोजन गरेको उनले जानकारी गराएका छन ।

बजेटमा कृषि, ऊर्जा, शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना प्रविधि तथा पूर्वाधार विकासका कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको छ । त्यसैगरी सुशासन प्रवद्र्धन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान तथा निजी क्षेत्रको लगानी प्रोत्साहनलाई पनि बजेटको मुख्य उद्देश्य बनाइएको सरकारले जनाएको छ ।

सरकारले राजस्व परिचालन, वैदेशिक सहायता तथा आन्तरिक ऋणमार्फत बजेटको स्रोत व्यवस्थापन गर्ने लक्ष्य लिएको छ । बजेटमा सामाजिक सुरक्षा कार्यक्रमलाई निरन्तरता दिइएको छ भने रोजगार सिर्जना, उद्यमशीलता विकास र उत्पादनमुखी क्षेत्रलाई सहुलियत दिने कार्यक्रम समावेश गरिएको छ ।

त्यसैगरी, शिक्षा र स्वास्थ्य क्षेत्रमा पहुँच तथा गुणस्तर सुधार गर्ने, सडक तथा ऊर्जा पूर्वाधार विस्तार गर्ने र डिजिटल अर्थतन्त्रलाई प्रवद्र्धन गर्ने योजना पनि बजेटमा समेटिएको छ । अर्थमन्त्रीले आर्थिक अनुशासन कायम गर्दै विकास निर्माणका कामलाई प्रभावकारी बनाइने बताएका छन् । सरकारले आगामी आर्थिक वर्षमा आर्थिक वृद्धि र स्थायित्व हासिल गर्ने लक्ष्य राखेको जानकारी गराईएको छ ।

भर्खरै

जुवातास खेलिरहेको अवस्थामा नगद सहित ९ जना पक्राउ
सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक
प्रदेश सरकारले २५ लाख भन्दा कमका योजनामा बजेट नदिने
सुदूरपश्चिम प्रदेशको कुल बेरुजु ३ अर्ब ५४ करोड ८५ लाख ६८ हजार पुग्यो
बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एक जना घाइते
सामुदायिक वन समुदायको आर्थिक, सामाजिक विकासको आधार बन्दै
सीमा विवादबारे गठित जाँचबुझ टोली लाम्पाटा पुगेर हुम्ला फर्कियो
जेठ २१ गतेबाट ‘धनगढी उत्सव–२०८३’ आयोजना हुने
बेलडाडीका किसानलाई उन्नत जातको आलुको बीउ सहित कृषि उपकरण वितरण
लागुऔषध विरुद्ध जनचेतनामूलक कार्यक्रम

धेरै कमेन्ट गरिएको

जुवातास खेलिरहेको अवस्थामा नगद सहित ९ जना पक्राउ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

juwa-tas-1-1623146512-1536x580

जुवातास खेलिरहेको अवस्थामा नगद सहित ९ जना पक्राउ

niti-karyakram-2

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक

b67611f2-bc8d-43ae-a945-71209fea86c4

प्रदेश सरकारले २५ लाख भन्दा कमका योजनामा बजेट नदिने

mukhyamantri-farwest_jAABjmaXiq_KNRZ8f2Oqf_wleqcse_1

सुदूरपश्चिम प्रदेशको कुल बेरुजु ३ अर्ब ५४ करोड ८५ लाख ६८ हजार पुग्यो

acc-tactor

बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एक जना घाइते

258589b2-9f93-42ec-890e-9d558fbb4cca

सामुदायिक वन समुदायको आर्थिक, सामाजिक विकासको आधार बन्दै

8bffa185-1a33-4edc-a9da-fd2a1c38bace

सीमा विवादबारे गठित जाँचबुझ टोली लाम्पाटा पुगेर हुम्ला फर्कियो

94086330-f775-4a1d-9695-ec0d84b8d94d

जेठ २१ गतेबाट ‘धनगढी उत्सव–२०८३’ आयोजना हुने