"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

देशभर १९ औँ गणतन्त्र दिवस विभिन कार्यक्रम गरी मनाइयो

No data was found

Khabar Raftar

जेठ १५ धनगढी । नेपाली जनताको दशकौँ लामो सङ्घर्ष, त्याग र बलिदानको ऐतिहासिक उपलब्धिका रूपमा स्थापित १९औँ सङ्घीय लोकतान्त्रिक गणतन्त्र दिवस शुक्रबार देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । वि.सं. २०६५ साल जेठ १५ गते जननिर्वाचित संविधान सभाको पहिलो बैठकले २ सय ४० वर्ष लामो निरङ्कुश राजतन्त्रको अन्त्य गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको दिनलाई सम्झदै १९औँ सङ्घीय लोकतान्त्रिक गणतन्त्र दिवस शुक्रबार देशभर विभिन्न कार्यक्रम गरी मनाइएको हो ।

सोही ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिएको छ । तत्कालीन सात वटा राजनीतिक दलको नेतृत्वमा भएको जनआन्दोलन तथा नेकपा (माओवादी) को सशस्त्र आन्दोलनको उपलब्धिका रूपमा मुलुकले गणतान्त्रिक शासन व्यवस्था प्राप्त गरेको हो । गणतन्त्र स्थापनासँगै नेपाली जनताले नागरिक सर्वोच्चता, स्वतन्त्रता, समावेशी समानुपातिक लोकतन्त्र तथा सामाजिक न्यायको अधिकार सुनिश्चित गरेका थिए ।

गणतन्त्र दिवसलाई जनताले वंशीय शासनमाथि विजय हासिल गरेको उत्सवका रूपमा समेत लिने गरिएको छ । लोकतान्त्रिक गणतन्त्रले जनतालाई राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गर्दै समुन्नत राष्ट्र निर्माणको मार्ग तय गरेको विश्वास गरिएको छ । यस वर्षको गणतन्त्र दिवसका अवसरमा काठमाडौँस्थित सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेर मनाइृएको छ ।

कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उच्च पदस्थ सरकारी अधिकारी, राजनीतिक दलका नेता तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । समारोहमा लोकतन्त्रका लागि सहादत प्राप्त गर्ने सहिदहरु प्रति श्रद्धाञ्जलि अर्पण गरिनुका साथै आन्दोलन र सङ्घर्षमा योगदान दिने अग्रजहरूको स्मरण गरिएको थियो ।

समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक व्यवस्था परिवर्तनले मात्र युगको अपेक्षा पूरा नहुने बताएका थिए । राज्यसत्ताको चरित्र, राजनीतिक निष्ठा, आचरण र मूल्य मान्यतामा समेत परिवर्तन आवश्यक रहेको धारणा उनले व्यक्त गरेका थिए । अन्यथा, व्यवहारले राजनीतिक परिवर्तनलाई पुष्टि नगर्ने राष्ट्रपति पौडेलले बताएका थिजए ।

गणतन्त्रको मर्यादा जोगाउन तथा यसलाई थप सुदृढ बनाउन राजनीतिक दल, सरकार र नेतृत्व एकताबद्ध भएर अघि बढ्नु पर्नेमा उनले जोड दिएका थिए । सामाजिक न्याय, विकास र समृद्धिलाई गणतन्त्रको मूल लक्ष्यका रूपमा स्थापित गर्नुपर्ने बताउदै राष्ट्रपतिले सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता तथा सामाजिक उन्नतिलाई सरकारको प्राथमिकतामा राखिएको जानकारी गराए ।

ढिलासुस्ती, अनियमितता र बेथिति लोकतान्त्रिक गणतन्त्रका प्रमुख चुनौती भएको बताउदै उनले नागरिकमा आशा र विश्वास कायम गर्ने गरी काम गर्न सबै पक्षलाई आग्रह गरेका थिए । प्रत्येक नागरिकको जीवनमा आशाको दियो नबले सम्म रगत र पसिनासँग साटेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पूरा नहुने बताउदै राष्ट्रपति पौडेलले आर्थिक विकास र समृद्धिबाट शासन व्यवस्थालाई नागरिकको जीवनसँग जोड्न सकिने बताए ।

राजनीतिक उपलब्धिलाई व्यवहारमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याउदै उनले स्थानीय र प्रदेश सरकारले संविधान बमोजिम जिम्मेवारी निर्वाह गरिरहेको बताए र्। जनताका घरआँगनबाट लोकतान्त्रिक अभ्यास सुदृढ भइरहेको उनले बताए । त्यसैगरी देशभरका सरकारी तथा गैरसरकारी निकायले विविध कार्यक्रमको आयोजना गरी गणतन्त्र दिवस मनाएका छन ।

विभिन्न राजनीतिक दलका नेताहरूले गणतन्त्रलाई केवल राजनीतिक व्यवस्था नभई नागरिक अधिकार, समृद्धि र लोकतान्त्रिक संस्कृतिसँग जोडिएको जीवनशैलीका रूपमा स्थापित गर्नुपर्ने बताएका छन् । त्यसैगरी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले गणतन्त्र नेपाली जनताको ऐतिहासिक उपलब्धि भएको बताएका छन् ।

शुक्रबार १९औं गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै उनले गणतन्त्र स्थापना केवल शासन प्रणाली परिवर्तन नभई जनताको सार्वभौम अधिकार, आत्मसम्मान,समानता र लोकतान्त्रिक आकांक्षाको विजय भएको बताए । वि.सं. २०६५ साल जेठ १५ गते स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रले राज्य सञ्चालनमा जनताको प्रत्यक्ष सहभागिता सुनिश्चित गरेको उनले बताए ।

मुख्यमन्त्री शाहले गणतन्त्र  स्थापनाका लागि जीवन उत्सर्ग गर्ने ज्ञात तथा अज्ञात शहीदहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनका क्रममा घाइते तथा अपाङ्गता भएका व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन । साथै परिवर्तनका पक्षमा उभिने राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी तथा सम्पूर्ण जनता प्रति उनले सम्मान व्यक्त गरेका छन ।

सुदूरपश्चिम प्रदेश प्राकृतिक स्रोत, जैविक विविधता, कृषि, पर्यटन, जलस्रोत, जडीबुटी र सीमापार व्यापारका हिसाबले अत्यन्त सम्भावनायुक्त रहेको बताउदै उनले भारत र चीनजस्ता ठूला आर्थिक शक्तिसँगको भौगोलिक निकटताले प्रदेशलाई व्यापार र लगानीको केन्द्र बन्ने अवसर प्रदान गरेको बताए ।

प्रदेश सरकारले उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधार विकास, गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा र कृषि आधुनिकीकरणलाई प्राथमिकतामा राखेको जानकारी गराउदै मुख्यमन्त्री शाहले सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता जाहेर गरे ।

उनले आत्मनिर्भर र समुन्नत सुदूरपश्चिम निर्माणका लागि संघ, स्थानीय तह, निजी क्षेत्र तथा नागरिकबीच सहकार्य आवश्यक रहेको बताए । विकासका लागि सबैको साझा प्रयास अपरिहार्य हुने बताउदै मुख्यमन्त्री शाहले गणतन्त्रको रक्षा, संविधानको प्रभावकारी कार्यान्वयन र सामाजिक सद्भाव कायम राख्दै समृद्ध नेपाल निर्माणमा एकजुट हुन सबैलाई आह्वान गरे ।

गणतन्त्र दिवसले लोकतान्त्रिक मूल्य, समावेशी विकास र सामाजिक न्यायप्रति थप प्रतिबद्ध बन्न प्रेरणा मिलोस् भन्ने उनले शुभकामना व्यक्त गरे । त्यसैगरी सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलले राष्ट्रिय एकता आजको प्रमुख आवश्यकता भएको बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्र दिवस–२०८३ का अवसरमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा धनगढीमा आयोजित कार्यक्रममा बोल्दै उनले गणतन्त्रको संरक्षण, सुशासन र राष्ट्रिय एकतालाई सुदृढ बनाउन सबै पक्ष जिम्मेवार बन्नु पर्ने बताए ।

रावलले नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप मजबुत बनाउन राजनीतिक दल, नागरिक समाज र युवापुस्ताको भूमिका महत्वपूर्ण रहेको बताए । संविधान मार्फत स्थापित संघीय शासन प्रणालीले जनताको अधिकार सुनिश्चित गरेको भए पनि सुशासन, पारदर्शिता र जनउत्तरदायित्वको क्षेत्रमा अझै सुधार आवश्यक रहेको उनले बताए ।

राजनीतिक अस्थिरता,भ्रष्टाचार, बेरोजगारी र युवा पलायन अहिलेका मुख्य चुनौती भएको बताउदै उनले लोकतन्त्रलाई केवल राजनीतिक व्यवस्था नभई नैतिक जिम्मेवारी र जनउत्तर दायित्वको आधारमा अघि बढाउनु पर्ने बताए ।

राष्ट्रियता केवल सीमाको सुरक्षा मात्र नभई भाषा, संस्कृति, पहिचान र सार्वभौम निर्णय क्षमताको संरक्षणसँग पनि जोडिएको उनले बताए । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश प्रमुख नजिर मियाँ प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय, नागरिक समाज, पत्रकार तथा सर्वसाधारणको सहभागिता रहेको थियो । कार्यक्रमको अन्त्यमा सहभागीहरूले लोकतन्त्रको सुदृढीकरण, सुशासन, समृद्धि र राष्ट्रिय एकताको मार्गमा सबै एकजुट भएर अघि बढ्नु पर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

भर्खरै

जुवातास खेलिरहेको अवस्थामा नगद सहित ९ जना पक्राउ
सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक
प्रदेश सरकारले २५ लाख भन्दा कमका योजनामा बजेट नदिने
सुदूरपश्चिम प्रदेशको कुल बेरुजु ३ अर्ब ५४ करोड ८५ लाख ६८ हजार पुग्यो
बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एक जना घाइते
सामुदायिक वन समुदायको आर्थिक, सामाजिक विकासको आधार बन्दै
सीमा विवादबारे गठित जाँचबुझ टोली लाम्पाटा पुगेर हुम्ला फर्कियो
जेठ २१ गतेबाट ‘धनगढी उत्सव–२०८३’ आयोजना हुने
बेलडाडीका किसानलाई उन्नत जातको आलुको बीउ सहित कृषि उपकरण वितरण
लागुऔषध विरुद्ध जनचेतनामूलक कार्यक्रम

धेरै कमेन्ट गरिएको

जुवातास खेलिरहेको अवस्थामा नगद सहित ९ जना पक्राउ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

juwa-tas-1-1623146512-1536x580

जुवातास खेलिरहेको अवस्थामा नगद सहित ९ जना पक्राउ

niti-karyakram-2

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक

b67611f2-bc8d-43ae-a945-71209fea86c4

प्रदेश सरकारले २५ लाख भन्दा कमका योजनामा बजेट नदिने

mukhyamantri-farwest_jAABjmaXiq_KNRZ8f2Oqf_wleqcse_1

सुदूरपश्चिम प्रदेशको कुल बेरुजु ३ अर्ब ५४ करोड ८५ लाख ६८ हजार पुग्यो

acc-tactor

बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एक जना घाइते

258589b2-9f93-42ec-890e-9d558fbb4cca

सामुदायिक वन समुदायको आर्थिक, सामाजिक विकासको आधार बन्दै

8bffa185-1a33-4edc-a9da-fd2a1c38bace

सीमा विवादबारे गठित जाँचबुझ टोली लाम्पाटा पुगेर हुम्ला फर्कियो

94086330-f775-4a1d-9695-ec0d84b8d94d

जेठ २१ गतेबाट ‘धनगढी उत्सव–२०८३’ आयोजना हुने