जेठ १३ धनगढी । नागरिक उन्मुक्ति पार्टी नेपालका नेता रेशम चौधरीले सुदूरपश्चिम प्रदेशका ५ जना सांसद आफ्नो पक्षमा रहेको दाबी गरेका छन् । बुधबार कैलालीको धनगढीमा पत्रकारहरूसँग कुरा गदै चौधरीले ५ जना सांसद आफ्नो पक्षमा रहेको दाबी गरेका हुन । भेटघाटमा उनले ५ जना मध्ये २ जना सांसदले पद गए पनि साथ नछोड्ने बताइसकेको बताए । साबिक नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट प्रदेशसभामा ७ जना सांसद रहेका छन् ।
नेकपासँग एकता भएपछि उनीहरूलाई नेकपाकै सांसदको सूचीमा राखिएको छ । तर, रेशम चौधरीले ७ मध्ये ५ जना सांसद अहिले पनि एकताको विपक्षमा रहेको र आफूहरूसँगै रहेको दाबी गरेका हुन । उनले लुम्बिनी प्रदेशका ३ जना र मधेश प्रदेशका १ जना सांसद पनि आफ्नो पक्षमा रहेको बताएका छन ।
‘सुदूरपश्चिम प्रदेशमा ५ जना, लुम्बिनी प्रदेशमा ३ जना र मधेश प्रदेशमा १ जना सांसद आफुसंग भएको उनले दावी गरेका हुन । अधिकांश स्थानीय तहका जनप्रतिनिधि पनि साथमै रहेको बताउदै उनले सुदूरपश्चिम प्रदेशका ५ जना मध्ये २ जना सांसदले पद गए पनि साथ नछोड्ने बताएको जानकारी गराए ।
पूर्वमन्त्री रामेश्वर चौधरी, घनश्याम चौधरी, लक्ष्मणकिशोर चौधरी, इन्दिरा गिरी र टिक थापाको नाम उल्लेख गर्दै उनले उनीहरू आफुसँगै रहेको दाबी गरेका छन । पूर्वमन्त्री खुशीराम चौधरी र कैलाश चौधरी बारे भने उनले कुनै कुरा बोलेनन । सुदूरपश्चिम प्रदेश सरकार परिवर्तनको विषयमा पनि रेशम चौधरीले केही बेरअघि नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग संवाद भएको बताए । प्रचण्डले फोन गरेको बताउदै उनले सुदूरपश्चिममा ५ जना छौँ, हामीले केही गर्न सक्दैनौँ भन्ने जवाफ र्दिएको बताए ।
सुदूरपश्चिम प्रदेशमा अहिलेको अवस्थामा सरकार नचलाएकै राम्रो हुने उनले बताए । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दिल्ली जाने विषयले पनि पार्टी भित्र देखिएको समस्यालाई उजागर गरेको टिप्पणी गरे ।‘सभापति दिल्ली जाने कुरा छ । धरातलमा हलचल देखिएको छ । प्रधानमन्त्री सदनमा नजाने, राष्ट्रपतिको सम्बोधनमा पनि उपस्थित नहुने कुरा गम्भीर विषय भएको उनले बताए ।


