चैत्र २७ काठमाण्डौ । प्रतिनिधि सभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर निर्वाचित भएकी छिन् । शुक्रबार भएको उपसभामुखको निर्वाचनमा राप्रपाकी सरस्वती लामालाई हराउँदै रुवीकुमारी विजयी भएकी हुन् ।
शुक्रबार उपस्थित भएका २ सय ५७ मध्ये रुवीकुमारीले १ सय १५ मत पाउँदा राप्रपाकी लामाले ५ मत मात्रै पाइन् । रुबीकुमारीलाई सत्तारुढ दल रास्वपा, कांग्रेस, नेकपाले समर्थन गरेको थियो ।
Post Views: 24


