"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले विजयी

No data was found

Khabar Raftar

फागुन २२ तनहुँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उपसभापति डाः स्वर्णिम वाग्ले विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायका अनुसार शनिबार बिहान सम्पन्न मतगणनामा वाग्लेले ३८ हजार ४० मत प्राप्त गर्दै जित हात पारेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले १६ हजार २ सय ३१ मत प्राप्त गरेर विजयी भएका हुन ।

त्यसैगरी नेकपा एमालेकी भगवती न्यौपानेले ५ हजार ८ सय ३० मत र नेपाल कम्युनिष्ट पार्टीका विद्यानाथ ढकालले २ हजार ३ सय ९३ मत पाएकी छिन । यस निर्वाचन क्षेत्रमा कुल १ लाख २६ हजार ८ सय ८२ मतदाता रहेकामा ६८ हजार १ सय २९ मत खसेको थियो । वाग्ले तनहुँ–१ बाट दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

यसअघि विसं २०८० वैशाख १० गते भएको उपनिर्वाचनमा पनि उनले ३४ हजार ९ सय ११ मत प्राप्त गर्दै जित हासिल गरेका   थिए । त्यतिबेला पनि उनका प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराई थिए, जसले २० हजार १ सय २२ मत पाएका थिए । विसं २०३१ सालमा गोरखाको बुङ्कोटमा जन्मिएका डाः वाग्ले एक चर्चित अर्थशास्त्री, नीतिविज्ञ तथा राजनीतिज्ञ हुन् ।

उनले राष्ट्रिय योजना आयोगका सदस्य र उपाध्यक्षका रूपमा काम गरिसकेका छन् । साथै, उनीसँग संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को एशिया–प्रशान्त क्षेत्रका प्रमुख आर्थिक सल्लाहकारको अनुभव पनि छ ।

लण्डन स्कुल अफ इकोनमिक्स, हार्वर्ड विश्वविद्यालय र अष्ट्रेलियन नेशनल विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका वाग्ले विसं २०७१ मा नेपाल फर्किएका थिए । आर्थिक नीति, विकास योजना र सार्वजनिक नीतिमा उनको गहिरो अध्ययन र अनुभव रहेको मानिन्छ ।

भर्खरै

फरक क्षमता भएका बालबालिकाको स्याहारमा समस्या
दलित समुदायबाट संस्कृतमा आचार्य गर्ने दमाईलाई धनगढीमा विशेष जिम्मेवारी
सुदूरपश्चिममा सिस्नु चिलाएर बिसु पर्व मनाईयो
आज बैशाख १ गते नयाँ वर्ष २०८३ सुरु
आउँदो शैक्षिक सत्र देखि गेटामै एमबीबीएस पढाइ हुने
लागत खर्च पनि नउठ्ने भएपछि गहुँको समर्थन मूल्यप्रति किसान असहमत
इन्धनको मूल्यवृद्धि र अभावले सुदूरपश्चिमका गौरवका आयोजना ठप्प हुने अवस्थामा
मलामी गएका पुरुष महाकाली नदीमा डुबेर बेपत्ता
थारु आयोगद्वारा नीति कार्यान्वयनको अवस्था सम्बन्धी टिकापुरमा समीक्षा
सामाजिक न्यायका लागी मानविय विकासमा जोड

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Tikapur-Nagarpalika-1751952676

फरक क्षमता भएका बालबालिकाको स्याहारमा समस्या

gopal-hamal-1_rgxoTqmqYV-1-768x369

दलित समुदायबाट संस्कृतमा आचार्य गर्ने दमाईलाई धनगढीमा विशेष जिम्मेवारी

bisu-parba

सुदूरपश्चिममा सिस्नु चिलाएर बिसु पर्व मनाईयो

naya-barsa-2083

आज बैशाख १ गते नयाँ वर्ष २०८३ सुरु

WhatsApp-Image-2026-04-08-at-17.09.53-1-768x512

आउँदो शैक्षिक सत्र देखि गेटामै एमबीबीएस पढाइ हुने

images

लागत खर्च पनि नउठ्ने भएपछि गहुँको समर्थन मूल्यप्रति किसान असहमत

ramarosan-rood

इन्धनको मूल्यवृद्धि र अभावले सुदूरपश्चिमका गौरवका आयोजना ठप्प हुने अवस्थामा

Bepatta

मलामी गएका पुरुष महाकाली नदीमा डुबेर बेपत्ता