"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

निर्बाचन शान्तिपूर्ण रुपमा सम्पन्न गरौ

No data was found

Khabar Raftar

यही फागुन २१ गते अर्थात भोली प्रतिनिधि सभाको निर्वाचन हुदै छ । देशभर चुनावी प्रचार प्रसारका गतिविधि सकिएर अहिले हामी मौन अबधीमा छौ । घरदैलो, सभा–सम्मेलन, प्रतिबद्धता पत्र र घोषणा पत्र पार्टी र उम्मेद्वाराहरुले गरी सकेका छन । मंगलबार राती १२ बजेदेखि मौन अवधि शुरु भईसकेको छ । लोकतन्त्रको वास्तविक परीक्षा शुरु हुने अबधी मौन अबधी हो । पछिल्ला केही सातादेखि उम्मेदवारहरूले मतदाताको ढोकासम्म पुगेर आफना एजेन्डा राखिसकेका छन । स्थानीय आवश्यकतास“ग जोडिएका आ–आफ्ना प्रतिबद्धता सार्वजनिक गरीसकेका छन ।

लोकतन्त्रमा प्रतिस्पर्धा स्वाभाविक हो, मत माग्नु पनि अधिकार हो । अधिकारस“गै कर्तव्य पनि जोडिएको हुदा आचार संहिताको अक्षरस पालना गर्नु कर्तब्य हो । निर्वाचन आयोगले जारी गरेको आचारसंहिता अधिकांश स्थानमा पालना भएको देखिए पनि केही ठाउ“मा उल्लंघनका घटना पनि सार्वजनिक भएका छन् । मौन अवधि भनेको मौन बस्ने मात्र समय होइन, आत्मपरीक्षणको समय हो । मतदाताले हल्ला–हुल्लडबाट अलग भई तथ्य, एजेन्डा र उम्मेदवारको विगत–वर्तमानको मूल्यांकन गर्ने अवसर हो । बझाङमा मतदान अधिकृत नै एमालेको रात्री भोजमा सहभागी भएर मदिरा सेवन गरेका छन ।

भोजको आयोजना गर्नु र मतदान अधिकृत भोजमा सहभागी हुनु दुईटै निर्बाचन आचार संहिता र मौन अबधीको उपहास गर्नु हो । मौन अवधिमा भएका यस्ता प्रकारका आचारसंहिता उल्लंघनका घटनामा कठोर कारबाही गरिनु पर्छ । नियम सबैका लागि समान हो भन्ने सन्देश प्रबाह गर्न जरुरी छ । निर्वाचनको निष्पक्षता लोकतन्त्रको मेरुदण्ड हो । आयोग, सुरक्षाकर्मी, कर्मचारीतन्त्र, नागरिक समाज र सञ्चारमाध्यम सबैले आफनो जिम्मेवारी इमानदारीपूर्वक निभाउनु पर्छ ।

सरकारको कर्तव्य सबै दल र उम्मेदवार प्रति समान व्यवहार गर्नु, सुविधा, सुरक्षा र अवसरमा कुनै भेदभाव नगर्नु हो । लोकतन्त्रको संस्कार कागजमा होइन, व्यवहारमा देखिनु पर्छ । मतदान गर्नु अधिकार मात्र होइन, उत्तरदायित्व पनि हो । पा“च वर्षको भविष्य निर्धारण गर्नु हो । निर्वाचन भयरहित, निष्पक्ष र मर्यादित वातावरणमा सम्पन्न गराउने जिम्मेवारी पनि मतदाताको हो । निर्बाचनमा सबै पक्षले संयम, जिम्मेवारी र पारदर्शिताको उच्चतम उदाहरण प्रस्तुत गर्न आवश्यक छ । निर्बाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न जरुरी छ ।

भर्खरै

फरक क्षमता भएका बालबालिकाको स्याहारमा समस्या
दलित समुदायबाट संस्कृतमा आचार्य गर्ने दमाईलाई धनगढीमा विशेष जिम्मेवारी
सुदूरपश्चिममा सिस्नु चिलाएर बिसु पर्व मनाईयो
आज बैशाख १ गते नयाँ वर्ष २०८३ सुरु
आउँदो शैक्षिक सत्र देखि गेटामै एमबीबीएस पढाइ हुने
लागत खर्च पनि नउठ्ने भएपछि गहुँको समर्थन मूल्यप्रति किसान असहमत
इन्धनको मूल्यवृद्धि र अभावले सुदूरपश्चिमका गौरवका आयोजना ठप्प हुने अवस्थामा
मलामी गएका पुरुष महाकाली नदीमा डुबेर बेपत्ता
थारु आयोगद्वारा नीति कार्यान्वयनको अवस्था सम्बन्धी टिकापुरमा समीक्षा
सामाजिक न्यायका लागी मानविय विकासमा जोड

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Tikapur-Nagarpalika-1751952676

फरक क्षमता भएका बालबालिकाको स्याहारमा समस्या

gopal-hamal-1_rgxoTqmqYV-1-768x369

दलित समुदायबाट संस्कृतमा आचार्य गर्ने दमाईलाई धनगढीमा विशेष जिम्मेवारी

bisu-parba

सुदूरपश्चिममा सिस्नु चिलाएर बिसु पर्व मनाईयो

naya-barsa-2083

आज बैशाख १ गते नयाँ वर्ष २०८३ सुरु

WhatsApp-Image-2026-04-08-at-17.09.53-1-768x512

आउँदो शैक्षिक सत्र देखि गेटामै एमबीबीएस पढाइ हुने

images

लागत खर्च पनि नउठ्ने भएपछि गहुँको समर्थन मूल्यप्रति किसान असहमत

ramarosan-rood

इन्धनको मूल्यवृद्धि र अभावले सुदूरपश्चिमका गौरवका आयोजना ठप्प हुने अवस्थामा

Bepatta

मलामी गएका पुरुष महाकाली नदीमा डुबेर बेपत्ता