"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

डडेल्धुरामा निर्माणाधीन सभाहल अलपत्र

No data was found

Khabar Raftar

कार्तिक २७ डडेल्धुरा । डडेल्धुराको कीर्तिपुरमा निर्माण हुन लागेको सभाहलको निर्माण कार्य अलपत्र परेको छ । सरकारी तथा निजी दुवै क्षेत्रमा सभाहलको अभाव भएकाले पूर्वाधारको आवश्यकता महसुस गरी सुरु गरिएको सभाहल निर्माणको काम अलपत्र परेको हो ।

जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगनसिंह भण्डारीले सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय मार्फत सभाहल निर्माणको प्रस्ताव स्वीकृत भएपछि जिल्ला समन्वय समितिको पहलमा काम थालिएको जानकारी गराए ।

डडेल्धुरामा सभाहल अत्यावश्यक भएको भन्दै यसका लागि पहल गरेको बताए ।ं दुई करोड पाँच लाख रुपैयाँ लागतमा दुई सय जना अट्ने क्षमता भएको सभाहल निर्माण गर्ने योजना बनाइएकोबताउदै उनले अहिले काम अलपत्र परेको बताए ।

पहिलो पटक आर्थिक वर्ष २०७९÷८० मा जग हालेर पिलरका लागि फलामका छड ठड्याइए पनि त्यसपछि काम अगाडि नबढेको उनले बताए । अहिले जगमा झारपात पलाइसकेको बताउदै उनले निर्माण स्थल जीर्ण अवस्थामा पुगेको बताए ।

जिल्ला समन्वय समितिको कार्यालय रहेको कीर्तिपुरको जग्गामा सभाहल निर्माण गर्नका लागि जग खनिएको बताउदै उनले पहिलो वर्ष ४० लाख रुपैयाँ खर्च गरी जग खनिएको र संरचना तयार पारिएको भए पनि त्यसपछि काम ठप्प भएको उनले बताए ।

सहरी विकास तथा भवन कार्यालयलाई पटक–पटक पत्राचार गरेको भए पनि कामले निरन्तरता पाउन नसकेको जिल्ला समन्वय समिति प्रमुख भण्डारीले बताए । भण्डारीका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले ४५ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

सहरी विकास तथा भवन कार्यालयले भवन निर्माणको जिम्मा पाएकोमा कार्यालयले निर्माण कम्पनीलाई कार्यादेश नदिँदा काम अघि बढ्न नसकेको बताईएको छ । फलस्वरूप रकम फ्रिज हुन गएको बताइएको छ ।

सभाहल निर्माणका लागि दुई करोड पाँचलाख रुपैयाँ लागत अनुमान सहित बहुवर्षीय योजना अन्तर्गत २०७९ सालमा ठेक्का आह्वान गरिएको थियो । पहिलो वर्षको काममा जग हाल्ने कार्य सम्पन्न भएको थियो ।

दोस्रो वर्ष बजेट नपर्दा काम रोकिएको थियो । पछिल्लो वर्ष केही रकम विनियोजन भए पनि विविध प्राविधिक समस्या देखाउदै काम अगाडी बढेको छैन ।

भर्खरै

फरक क्षमता भएका बालबालिकाको स्याहारमा समस्या
दलित समुदायबाट संस्कृतमा आचार्य गर्ने दमाईलाई धनगढीमा विशेष जिम्मेवारी
सुदूरपश्चिममा सिस्नु चिलाएर बिसु पर्व मनाईयो
आज बैशाख १ गते नयाँ वर्ष २०८३ सुरु
आउँदो शैक्षिक सत्र देखि गेटामै एमबीबीएस पढाइ हुने
लागत खर्च पनि नउठ्ने भएपछि गहुँको समर्थन मूल्यप्रति किसान असहमत
इन्धनको मूल्यवृद्धि र अभावले सुदूरपश्चिमका गौरवका आयोजना ठप्प हुने अवस्थामा
मलामी गएका पुरुष महाकाली नदीमा डुबेर बेपत्ता
थारु आयोगद्वारा नीति कार्यान्वयनको अवस्था सम्बन्धी टिकापुरमा समीक्षा
सामाजिक न्यायका लागी मानविय विकासमा जोड

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Tikapur-Nagarpalika-1751952676

फरक क्षमता भएका बालबालिकाको स्याहारमा समस्या

gopal-hamal-1_rgxoTqmqYV-1-768x369

दलित समुदायबाट संस्कृतमा आचार्य गर्ने दमाईलाई धनगढीमा विशेष जिम्मेवारी

bisu-parba

सुदूरपश्चिममा सिस्नु चिलाएर बिसु पर्व मनाईयो

naya-barsa-2083

आज बैशाख १ गते नयाँ वर्ष २०८३ सुरु

WhatsApp-Image-2026-04-08-at-17.09.53-1-768x512

आउँदो शैक्षिक सत्र देखि गेटामै एमबीबीएस पढाइ हुने

images

लागत खर्च पनि नउठ्ने भएपछि गहुँको समर्थन मूल्यप्रति किसान असहमत

ramarosan-rood

इन्धनको मूल्यवृद्धि र अभावले सुदूरपश्चिमका गौरवका आयोजना ठप्प हुने अवस्थामा

Bepatta

मलामी गएका पुरुष महाकाली नदीमा डुबेर बेपत्ता