"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलालीमा निर्वाचनका तयारीका काम तिब्रगतीमा हुँदै

No data was found

Khabar Raftar

कार्तिक १० धनगढी । कैलालीमा संघीय सरकारले फागुन २१ गतेका लागि घोषणा गरेको प्रतिनिधि सभाको निर्वाचनको तयारीका कामहरु तिब्रगतीमा भई रहेका   छन । कैलालीमा नयाँ मतदाता नामावली दर्ता गर्ने, मतदाता नामावली सार्ने, मतदाता नामावली सच्याउने, मतदान केन्द्रको अनुगमन गर्ने, निर्वाचन सामग्री अद्यावधि गर्ने लगायतका कामहरु तिब्रगतीमा भइरहेका हुन ।

निमित्त प्रदेश निर्वाचन कार्यालय, धनगढीका प्रमुख प्रेम भट्टले कार्यालयमा हाल मतदाता नामावली दर्ता र अद्यावधिको काम भइरहेको बताउदै कैलालीमा रहेका २ सय ३७ वटा मतदान स्थलको अनुगमन गर्ने काम पनि सँगसँगै भइरहेको जानकारी गराए ।

मतदान स्थलको अनुगमन गरिहरेको बताउदै उनले हालसम्म गौरीगंगा, गोदावरी, घोडाघोडी, लम्की चुहा, टीकापुरका धेरै मतदान स्थलको अवलोकन गरिसकेको बताए ।

पुराना मतपेटिकालाई पनि एक चरणको अद्यावधिक राख्ने काम गरिएको बताउदै उनले उनले कार्तिक ३० गते सम्म कार्यालयमा मतदाता नामावली दर्ताको काम भइरहेकाले अहिले त्यसमा बढी जोड दिइएको बताए ।

कैलालीमा असोज १० गतेदेखि मतदाता नामावलीमा नाम दर्ताको प्रक्रिया सुरु भएको थियो । आइतबार दिउँसो सम्म जिल्ला भित्र र बाहिरका गरेर १ हजार २ सय ६९ जनाले मतदाता नामावलीमा नाम गर्दा गराएको निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्ला भित्रका मात्रै १ हजार ४७ जना रहेका छन् भने ती मध्ये ६ सय ५८ जना पुरुष र ३ सय ८९ जना महिला रहेका छन् ।

त्यसैगरी जिल्ला बाहिरका २ सय २२ जनाले कैलालीबाट मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । जसमा १ सय ६१ जना पुरुष र ६१ जना महिला रहेका छन् । निर्वाचन आयोगले हाल आफू बसेकै जिल्लाबाट मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने व्यवस्था गरेको छ ।

निर्वाचन आयोगले बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म मतदाता नामावलीमा नाम दर्ता, बायोमेट्रिक तथा ठाउँ सच्याउने काम गर्दै आएको छ । कात्तिक ३१ गतेसम्म निर्वाचन आयोगले नाम दर्ताको काम गर्ने जनाएको छ । कैलालीमा ७ हजारसम्म नयाँ मतदाता थप हुन सक्ने अनुमान गरिएको छ ।

कैलालीमा २०७८ को जनगणना अनुसार ९ लाख ११ हजार १ सय ५५ जनसङ्ख्या रहेकोमा ५ लाख ३७ हजार मतदाता रहेका थिए । २०८१ चैत मसान्त सम्म कैलालीमा १८ वर्ष उमेर पुगेकाहरूको जनसङ्ख्या भने ५ लाख ३५ हजार ३ सय ४४ रहेको छ ।

कैलालीमा प्रतिनिधि सभा निर्वाचनका लागि ५ निर्वाचन क्षेत्र तोकिएका छन् । जसमा कैलाली क्षेत्र नम्बर १ मा १ लाख ६ हजार ७ सय ३, क्षेत्र नम्बर २ मा १ लाख ४ हजार ९ सय ६, क्षेत्र नम्बर ३ मा १ लाख ७ हजार ६ सय ५९, क्षेत्र नम्बर ४ मा १ लाख १० हजार ४ सय ५३ र क्षेत्र नम्बर ५ मा १ लाख ५ हजार ७ सय ९३ मतदाता रहेको प्रदेश निर्वाचन कार्यालय धनगढीले जनाएको छ । कैलालीमा ५ निर्वाचन क्षेत्र, २ सय ३७ मतदान स्थल र ६ सय २९ मतदान केन्द्र तोकिएका छन् ।

भर्खरै

फरक क्षमता भएका बालबालिकाको स्याहारमा समस्या
दलित समुदायबाट संस्कृतमा आचार्य गर्ने दमाईलाई धनगढीमा विशेष जिम्मेवारी
सुदूरपश्चिममा सिस्नु चिलाएर बिसु पर्व मनाईयो
आज बैशाख १ गते नयाँ वर्ष २०८३ सुरु
आउँदो शैक्षिक सत्र देखि गेटामै एमबीबीएस पढाइ हुने
लागत खर्च पनि नउठ्ने भएपछि गहुँको समर्थन मूल्यप्रति किसान असहमत
इन्धनको मूल्यवृद्धि र अभावले सुदूरपश्चिमका गौरवका आयोजना ठप्प हुने अवस्थामा
मलामी गएका पुरुष महाकाली नदीमा डुबेर बेपत्ता
थारु आयोगद्वारा नीति कार्यान्वयनको अवस्था सम्बन्धी टिकापुरमा समीक्षा
सामाजिक न्यायका लागी मानविय विकासमा जोड

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Tikapur-Nagarpalika-1751952676

फरक क्षमता भएका बालबालिकाको स्याहारमा समस्या

gopal-hamal-1_rgxoTqmqYV-1-768x369

दलित समुदायबाट संस्कृतमा आचार्य गर्ने दमाईलाई धनगढीमा विशेष जिम्मेवारी

bisu-parba

सुदूरपश्चिममा सिस्नु चिलाएर बिसु पर्व मनाईयो

naya-barsa-2083

आज बैशाख १ गते नयाँ वर्ष २०८३ सुरु

WhatsApp-Image-2026-04-08-at-17.09.53-1-768x512

आउँदो शैक्षिक सत्र देखि गेटामै एमबीबीएस पढाइ हुने

images

लागत खर्च पनि नउठ्ने भएपछि गहुँको समर्थन मूल्यप्रति किसान असहमत

ramarosan-rood

इन्धनको मूल्यवृद्धि र अभावले सुदूरपश्चिमका गौरवका आयोजना ठप्प हुने अवस्थामा

Bepatta

मलामी गएका पुरुष महाकाली नदीमा डुबेर बेपत्ता