"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

धनगढीमा श्रमाधान रोजगार मेला सुरु

No data was found

Khabar Raftar

जेठ २७ धनगढी । कैलालीको धनगढीमा श्रमाधान रोजगार मेला सुरु भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सात वटै प्रदेशमा सञ्चालन गरिरहेको श्रमाधान रोजगार मेला सुदूरपश्चिम प्रदेशमा आइतबारबाट सुरु भएको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले मेलाको उद्घाटन गदै उद्यमशीलता र रोजगारीको लागि अहिले अति आवश्यक रहेकाले मेलाले रोजगार दाता र रोजगारी खोज्ने बीच समन्वय कायम गर्ने विश्वास व्यक्त गरे । मेलाले स्वदेशमा रोजगारीको अवसर सिर्जना गरी आवश्यक जनशक्ति तयार गर्न कोशे ढुंगा साबित हुने उनले बताए ।

निजी क्षेत्र तथा सरकार मातहतका निकायहरूले एउटै थलोमा बसेर रोजगार सम्बन्धी सम्पूर्ण जानकारी लिन र दिन सक्ने मन्त्री भण्डारीले बताए । मन्त्री भण्डारीले सातै प्रदेशमा बिजनेस इकुमेशन सेन्टर सञ्चालन गरी स्टार्ट अप व्यवसायलाई अघि बढाइने बताए । वैदेशिक रोजगारीबाट फर्केका, पिछडिएका वर्ग अपाङगता भएकालाई उद्यमशीलतामा सहभागी गराउने सरकारको लक्ष्य रहेको मन्त्री भण्डारीले बताए । मेलाले निरन्तरता पाउने र उद्योग मन्त्रालय पनि श्रम मन्त्रलयसँग समन्वयन गरी आगामी दिनमा अघि बढ्ने उनले बताए ।

साथै आन्तरिक पुँजी र उत्पादन वृद्धि गर्न सके रोजगारीका अवसर जुट्ने उनले बताए । उद्घाटन समारोहमा बोल्दै सुदूरपश्चिम प्रदेशकी भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री टीका थापाले रोजगारीको अवसर जुटाउन मेलाले महत्त्वपूर्ण भूमीका खेल्ने बताईन । यस्ता रोजगार मेला बर्षेनि आयोजना गर्न आवश्यक रहेको उनले बताईन ।

युवाहरू वैदेशिक रोजगारीमा जाने क्रम बढेको अवस्थामा जमिन जग्गाहरू बाझो रहेकाले सरकारले किसानको उचित व्यवस्थापन गरे यहाँ धेरै अवसर पाइने मन्त्री थापाले बताइन् । रोजगारीको अवसर प्राप्त गर्न रोजगारीको खोजीमा रहेका युवाहरूलाई रोजगारबारे कसरी जानकारी लिने भन्ने उद्देश्यका साथ श्रमाधान रोजगार मेला आयोजना गरिएको मन्त्रालयले जनाएको छ । मेलामा १२ वटा सरकारी र २७ वटा निजी क्षेत्रका गरी ३७ वटा स्टलहरू रहेका छन् । मेला  भोली सम्म चल्ने छ ।

भर्खरै

फरक क्षमता भएका बालबालिकाको स्याहारमा समस्या
दलित समुदायबाट संस्कृतमा आचार्य गर्ने दमाईलाई धनगढीमा विशेष जिम्मेवारी
सुदूरपश्चिममा सिस्नु चिलाएर बिसु पर्व मनाईयो
आज बैशाख १ गते नयाँ वर्ष २०८३ सुरु
आउँदो शैक्षिक सत्र देखि गेटामै एमबीबीएस पढाइ हुने
लागत खर्च पनि नउठ्ने भएपछि गहुँको समर्थन मूल्यप्रति किसान असहमत
इन्धनको मूल्यवृद्धि र अभावले सुदूरपश्चिमका गौरवका आयोजना ठप्प हुने अवस्थामा
मलामी गएका पुरुष महाकाली नदीमा डुबेर बेपत्ता
थारु आयोगद्वारा नीति कार्यान्वयनको अवस्था सम्बन्धी टिकापुरमा समीक्षा
सामाजिक न्यायका लागी मानविय विकासमा जोड

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Tikapur-Nagarpalika-1751952676

फरक क्षमता भएका बालबालिकाको स्याहारमा समस्या

gopal-hamal-1_rgxoTqmqYV-1-768x369

दलित समुदायबाट संस्कृतमा आचार्य गर्ने दमाईलाई धनगढीमा विशेष जिम्मेवारी

bisu-parba

सुदूरपश्चिममा सिस्नु चिलाएर बिसु पर्व मनाईयो

naya-barsa-2083

आज बैशाख १ गते नयाँ वर्ष २०८३ सुरु

WhatsApp-Image-2026-04-08-at-17.09.53-1-768x512

आउँदो शैक्षिक सत्र देखि गेटामै एमबीबीएस पढाइ हुने

images

लागत खर्च पनि नउठ्ने भएपछि गहुँको समर्थन मूल्यप्रति किसान असहमत

ramarosan-rood

इन्धनको मूल्यवृद्धि र अभावले सुदूरपश्चिमका गौरवका आयोजना ठप्प हुने अवस्थामा

Bepatta

मलामी गएका पुरुष महाकाली नदीमा डुबेर बेपत्ता