"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

दैजी छेला औद्योगिक क्षेत्रमा रुखको लगत सङ्कलन कार्य सम्पन्न

No data was found

Khabar Raftar

भदौ २४ कञ्चनपुर । कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रमा रुख कटानका लागि लगत संकलनकार्य सम्पन्न भएको छ । कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्बर –२ र ३ मा पर्ने सामुदायिक वनमा कञ्चनपुरलाई औद्योगिक क्षेत्रको हब बनाउने उद्देश्यले पहिलो पटक विसं २०५२ मा प्रस्ताव गरिएको दैजी छेला औद्योगिक क्षेत्रको २८ वर्षपछि रुख कटानका लागि लगत संकलनकार्य सम्पन्न भएको हो । करिब अढाई वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको दैजी छेला औद्योगिक क्षेत्रको २०७२ सालमा सरकारले चार किल्ला तोकेर नौ सय बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र बनाउने निर्णय गरेको थियो ।

डिभिजन वन कार्यालय कञ्चनपुरले दुई वर्ष लगाएर औद्योगिक क्षेत्रमा पर्ने रुखको लगत संकलन गरेको डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकृत शिवराज अवस्थीले जानकारी गराएका हुन । उनले ब्रह्मदेव सब डिभिजनका कर्मचारी खटाएर रुखको लगत संकलन कार्य सम्पन्न गरिएको जानकारी गराए । सूचना अधिकृत अवस्थीले प्रस्तावित क्षेत्रमा पर्ने जनचेतना सामुदायिक वनमा १९ हजार आठ सय दुई र बेदकोट सामुदायिक वनमा २३ हजार चार सय ५५ रुखको लगत संकलन गरिएको जानकारी गराए ।

“वन विभागले माग गरे अनुसार उक्त क्षेत्रको चार किल्ला, क्षेत्रफल, नापीको नक्शा लगायतका कागजात मागिएको जानकारी गराउदै उनले कागजात संकलन गरेर विभागमा पठाउने गृहकार्यमा लागेको जानकारी गराए । विस्तृत परियोजना प्रतिवेदन डिपीआरमा २५ हजार रुख पर्ने देखाइए पनि अहिले ४३ हजार बढी रुख रहेको सूचना अधिकृत अवस्थीले जानकारी गराए । वन विभाग र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिडेटबीच रुख कटान सम्झौता भए पछि रुखको छपान कार्य हुने जानकारी गराउदै उनले कोरोना महामारीका समयमा लगत संलनमा खटिएका मजदुरको ज्याला रोकिँदा काम ढिलो गरी सकिएको बताए ।

सूचना अधिकृत अवस्थीले विसं २०७७ चैतदेखि लगत संकलन सुरु गरिएको जानकारी गराउदै लामो समय देखि प्रस्ताव गरिएको भए पनि राजनीतिक अस्थिरता,जनशक्ति र बजेट अभाव लगायतका कारणले काम सम्पन्न गर्न समय लागेको बताए । गत आर्थिक वर्षमा औद्योगिक क्षेत्रको स्थलगत निरीक्षणपछि तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीलेन्द्रप्रसाद बडूले औद्योगिक क्षेत्रको प्रक्रिया अघि बढाउन एक अर्ब बजेट विनियोजन गरिएको थियो । उक्त रकम खर्च नभई फ्रिज भएको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय नेपालगञ्जले जनाएको छ । केही समय अघि बेदकोटमा कार्यालय स्थापना भए पनि उक्त कार्यालय सहायकस्तरका कर्मचारीको भरमा रहेको छ ।

औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख वासुदेव सोडारीले रुखको लगत संकलन भएर सामुदायिक वन अध्यक्ष सहित पदाधिकारीले हस्ताक्षर समेत गरिसकेको जानकारी गराएका छन । “ डिभिजन वन कार्यालयले वन विभागमा रायसहितको लागत प्रतिवेदन पठाउने र त्यसपछि औद्योगिक क्षेत्रको भोगाअधिकार लिने विषय प्रक्रियामा जाने उनले जानकारी गराए । राय प्रतिवेदनमा वन उपभोक्ता समितिको निर्णय, सहमती लगायतका विषयका कागजात लागतमा समावेश गर्नुपर्ने उनले बताए । यो वर्ष भोगाधिकार लिने प्रक्रियामा लाग्ने प्रमुख सोडारीले बताए ।

वनको प्रक्रिया टुङग््याएर मन्त्रिपरिषद्बाट भोगाधिकार नलिए सम्म औद्योगिक क्षेत्र स्थापनाका लागि बजेट विनियोजनले मात्रै रकम खर्च गर्न नसकिने उनले जानकारी गराए । २६९।७३ हेक्टर क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापना गर्न उद्योगबाट आवेदन समेत लिइएको प्रमुख सोडारीले जानकारी गराए । उनले वनका कर्मचारीसँग समन्वय गरी कार्यालय नियमित रुपमा खोल्नका लागि सहायकस्तरको कर्मचारी खटाइएको जानकारी गराउदै औद्योगिक क्षेत्र स्थापनाका लागि नौ अर्ब लागत अनुमान गरिएको जानकारी गराए ।

त्यसैगरी कञ्चनपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले दैजी छेला औद्योगिक क्षेत्र स्थापनाका लागि थप ढिलाइ गर्न नहुने बताएका छन । उनले शिलान्यास गर्ने तर काममा वास्ता नगर्ने प्रवृतिले ठूला विकासे योजना समयमा सम्पन्न नहुने बताउदै औद्योगिक क्षेत्र स्थापना गरी लगानी मैत्री वातावरण बनाउन समयमै योजना सम्पन्न गर्नेगरी काम गरिनु पर्ने बताए ।

औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख सोडारीले औद्योगिक क्षेत्रका लागि बेदकोट नगरपालिकाले नौ सय बिघा जग्गा उपलब्ध गराएको जानकारी गराउदै चार सय बिघामा भौतिक संरचना बन्ने तयारी भइरहेको बताए । औद्योगिक क्षेत्रको डिपिआर अनुसार एक सय २४ प्लटमा साना, मझौला र ठूला गरी एक सय १७ उद्योग स्थापना हुने प्रमुख सोडारीले जानकारी गराए ।

भर्खरै

फरक क्षमता भएका बालबालिकाको स्याहारमा समस्या
दलित समुदायबाट संस्कृतमा आचार्य गर्ने दमाईलाई धनगढीमा विशेष जिम्मेवारी
सुदूरपश्चिममा सिस्नु चिलाएर बिसु पर्व मनाईयो
आज बैशाख १ गते नयाँ वर्ष २०८३ सुरु
आउँदो शैक्षिक सत्र देखि गेटामै एमबीबीएस पढाइ हुने
लागत खर्च पनि नउठ्ने भएपछि गहुँको समर्थन मूल्यप्रति किसान असहमत
इन्धनको मूल्यवृद्धि र अभावले सुदूरपश्चिमका गौरवका आयोजना ठप्प हुने अवस्थामा
मलामी गएका पुरुष महाकाली नदीमा डुबेर बेपत्ता
थारु आयोगद्वारा नीति कार्यान्वयनको अवस्था सम्बन्धी टिकापुरमा समीक्षा
सामाजिक न्यायका लागी मानविय विकासमा जोड

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Tikapur-Nagarpalika-1751952676

फरक क्षमता भएका बालबालिकाको स्याहारमा समस्या

gopal-hamal-1_rgxoTqmqYV-1-768x369

दलित समुदायबाट संस्कृतमा आचार्य गर्ने दमाईलाई धनगढीमा विशेष जिम्मेवारी

bisu-parba

सुदूरपश्चिममा सिस्नु चिलाएर बिसु पर्व मनाईयो

naya-barsa-2083

आज बैशाख १ गते नयाँ वर्ष २०८३ सुरु

WhatsApp-Image-2026-04-08-at-17.09.53-1-768x512

आउँदो शैक्षिक सत्र देखि गेटामै एमबीबीएस पढाइ हुने

images

लागत खर्च पनि नउठ्ने भएपछि गहुँको समर्थन मूल्यप्रति किसान असहमत

ramarosan-rood

इन्धनको मूल्यवृद्धि र अभावले सुदूरपश्चिमका गौरवका आयोजना ठप्प हुने अवस्थामा

Bepatta

मलामी गएका पुरुष महाकाली नदीमा डुबेर बेपत्ता